बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

विभिन्न जातका घाँस खेती प्रणाली र उपयोगिता

आइतबार, पुस १५ २०८०
55 views
विभिन्न जातका घाँस खेती प्रणाली र उपयोगिता

समाचार शेयर गर्नुहोस्

Share this news

पशुपालन गर्ने किसानहरुले घाँसको जोहो पहिले गर्नुपर्ने हुन्छ आफ्नो पशुपंक्षी कस्तो प्रकारको कति लगानीमा व्यवसाय गरिएको हो यकिन गरी त्यस्का लागि आवश्यक घाँस बाली बारे जानकारी राख्नु महत्वपूर्ण हुन्छ । यस अंकमा किसानहरुका लागि उपयोगी उन्नत एक दर्जन घाँसबालीबारे जानकारी दिइएको छ । 

तिनीहरुको छोटो परिचय भु–बनोट अनुसार उत्पादन क्षमता र पशुआहाराका लागि कति उपयोगी हुन् भन्ने विषय समेटेका छौँ । किसानहरूको लागि गर्मी यामको सुख्खा समयमा पशु आहारको समस्यालाई आपूर्ति गर्न तथा हरियो चाराको उपलब्धीको लागि फागुन चैतदेखि असारसम्म गरिने घाँस खेतीलाई वर्षे घाँसखेती भनिन्छ । 

वर्षे घाँसखेती हिउँदे घाँस खेतीझैँ व्यापक नभए पनि हालसम्म दूध व्यवसायी कृषकहरूले धेरै थोरै यसको खेतीमा रुचि लिएको पाइन्छ । राष्ट्रिय चरन तथा घाँसेबाली अनुसन्धान कार्यक्रम खुमलटारले विभिन्न जातका वर्षाे घाँस तथा वर्षाे कोसे जाता घाँसहरूको समिश्रित उत्पादन अध्ययन गर्दछ । कान्ला डिलमा लगाउने घाँसहरू सीमित जमिन र खाद्यान्नको आपूर्तिको कारण नेपालमा घाँसखेती प्रायः नगन्य रूपमा पाइन्छ । 

तसर्थ, पशुको लागि हरियो घाँसको मुख्य श्रोत खेत बारीको डिल कान्ला, खोरिया तथा खेर गइरहेको जमिन आदिबाट प्राप्त हुने घाँस नै हो । स्थानीय घाँसहरूको उत्पादन अन्य उन्नत जातको घाँसको तुलनामा धेरै नै कमी तथा पौष्टिकतामा वृद्धि ल्याउन बारीको डिल र कान्ला खेर गइरहेको जमिनलाई प्रयो गर्न सकिन्छ । त्यस्ता घाँसहरू यी हुन् । 

 नेपियर 
 डेस्मोडियम 
 सेटेरिया
 स्टाइलो 
 मोलासेस 
 राइग्रास 
 कम्सफुट 
 लुसर्न

आदि बाह्य हावापानीको अध्ययन गरी एकल अथवा मिश्रित खेती लगाएर पशु आहाराको कमीलाई पूर्ति गर्न सकिन्छ । राष्ट्रिय चरन तथा घाँसेबाली अनुसन्धान कार्यक्रमले खेतबारीको कान्लामा गरिएको घाँसको परीक्षण अध्ययनमा सबभन्दा बढी उत्पादन नेपियरले ४४ मे.टन. प्रतिहेक्टर नेपियर डिस्मोडियमले ४० मे.टन. प्रति हेक्टर, सिटेरियाको डेस्मोडियमले १५ मे. टन हे, र डेस्मोडियम नेपियर सिटेरियाको समिश्रितबाट ५७ मे.टन हे. उत्पादन दिएको छ । 

यो घाँसको तुलनामा स्थानीय घाँसको उत्पादन १२ मे. टन हे. मात्र छ । 

थप समाचार