माटोमा बिभिन्न खालका आयनहरू हुन्छन् । माटोमा भएका रसायनहरू क्याल्सियम, म्याग्नेसियम, पोटासियम सोडियम र हाइड्रोजन आयन हुन् । क्याल्सियम, म्याग्नेसियम र सोडियम धेरै पानी पर्ने ठाउँमा वर्षाको पानीसँगै घुलेर जान्छन् र हाइड्रोजन आयनको मात्रा तुलनात्मक रूपले बढ्दै जान्छ । यसरी हाइड्रोजन आयन बढ्दै गएपछि माटोको पि.एच.घट्छ । जसलाई अम्लीय माटो भनिन्छ । खेती गरिने माटोको पि.एच.मान ४ देखि ९ सम्म हुन्छ । पि.एच.मान ६.५ देखि ७.५ सम्म भएको माटोलाईहामी तटस्थ माटो भन्दछौँ भने ६.५ भन्दा तलको माटोलाई अम्लिय र ७.५ भन्दा माथिको माटोलाई क्षारीय माटो भनिन्छ ।
माटो अम्लिय हुने कारणहरू निम्नानुसार छन्ः
– माटो बत्रे पैत्रिक पदार्थहरूको कारणबाट माटो अम्लिय बन्दछ जस्तै : Schist, Quartzite, Granite, Geniuses, and Phyllis
– बढी बर्षाको कारणबाट ca र mg को चुहावट (लगातार रूपमा युरिया र एमोनियम सल्फेट मलको प्रयोग)
– बाली नालीले ca र mg तत्त्व सोसेर लिने र
– सल्लाको रुख र यसको पिरलको प्रयोग कृषिमा हुन् ।