बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पालुङ्गो खेती गर्ने विधि

बिहीबार , माघ ४ २०८०
30 views
पालुङ्गो खेती गर्ने विधि

समाचार शेयर गर्नुहोस्

Share this news

पालुङ्गो उच्चस्तरीय हिउँदे सागबाली हो र नेपालको सबै क्षेत्रमा यसको खेती गर्न सकिन्छ । यसको कलिला पातको तरकारी बनाएर खाइन्छ । देशका केही भागमा माघेसंक्रान्तिका दिनमा पालुङ्गोको सागले सांस्कृतिक महत्व पनि पाउने गरेको भेटिन्छ ।

पौष्टिक महत्त्व

पालुङ्गोको सागमा भिटामिन ए, बी, सी र ई, क्याल्सियम, फलाम, फस्फोरस, प्रोटिन जस्ता तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । 

हावापानी र माटो

पालुङ्गो हिउँदे साग हो । तराई र मध्य पहाडमा यो तरकारी हिउँदमा लगाइन्छ भने उच्च पहाडमा हिउँदे तुषारो नपर्ने कुनै पनि बेलामा यसको खेती गर्न सकिन्छ । वर्षा यामको झरीबाट जो गाउन सके मध्य पहाडी इलाकामा प्रायः वर्षभरि नै यसको खेती गर्न सकिन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा यसको खेती राम्रो हुन्छ । पानी जमेको जिमाहा र अम्लीय माटोमा यसको खेती राम्रो हुँदैन । पिएच ६.० देखि ७.० सम्म भएको माटो पालुङ्गो उत्पादनको लागि राम्रो हुन्छ । 

नेपालमा प्रचलित पालुङ्गोका जात

हरिपाते


यो बिउ उम्रिएको ४०–४५ दिनसम्म बाली लिन सकिन्छ । यो पालुङ्गो तराई, मध्य पहाड र उच्च पहाडमा समेत हुन्छ । 

क्षेत्र                  लगाउने समय           बाली लिने समय
तराई               कार्तिक–पुस             पुस –फागुन
मध्य पहाड        भदौ–माघ                कार्तिक–बैशाख
उच्च पहाड        फागुन–बैशाख         बैशाख–भदौ

पाटने स्थानीय 

भाले फूल र पोथी फूल अलग अलग बोटमा हुन्छन् । यो पालुङ्गो मध्य पहाडमा मात्रै हुन्छ ।

बाली लगाउने तरीका

जमीनको छनोट तथा तयारी पानी नजम्ने तथा पारिलो जग्गामा यसको खेती राम्रो हुन्छ । जमीनलाई २-३ पटक जोती, डल्ला फोरी, झार हटाई; माटो मसिनो पारेर राम्ररी सम्याउनु पर्दछ । यसको बीउ मसिनो या सानो हुने हँुदा माटो धूलो तथा मसिनो हुनु आवश्यक छ ।

पालुङ्गो छर्नुअघि अघिल्लो बालीका अवशेष राम्रोसँग हटाउनु पर्छ; जसले गर्दा रोग तथा कीराको प्रकोप कम हुनसक्छ । जमीन जोत्ने बेलामा नै राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोष्ट प्रशस्त मात्रामा छरेर जोत्नु पर्दछ । १-१ मिटर चौडाइ तथा आवश्यकता अनुसार लम्बाइ भएका स-साना ड्याङ बनाएर बीउ
छरे राम्रो हुन्छ ।

मलखाद व्यवस्थापन

– १००० के.जी. राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोष्ट प्रति रोपनीका लागि आवश्यक पर्दछ ।

– बीउ पाटने स्थानीय : ५००-७०० ग्राम बीउ एक रोपनीको लागि पर्याप्त हुन्छ ।

– अलग्रीन जातः ५००-७०० ग्राम बीउ एक रोपनीको लागि पर्याप्त हुन्छ ।

बिउ छर्ने विधि

यो पालुङ्गोको बिउ ब्याडमा नराखी सोझै खेतबारीमा छरिन्छ । बिउ छर्ने बेलामा कहीँ बाक्लो कहीँ पातलो हुनु हुँदैन, एकनाशले फिजाएर छर्नुपर्दछ । बिउ छरेलगत्तै छापो राखी सिँचाइ गर्नुपर्दछ ।

पालुङ्गोसँग घुसाउन सकिने अन्य बाली : चम्सुर, रायो, भान्टा, काउली सिँचाइ तथा निकास माटोमा चिस्यान कायम राख्नको लागि आवश्यकता अनुसार सिँचाइ गर्नुपर्दछ तर पानी जम्न दिनुहुँदैन । 

गोडमेल : गोडमेलको समयमा झारपात हटाउने, माटो खुकुलो पार्नुको साथै बेर्ना कतै धेरै बाक्लो भए बेड्याउनु पर्दछ । २ देखि ३ पटकसम्म गोडमेल गर्नुपर्दछ । बिउ छरेको ३० देखि ४५ दिनको बीचमा पुनः थप मल हाल्नुपर्दछ ।

पालुङ्गोमा लाग्ने मुख्य रोग : कालो थोप्ले रोग, सिन्दुरे, डाउनी मिल्ड्यु 

पालुङ्गोमा लाग्ने मुख्य कीरा : लाही, पात बेरुवा 

बाली लिने समय : बीउ छरेको करीब डेढ महीनामा पहिलो बाली लिन सकिन्छ । जरा नउखेली पात मात्र काटेर टिपेमा पुनः बाली लिन सकिन्छ । यसो गर्दा पालुङ्गोको एउटा बोटबाट तीन पटकसम्म साग/पात टिप्न सकिन्छ ।

उत्पादन


जात अनुसार प्रति रोपनी ६००–१००० केजीसम्म उत्पादन लिन सकिन्छ ।

भण्डारण

यसलाई रेफ्रिजेरेटरमा राखी (३५ डिग्री फरेनहाइट तापक्रममा) ३—४ दिनसम्म भण्डारण गर्न सकिन्छ ।

थप समाचार