बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

अकबरे खुर्सानी खेती प्रविधि

बिहीबार , माघ ४ २०८०
208 views
अकबरे खुर्सानी खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

अकबरे नेपालमा खेती गरिने खुर्सानीहरूमध्ये अति पीरो जातको खुर्सानी मानिन्छ । नेपालको पूर्वी पहाडमा यो निकै प्रचलित छ र यसको मुख्य खेती पूर्वी पहाडमै हुने गरेको भए पछि पछिल्लो समय नेपालका विभिन्न जिल्लाहरूमा व्यवसायिक रूपमा अकबरे खुर्सानी खेती फस्टाइरहेको छ । नेपालमा डल्लो, लाम्चो, चिल्लो, फुस्रे, ठूलो, सानो खुर्सानीहरू पाइन्छन् । अकबरे खुर्सानी क्यबिलबअभबभ परिवारअन्तर्गत Capsicum Chinense वर्गमा पर्ने बाली हो ।

अकबरे खुर्सानी विशेषगरी अति पीरो स्वाद वा वास्नाको लागि प्रख्यात छ । गाउँघरतिर यसलाई राँगे खुर्सानी पनि भनिन्छ । यसलाई तरकारी, अचारमा राखेर वा तोरीको तेल, नून वा भिनेगर मा डुबाएर वा यसको अचार बनाएर पनि राख्ने गरिन्छ । अकबरे खुर्सानीमा भिटामिन ए र सी प्रशस्त मात्रामा पाइनुका साथै यसले रक्तचाप पनि घटाउने उल्लेख भएको पाइन्छ । खुर्सानीमा पाइने क्याप्सीसिनले अर्बुद रोग (क्यान्सर)को तन्तु (सेल) मरेको अध्ययनले देखाएको छ ।

यो क्याप्सीसिनले मोटोपना घटाउनमा पनि मद्दत गर्दछ । खुर्सानीको सेवनले रगतमा चिनीको मात्रा घटाउनको लागि चाहिने इन्सुलिनमा कटौती गर्ने, दिर्घकालिन दुखाइमा लाभदायक, खानेकुरा चिस्याउने सुविधा नभएको ठाउँमा खुर्सानी मिसाएको परिकारमा किटाणुको सम्पर्क रोक्ने, पिनासको समस्या घटाउने र अल्सरमा पनि औषधिको काम गर्ने अध्ययनले देखाएको छ । तर, अत्याधिक धेरै मात्रामा खुर्सानीको सेवनले पेटको क्यान्सरको कारण हुन सक्दछ । पेटको खराबी हुने व्यक्तिहरूमा खुर्सानीको सेवनले पेटमा समस्या निम्तिन सक्छ । खुर्सानी कहिल्यै पनि राम्ररी नचपाई निल्नु हुँदैन । यसो गर्दा कब्जियत हुन सक्दछ । मलद्वारको शल्यक्रिया गरेको बिरामीले खुर्सानीको सेवन गर्नै हुँदैन ।


हावापानी

अकबरे खुर्सानी प्रायः सबै प्रकारको हावापानीमा खेती गर्न सकिन्छ। दिनको तापक्रम २२–२५ डिग्री सेल्सियस र रातको तापक्रम १५ देखि २० डिग्री सेल्सियस भएको ठाउँ अकबरेखेतीका लागि राम्रो
मानिन्छ । तुषारो पर्ने समयमा प्लाष्टिक घर बनाई वा बोटलाई केही वस्तुले छोप्नुपर्दछ । नत्र तुषारोले बोट मर्ने डर हुन्छ ।


माटो
प्रायः सबै किसिमको माटोमा यसको खेती भएतापनि पानी नजम्ने निकास राम्रोभ एको माटो मानिन्छ । बर्षाको बेला ड्याङ उठाएर पानी कटाउनुपर्दछ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको हल्का चिम्टाइलो तथा दोमट माटोमा यसको खेती राम्रो हुन्छ । माटोको पी.एच ५ देखि ६ भएको माटो राम्रो मानिन्छ ।

बेर्ना उत्पादन

(क) बिउ राख्ने समय

मध्य तथा उच्च पहाडमा चिसो मौसम सकिएपछि माघ–फागुनमा यसको बिउ रोप्नुपर्दछ। यति बेला चिसोबाट जोगाउनको लागी प्लाष्टिक टनेलभित्र बिउ रोपेर राम्ररी छोप्नुपर्दछ। तल्लो मध्य पहाडमा असोज–कार्तिक र माघ–फागुनमा २ पटक बेर्ना राख्न सकिन्छ।स्वस्थ बोटबाट राम्रा फलहरु छानेर निकालिएका बिउलाई मात्र प्रयोग गर्नुपर्दछ ।

(ख) जग्गा तयारी

१ रोपनी जग्गामा रोप्नको लागी लगभग १,००० बिरुवा चाहिन्छ। यसको लागि ४ मिटर चौडा ब्याडलाई २–३ पटक राम्ररी खन्ने र झारपात,डल्लाडुल्ली हटाउने।फेरी १पटक खनेर माटो मसिनो
र बुर्बुराउँदो पार्ने ।

(ग) बिउ छर्ने

जग्गा राम्ररी तयार भएपछि १०–१०से.मी.को फरकमा पर्ने गरी खसाल्ने,अनि माथिबाट मसिनो माटोले छेपिदिने । त्यसपछि माथिबाट छापो दिएर सिँचाई गर्ने । आवश्यकताअनुसार माथिबाट
प्लाष्टिक–टनेल वा छानो बनाइदिने ।

(घ) बिरुवाको हेरचाह

अरु खुर्सानीको तुलनामा अकबरेको बिउ अलि ढिलो उम्रन्छ। रोपेको लगभग ४ देखि ६ हप्तापछि मात्र यो उम्रन शुरु गर्दछ । बिरुवा उम्रन थालेपछि छापो हटाइदिने र माटोको अवस्थाअनुसार
बेला–बेलामा सिँचाइ दिने । यदी घाम लागेको अवस्था छ भने दिनको समयमा प्लाष्टिक हटाउने र साँझपख ओढाउने गनुपर्दछ। ज्यादै कडा घाम लागेको अवस्थामा माथिबाट छाना पनि बनाउन सकिन्छ । यदि फेंद कुहिने रोग लागेको छ भने मालाथिन विषादी छर्कन सकिन्छ। मौसमअनुसार ५० देखि ६० दिनमा बेर्ना सार्नको लागि तयार हुन्छ।बिरुवा जर्खयाउन (दरिलो बनाउन)को लागि रो
प्नुभन्दा एक हप्ता अगाडिदेखि सिँचाई कम गर्नुपर्दछ ।

(ङ) भिटामिन

बिरुवा रोप्नको लागि तयार हुनुअगाडि यदी राम्ररी नबढेमा,पहेलो वा कक्रक्क भएमा थपमलको रूपमा युरियाको झोल (१ लिटर पानीमा आधा ग्राम युरिया घोली) भेजिमिक्स वा मल्टिप्लेक्स
पनि छर्कन सकिन्छ ।

बिरुवा रोप्ने

(क)जमीनको छनोट र तयारी

जग्गा तयार गर्नुपूर्व सकेसम्म क्यबिलबअभबभ परिवारको कुनै तरकारी (गोलभेडा,भण्टा,खुसार्नी, आलु नलगाएको जग्गा छान्नुपर्दछ । जमीनको छनौट गर्दा प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको पानीको निकास राम्रो भएको र घाम राम्ररी लाग्ने जमीन उपयुक्त हुन्छ ।

(ख) खाडल बनाउने

जग्गा छनौट गरेपछि राम्रोसँग जोतेर माटो मसिनो हुने गरी ३,४ पटक खन्नुपर्दछ।लाइनदेखि लाइन १०० से.मी. र बोटदेखि बोटको दुरी ५० से.मी हुने गरी चिनो (चिन्ह) बनाउनुपर्दछ।

(ग) मलखाद

यसरी जग्गा तयार गरेपछि ५.४३ के.जी.डी.ए.पी,४.५३ के.जी. युरिया र ४.१७ के .जी .पोटास प्रतिरोपनीका दरले र लगभग ६० देखि ७५ डोको (१ डोको बराबर २० देखि २५ के.जी.कम्पोष्ट
खाडलमा राम्ररी राख्नुपर्दछ । मललाई राम्ररी मिसाउनुपर्दछ।

(घ) बेर्ना सार्ने

नसर्रीबाट ल्याएको स्वस्थ्य र दरिलो बेर्ना खाडलमा सार्नुपर्दछ । बेर्ना उखेल्दा र सार्दा जरा नखल्बलिने गरी उखेल्नु र सार्नुपर्दछ। रोपेपछि बिरुवाको वरिपरि सुकेको पराल वा अन्य वस्तुको छापो
दिन सके माटोको चिस्यान कायम रहन गई माटो सुख्खा हुन पाउँदैन । छापोले झार उम्रन पनि रोक्दछ । 

ङ) सिँचाइ दिने

यसरी छोपो दिएपछि हल्का सिँचाइ गरिदिनुपर्दछ । त्यसपछि पनि आवश्यकताअनुसार सिँचाइ दिइरहनुपर्दछ । सिँचाइ दिँदा पानी भने जम्नु दिनुहुँदैन । वर्षायामको बेलामा पानी बग्ने निकासको राम्रो व्यवस्था मिलाउनुपर्दछ । साथै, बर्षायाममा माटो उठाएर ड्याङ पनि बनाउनुपर्दछ ।

च) गोडमेल

बिरुवा रोपेको १०–१५ दिनपछि झारपात आउन शुरू गर्दछ । यस्ता झारपातहरूले माटोमा भएको मलखाद दिने तथा रोगकीराहरू बढाउने हुनाले यसलाई नियन्त्रण गर्नुपर्दछ । बिरुवाको जरालाई बाधा नपर्ने गरी बारम्बार गोडमेल गरी बारीलाई सफा राख्नुपर्दछ ।

छ) थप मल

बिरुवा रोपेको ४५ दिनमा ४.८९ के.जी.युरिया प्रतिरोपनीका दरले थपमल दिनुपर्दछ । थपमल दिदा औठी आकारमा वा २ लाइनको बिचमा पनि दिन सकिन्छ । तर, बिरुवामा सोझै पर्नेगरी भने दिनु हुदैँन । थपमल लगत्तै सिँचाइ दिइहाल्नुपर्दछ । नत्र बिरुवा डढ्ने डर हुन्छ ।

ज) काँटछाँट

अकबरेलाई बहुबर्षीय बालीको रूपमा प्रयोग गर्ने हो भने टिपिसकेपछि हल्का काँटछाँट गरेर प्रशस्त मात्रामा कम्पोष्टमल दिनुपर्दछ। काँटछाँट गर्दा तल्लो भागमा आएका हाँगाहरू, पहेँलो पात
आदिलाई हटाउनुपर्दछ ।जाडो मौसममा परालको छानो वा प्लाष्टिक–घर बनाएर पनि बोटलाई चिसोबाट जोगाउन सकिन्छ ।

बाली संरक्षण : कीराहरू

१) लाही कीरा

लाहीकीरा प्रायः सबै प्रकारको तरकारीबालीमा लाग्ने कीरा हो । यसले बिरुवाको कमलो भागमा बसेर बिरुवाको रस चुसेर खान्छ,जसले गर्दा बिरुवा सुकेर जान्छ । यी लाहीकीरा तथा अन्य कीरा,जसले बिरुवाको रस चुसेर खान्छ,त्यसले धेरै किसिमका भाइरस रोगहरू निम्त्याउने काम गर्दछन् । हेर्दा यिनीहरू सानो लागेता पनि यिनीहरूको असर डरलाग्दो हुन सक्दछ । त्यसैले गर्दा यी किराहरूको रोकथाम गर्न अत्यन्त जरुरी हुन जान्छ । यसबाहेक यी लाहीकीराहरूले एक प्रकारको चिपचिपे पदार्थ छाड्दछ,जसमा कमिलाहरू आकर्षित हुने गर्दछ र बिरुवामा कालो ढुसी बन्दछ ।

नियन्त्रण

यी कीरा नियन्त्रणको लागि मेटासिष्टक्स वा रोग र ०.०२५ प्रतिशतको झोल बनाई छर्कनुपर्दछ ।

२) फड्के कीरा

फड्के किरा फड्केकीरा एक प्रकारको मसिनो किरा हो । यसले पनि लाहीले जस्तै बिरुवाको कलिलो रस चुसेर खान्छ, जसले गर्दा बिरवाको कलिला पातहरूमाथिपिट्ट बटारिने गर्दछ । यो कीराले कोत्रेको ठाउँमा खैरो धब्बा बन्दछ । यसले पनि रोगका जीवाणुहरू ओसार्ने काम गर्दछ ।

नियन्त्रण

झारपात नियन्त्रण गरेर, घुम्ती बाली अपनाएर,शत्रुकीरा प्रयोग गरेर वा बिषादी (रोगर ३० इ.सी.वा मेटासिस्टक्स )२ मिलीलिटर १लिटर पानीमा मिसाई १ हप्ताको फरकमा प्रयोग गर्न सकिन्छ ।

३) फलमा लाग्ने औँसा कीरा

मसिनो सेतो रङ्गको औँसाकीरा खुर्सानीबारीमा झरेको फलबाट निस्की उफ्रेको देखिन्छ । यो कीराले फलको भित्री भाग खान्छ र फल बोटबाट झरी कुहिन्छ ।

नियन्त्रण

यसको नियन्त्रणको लागि बेला–बेलामा बारीमा घुमेर हेर्ने र फलमा प्वाल परेको देखे त्यस्तो फललाई टिपी माटोमा गाडिदिनुपर्दछ । कुहेको फलले अरु झींङ्गालाई पनि आकर्षित गर्ने हुनाले तुरुन्त हटाइदिनुपर्दछ ।

४) जरामा लाग्ने जुका वा निमाटोड

यो निमाटोड सारै मसिनो र आँखाले देख्न नसकिने जुकाजस्तो हुन्छ । यसलाई जरामा लाग्ने जुका पनि भनिन्छ। यो माटोमा बस्छ र जराको कलिलो भाग खान्छ । जरामा भएको क्षतिले गर्दा बिरुवाको पानी तथा खानेकुरा तान्ने क्षमतामा अवरोध पुग्छ,जसले गर्दा बिरुवा बढ्न सक्दैन । बिरुवाको उमेर र संक्रमणको तिव्रता अनुसार यसको लक्षण फरक–फरक हुन्छ । तर पनि साधारणतया ओइलाउने, फल नदिने र जरामा गाँठागुठी आउने यसका अरु लक्षणहरू हुन् । यो समस्या बलौटे माटोमा धेरै हुन्छ ।

नियन्त्रण
घुम्ती बाली अपनाउने तथा कम्पोष्टमल प्रशस्त मात्रामा प्रयोग गर्नाले यसको असर कम गर्न सकिन्छ । साथै बिरुवाको बिच–बिचमा सयपत्री फूल रोप्नाले पनि यो समस्या केही हदसम्म कम हुन्छ ।

१) कोत्रेरोग

यो रोग ढुसीबाट हुने रोग हो । साधारणतयाः न्यानो तापक्रम, बढी सिँचाइ र बिरुवाको घनत्त्व बढी भई हावा खेल्न नपाउँदा यो रोग बढ्दछ । यो रोगले बिरुवामा खासै नोक्सानी नपु-याए पनि यसले फलमा असर गर्ने गर्दछ । फलमा गोलो–गोलो भिजेको जस्तो दाग देखिन्छ,जुन पछि गएर ठूलो हुँदै जान्छ । यस रोगको ढुसीले चिस्यान बढी हुदाँ वा बढी पानी पर्दा नछिप्पिएको फलमा आक्रमण गर्दछ । तर त्यसबेला यसको लक्षण नदेखिएपछि फल राम्ररी छिप्पिएर पाक्ने अवस्थामा लक्षण देखिन थाल्दछ । फलको भण्डारमा वा ओसार पसारमा यसले निकै क्षति पु¥याउँदछ ।

नियन्त्रण

यस रोगबाट बच्नको लागि फललाई हल्का रङ्ग आउनसाथ टिप्ने र बोटमा धेरै दिनसम्म नराखी छिटो छिटो टिपिहाल्ने र तुरुन्त बजार पठाइहाल्ने । घुम्ती बाली, रोगमुक्त बिउ तथा बिषादीको प्रयोगले यस रोगबाट बच्न सकिन्छ । साथै फल छिप्पिनासाथ टिपेर त्यसको उचित तवरले भण्डारमा तथा बजारमा पठाउनाले पनि यस रोगबाट बच्न सकिन्छ ।

– क्याप्टन (धानुटान ५० प्रतिशत) ले बिउ उपचार गर्ने ।

– खेतबारी सफासुग्घर राख्ने ।

– रोगीबोट तथा झारपातहरू बटुलेर जलाउने ।

– रोग देखा परे कपर अक्सीक्लोराइड (ब्लाइटक्स ५० प्रतिशत)

वा मेन्कोजेब (डाइथेन एम –४५) ७५ प्रतिशत ३ ग्राम प्रतिलिटर

पानीमा मिसाई ७–७ दिनमा ३ पटक छर्किने ।

२) बोट ओइलाउने

यो रोग ब्याक्टेरियाको कारणले गर्दा हुने गर्दछ । शुरुमा तल्लो पातहरू ओइलाएको जस्तो देखिन्छ । त्यसको केही दिनपछि पूरै बोट ओइलाउँदछ । तल्लो हाँगा तथा जरा काटेर पानीमा राखी
हेर्दा सेतो पदार्थ (शाकाणु पानीमा झरेको देखिन्छ ।

नियन्त्रण

– यसको लागि रोगी देखिएको बोट हटउने तथा रोगमुक्त बिउको प्रयोग गर्ने।

– सोलानेसी परिवारबाहेक अन्य बालीसँग घुम्तीबाली अपनाउने ।

– रोगीबोट उखेलेर जलाउने ।

३) पातको थोप्लो रोग

यो रोग सेरकोस्पोरा क्याप्सिकि नामक ढुसीले गर्दा हुने गर्दछ। गरम तथा ओसिलो दिनमा यो रोगले छिट्टै आक्रमण गर्दछ । यो रोग पानीबाट,हावाबाट र पातको सम्पर्कबाट सर्दछ । यस रोगका ढुसीहरू सोलानेसी परिवारको तरकारी वा झारहरूमा बस्ने भएकोले खेतबारीलाई झारमुक्त राख्नुपर्दछ ।

नियन्त्रण

यसको रोकथामको लागि घुम्ती बाली अपनाउन तथा रोगमुक्त बिउको प्रयोग गर्न सकिन्छ । रोग लागेको खण्डमा कुनै ढुसीनाशक विषादी,जस्तैःडाइथेन एम-४५ प्रतिलिटर पानीमा ३ ग्रामका दरले घोली छर्कन सकिन्छ ।

४) डढुवा

यो रोग माटो र पानीबाट सर्ने साइटोफथोरा क्याप्सिकि नामक ढुसीबाट हुने गर्दछ । यो रोग कुनै पनि उमेरको बिरुवामा र बिरुवाको कुनै पनि भागमा लाग्न सक्दछ । जमीनसँग जोडिएको डाँठ कुहिने र बिरुवा पहेलो नभइकन नै ओइलाउने यो रोगको मुख्य लक्षण हो । यो रोग प्रायः पानी जमिरहने ठाउँमा देखा पर्दछ । यो रोग खुर्सानीको लागि अति डरलाग्दो रोग हो । किनकि यसले बिरुवाको कुनै पनि भागमा असर गर्दछ । यसलाई ३ भागमा विभाजन गर्न सकिन्छ ।

क) पातको डढुवा

यस रोगले ग्रस्त बिरुवाको डाँठ र पात खैरो रङ्गको हुन्छ तथा फल सानो हुन्छ । अन्तमा बोट ओइलाएर मर्ने गर्दछ । पातमा यो रोग लागे पातमा खैरो–कालो थोप्ला बन्दछ र पात सुकेर जान्छ ।

ख) फलको डढुवा

यस रोगले ग्रस्त फलमा पानीले भिजेको जस्तो दाग देखिन्छ। फल ओइलाउँछ र बीउहरू चाउरिएको हुन्छ । धेरै दिनसम्म भिजेको ओसिलो मौसम रहिरह्यो भने फलमा यस्तो लक्षण देखिन्छ ।

ग) जराको डढुवा

यस रोगले जरा तथा माटोमुनिको काण्डको भाग कुहिरिएर जान्छ । जराको पानी तान्ने क्षमताको ह्रास आउँछ, जसले गर्दा बिरुवा ओइलाउँछ र मर्छ । न्यानो तथा भिजेको ओसिलो मौसमले यस रोगलाई बढाउन मद्दत गर्दछ । साथै माटामा अत्याधिक चिस्यान र बढी तापक्रममा पनि यो रोगको ढुसी मौलाउँदछ । चिम्टाइलो माटो तथा बिरुवाको घनत्त्व बढी हुँदा पनि यो रोग फैलने बढी सम्भावना हुन्छ
। यस्तो रोगी बोटलाई उखेलेर हेर्दा जरा कुहिएको वा मरेको भेटिन्छ । यस ढुसीले ग्रस्त बेर्ना नर्सरीमै मर्दछ । यदी रोपेको बिरुवामा रोग लो पनि बिरुवा शुरूमा ओइलाउँदछ र पछि गएर बोट नै मर्दछ ।


नियन्त्रण

सिँचाइ गर्दा वर्षायाममा पानी जम्न नदिन पानीको राम्रो निकास बनाउनुपर्दछ । पातको र फलको डढुवाको लागि ढुसीनाशक विषादी छर्कन सकिन्छ । तर, जरा कुहिएमा त्यसको उपचार सम्भव छैन ।

रोग सहन सक्ने जातहरू लगाउने, घुम्ती बाली अपनाउने,

ब्याड उठाउने । यस रोगबाट बच्नको लागि सिँचाइ दिँदा माथिबाट भन्दा डीलबाट दिँदा राम्रो हुन्छ । किनभने माथिबाट पानी दिँदा माटो उछिट्टिने डर हुन्छ, जसबाट रोग यताबाट उता सर्न सक्दछ ।

ढुसीनाशक बिषादीमा मेफेनोक्जान, मेटलाक्जिल, पोटासियम फस्फेट, कपर वा कपर भएको बिषादीको प्रयोग गर्न सकिन्छ। कार्बेण्डाजिन (बेभिष्टिन ६० प्रतिशत डब्ल्यूपि) २ ग्राम प्रतिकिलोको दरले बिउ उपचार गर्ने ।

ब्लाइटक्स (५० प्रतिशत डब्ल्यूपि) १.५ ग्राम मेन्कोजेब (डाइथेन एम–४५) ७५ प्रतिशत डब्ल्यूपि १.५ ग्राम एक लिटर पानीमा मिसाई ७÷७ दिनको फरकमा छर्कने ।

५) भाइरस रोगहरू

कुनै पनि खेतीमा भाइरस रोग अति डरलाग्दो मानिन्छ । किनभने एक पटक यो रोग लागेपछि निर्मुल पार्न निकै कठिन हुन्छ । खुर्सानीमा सबै भाइरसहरू बिरुवाको कुनै पनि अवस्थामा लाग्न सक्दछ । प्रायः लाहीकीराद्वारा यो रो ग सर्दछ । यसको अलावा अन्य बिरुवाको रस चुस्ने कीराहरूद्वारा पनि यो रोग सर्न सक्दछ । जब भाइरस लागेको कीराहरू स्वास्थ बिरुवाको सम्पर्कमा आउँछ, यसले जीवाणुहरू ओसार्दछन् ।

यो रोगको लक्षणमा कुचमुचेको पात, नबढेको बिरुवा, बिग्रको फल र उत्पादनमा कमी पर्दछन् । गाउँघरतिर यसलाई ‘डाडुकुचे’ पनि भनिन्छ । यो रोगबाट बच्नको लागि
रोग सहन सक्ने जात लगाउने, सरसफाइमा ध्यान दिने, उचित बिषादीद्वारा कीराहरू नियन्त्रण गर्ने आदि गर्न सकिन्छ । कृ(ष अनुसन्धान केन्द्र, पाख्रीबासमा गरिएको एक अध्ययनमा गाइको दूध छर्कनाले पनि केही हदसम्म यो रोगबाट मुक्ति पाइन्छ । यसको लागि २० मि.लि. गाइको दूध प्रतिलिटर पानीमा मिसाई हप्तामा दुई पटक छर्कनाले यस भाइरस रोगजस्तो देखिने लक्षणबाट बिरुवालाई जोगाउन सकिएको पाइएको छ ।

बाली टिप्ने र प्याकिङ गर्ने

फल लाग्ने तथा बाली टिप्नको लागि तयार हुने माटोको मलिलोपना तथा तापक्रममा भर पर्दछ । तापक्रम बढी हुँदा फल छिट्टै पाक्दछ भने चिसो तापक्रममा समय बढी लाग्दछ । अकबरे खुर्सानीमा बिरुवा रोपको लगभग ४ महिना र फूल फुले को ७०–८० दिनपछि मात्र फल टिप्नको लागि तयार हुन्छ । फल टिप्न शुरू गरेपछि २–४ महिनासम्म लगातार फल टिप्न सकिन्छ । मध्य पहाडमा बैशाख–जेठतिर फूल फुल्न शुरू हुन्छ भने साउन–भदौतिर फल टिप्नको लागि तयार हुन्छ र मंसीरसम्म टिप्न सकिन्छ ।

फल पाक्दा बोटको तल्लो भागदेखि पाक्न शुरू हुन्छ । फूल फुल्ने, फल लाग्ने र पाक्ने क्रम निरन्तर भइरहने हुनाले अकबरेको फल टिप्ने पनि लामो अवधिसम्म पटक–पटक टिप्नुपर्दछ । फल टिप्दा उचित समयमा सही तरिकाले टिप्नुपर्दछ । फल बिहान सवेरै वा साँझको समयमा टिप्नु उपयुक्त हुन्छ । दिउँसो चर्को घाम लाग्दा वा पानी परेको बेलामा टिप्नु हुँदैन । यदी स्थानीय बजारमा पठाउने हो भने फल राम्ररी रातो हुने गरी टिप्दा पनि हुन्छ । तर यदी टाढाको बजारमा पठाउनु छ भने हल्का रङ्ग आउनासाथ टिपिहाल्नुपर्दछ । फल टिप्दा फूलहरूलाई असर नपर्ने गरी टिप्नुपर्दछ । टिपेपछि सोझो घाममा नराखी छायाँमा फिँजाएर राख्नुपर्दछ ।


स्थानीय बजारको लागि डोको वा बोरामा पनि राखेर बजारसम्म पु-याउन सकिन्छ । तर, टाढाको बजारको लागि छनौट (ग्रिडिङ) गरी प्याकिङ गर्न सके राम्रो हुन्छ । छनौट गर्दा फलको साइज,
पाकेको अवस्था आदि हेरेर छुट्टाछुट्टै प्याकिङ गर्नुपर्दछ । ठूलो साइज, सानो साइज, धेरै पाकेको, ठिक्क पाकेकोलाई अलग-अलग राख्नुपर्दछ । यसरी प्याकिङ गर्ने बेलामा रोगकीरा लागेको वा दाग लागेको फल हटाउनुपर्दछ । त्यसपछि टाढाको बजारको लागि राम्ररी चोयाको बास्केट वा प्लाष्टिकमा प्याक गरेर सकेसम्म छिटो बजारको लागि पठाउनुपर्दछ । बजारमा पठाउने क्रममा बढी तापक्रम
भयो भने फलको सतहबाट वाष्पीकरण भई पानी उड्ने र फलहरू ओइलाउने, चाउरिने र तौल घट्ने हुन्छ । यसैले सिधा घाममा नपार्ने, केही वस्तुले छोप्ने वा पानी छम्कने गर्दा तापक्रम केही
घटाउन सकिन्छ ।

फल सुकाउने

क) घाममा सुकाउने

अकबरे खुर्सानीलाई सुकाएर पनि बेच्न सकिन्छ ।

सुकाउने

क्रममा यसको रातो रङ्ग सुरक्षित राख्नुपर्ने हुन्छ । सुकाउनको लागि सजिलो तरीका घाममा फिँजाउनु नै हो । तर पहाडी भेगतिर छिनछिनमा पानी पर्ने र हुस्सु लाग्ने हुनाले फल कुहिने सम्भावना पनि उत्तिकै हुन्छ ।

ख) सोलार ड्रायर

सोलार ड्रायर बनाएर पनि फल सुकाउन सकिन्छ र यसबाट छिटो पनि सुक्दछ । तर, यो तरीका राम्ररी घाम लाग्ने ठाउँमा मात्र सम्भव छ ।

ग) तातोपानीमा डुबाउने

अर्को तरीका, खुर्सानीलाई तातोपनी (६०–६५डिग्री सेल्सियस)मा २–३ मिनेट डुबाएर ब्लान्चिङ्ग गर्नु हो । यसरी तातोपानीमा डुबाएर यसको भेट्नो हटाएर सुकाउँदा छिटो सक्दछ, रङ्ग राम्ररी सुरक्षित हुन्छ र भण्डारणमा हुने क्षति पनि कम हुन्छ ।

उत्पादन

राम्ररी मलजल गरेको बिरुवाले ५०० देखि १००० हजार किलोग्रामसँग उत्पादन दिन सक्दछ ।


स्रोतः कृषि अनुसन्धान केन्द्र, पाख्रीबास, धनकुटा

थप समाचार