बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नेपालमा काजु खेतीको सम्भावाना

मंगलबार, असार ५ २०८१
10 views
नेपालमा काजु खेतीको सम्भावाना

समाचार शेयर गर्नुहोस्

Share this news

>>काजु Anacardiaceae परिवार अन्तरगत पर्ने उष्ण प्रदेशिय फल हो । अङ्ग्रेजीमा cashew भनेर चिनिने यस फलको वैज्ञानिक नाम Anacardium occidentale L.हो ।
 
>>यसको विरुवा सदावहार प्रकृतिको १०—१२ मिटर सम्म अग्लो हुन्छ । पातहरु ४—२२ सेन्टिमिटर लामो र २— १९ सेन्टिमिटर चौडा यसो हेर्दा चिउरीको पात जस्तो देखिन्छ । यस्को फेदले खास कुनै निश्चित आकार लिएको हुदैन ।
 
>>पाकेको फलको स्वाद गुलियो हुन्छ । फल भित्रको वीउफल अथवा गुदि फल मिर्गौला अथवा वक्सिड। को ग्लोव आकारको हुन्छ ।
 
>>दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र (खास गरी व्राजिल) यसको उत्तपत्ति स्थान मानिन्छ र यो फल त्यस क्षेत्रको रैथाने प्रजाति हो । हाल आएर संसारका धेरै देशहरुको उष्ण प्रदेशिय हावापानीयुक्त क्षेत्रमा व्यवसायिक खेतिको रुपमा र वैदेशिक मुद्रा आर्जनको प्रमख श्रोतजन्य कृषि वालिको रुपमा विश्व वजारको ठुलो हिस्सा ओगटेको फलफूल मानिन्छ ।
 
>>नेपालमा काजुखेतिको संभावनालाई हेर्दा तराइको उष्ण प्रदेशिय क्षेत्र खासगरी पूर्व देखि पश्चिम तराइको मैदानी र भित्री मधेशको भागमा यसकाे खेति गर्न सकिने संभावना देखिन्छ ।
 
>>यो उष्ण प्रदेशिय क्षेत्रमा मात्र हुने फलफुल विरुवा हो । तुषारो पर्ने क्षेत्रमा यस्को खेति गर्न सकिदैन । समुन्द्र आसपासको तटिय क्षेत्र तथा सो सरहको हावापानी पाइने क्षेत्र, सापेक्षिक आद्रतायुक्त उष्ण ( Tropical and sub tropical zone) युक्त समन्द्र सतहवाट १००० मिटर उचाइ सम्मको वार्षिक वर्षा ६०० मि.मि.हने क्षेत्रमा गर्न सकिन्छ ।
 
>>यो गर्मि हावापानी, वढि सूर्यको प्रकाश (Sun loving plant) मन पराउने विरुवा भएकोले छाँयादार ठाँउमा यस्को विरुवा सप्रन सक्दैन ।
 
>>काजुको जराहरु लामोभई टाढा टाढा सम्म फैलिने हुदा खाद्य तत्व संकलनमा सहयोग पुग्दछ । तसर्थ काजुको विरुवा अन्य वाली लगाउन नसकिने वा नसप्रिने खालको रुखो जमिनमा (wast land of low fertility) मा पनि गर्न सकिन्छ ।
 
>>वलौटे दोमट रातो माटो, नदि ताल तलैयावाट निर्मित अल्का बलौटे दोमट माटो काजु विरुवाको बृद्धि विकासको लागि उपयुक्त मानिन्छ ।
 
>>यो सुखा फलफुलमा सवैभन्दा स्वादिष्ट एवं पौष्टिक फलफुल मानिन्छ । यस्को ताजा फलमा ५.९ प्रतिशत चिस्यान, प्रोटिन २१.२ ५ , चिल्लो पदार्थ ४६.९, कार्वोहाड्रेड २२.३, फसफोरस ०.४५ प्रतिशत, क्याल्सियम ०.०५ प्रतिशत, फलाम ५ मिलिग्राम तथा खनिज र अन्य पौष्टिक तत्व जस्तो अमिनो ए’सिडहरु २.४ प्रतिशत पाइन्छ ।
 
>>काजु फलको उपयोग विभिन्न प्रकारको मिठाइ, स्न्याक्स(क्लबअपक) खाद्य सामग्री (केक, पाउरोटी), पेय पदार्थ ‘जुस, अल्कोहल’, अचार, चटनी आदि बनाउन उपयोग गरिन्छ ।
 
>>भारतमा खेति गरिने प्रमुख जातहरुमा निम्न जातहरुको व्यवसायिक खेति हुने गरेको पाइन्छ । भेन्गुर्ला —१, भेन्गुर्ला —२, भेन्गुर्ला —३, भेन्गुर्ला —४, भेन्गुर्ला —५ आदी रहेका छन् ।
 
>>मनसुन सुरु भए पछि मात्र काजुको विरुवा रोप्ने कार्य गर्नु‘ पर्दछ । अन्य बेला विरुवा लगाउदा सकभर बादल लागेको दिन वा दिनको ३ वजे पछिको समयवाट सुरु गर्नु पर्दछ । विरुवा लगाइ सकेपछि तुरुन्तै हल्का सिंचाइ दिनु पर्दछ र माथिवाट सु’केको खर वा पराल वा कालो प्लाष्टिको छापो दिनु पर्दछ । छापोले माटोको चिस्यान जोगाइ राख्नुको साथै झारपात पलाउनवाट रोक्दछ । बोट देखि बोटको दुरी बिजुको लागि ६×६,७×७ मिटर र कलमी बिरुवाको लागि ४×४ कायम गरि लगाउनुपर्छ ।
 
>>काजु विरुवा कम उर्वर माटोमा पनि हुर्कन बढन सक्ने भएता पनि मलखाद्यको प्रभाव भने तुरुन्तै देखिन सुरु गर्दछ । मलखाद्यको प्रयोगले गर्दा विरुवा छिटो बढ्ने, फल चाडो लाग्ने, चाडो तयार हुनुको साथै उत्पादनमा पनि वृद्धि हुन जान्छ । वोटको वरीपरी गोडमेल गरी झारपात हटाई का’ण्डको २ मिटर परिधिमा २५—३० से.मि.गहिरो र चाक्लो कुलेसो वनाइ त्यसमा माटो र २५—३० के.जी. प्रांगारिक मल मिलाउनु पर्दछ ।
 
>>काजुको विरुवालाई सुरुको अवस्थामा २ वर्षको उमेर सम्म सु’ख्खा मौसममा ७ दिनको फरकमा हल्का सिंचाइ दिनु पर्दछ । ३—४ वर्षको उमेर पछि यस्को जरा जमिनमा तल सम्म जाने हुदा सिंचाइ नभएमा पनि खास न’राम्रो अस’र पर्दैन । तर विरुवामा फुल फुल्ने तथा दाना लाग्ने अवस्थामा सिंचाइ गर्नाले फल झर्ने सम’स्या कम भएर जान्छ । वगैचामा कोशेवालीहरु अन्तरवालीको रुपमा लगाउनाले माटो हल्का हुनुको साथै माटो मलिलो पनि बन्दछ ।
 
>>वर्षादको सुरु र अन्तमा मल दिनु भन्दा अगाडि वगैचामा गोडमेल गरी झारपात हटाइ वगैचा सफा सुघर बनाउनु पर्दछ । काजु विरुवा वढेर छाँयादार हुन थालेपछि भने अन्तर वाली लिन सकिदैन ।
 
>>काजुको विरुवा रापेको २-३ वर्ष पछि मात्र उत्पादन दिन सुरु गर्दछ । विरुवा (मंसिर पौष) मा फुल्न सुरु गर्दछ । त्यसपछि ५०—५५ दिनमा टिप्नको लागि तयार हुन्छ । सु’ख्खा फलको टिप्ने कार्य तथा संकलन कार्य १०—१२ हप्ता सम्म गर्न सकिन्छ । काजुको फल टिप्ने कार्य माघ, फागुन महिनावाट सुरु भइ जेष्ठ सम्म टिप्न सकिन्छ ।
 
>>फललाई २—३ दिन सम्म घाममा सुकाएर सु’ख्खा बनाएर ओभानो ठाउमा थन्काउनु पर्दछ । काजुको उत्पादन सरदर प्रतिवोट ८—१५ के.जी.सम्म हुने गर्दछ । उन्नत जात जस्तो भेन्गुलर ३, भेन्गुलर ४, भेन्गुलर ५ को उत्पादन क्रमशः २० के.जी., २७ के.जी., र ३१ के.जी. सम्म हुने गरेको तथ्यांकवाट देखिन्छ !!
 
स्रोत: रितेश फलफूल नर्सरी रौतहट

थप समाचार