बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बाख्रालाई लाग्ने पि.पि.आर. रोगको रोकथाम र उपचार विधि

बिहीबार , माघ ४ २०८०
78 views
बाख्रालाई लाग्ने पि.पि.आर. रोगको रोकथाम र उपचार विधि

समाचार शेयर गर्नुहोस्

Share this news

पशुहरू स्वस्थ भए मात्र उत्पादन राम्रो दिने भएकाले बाख्रापालक कृषकहरूले पालेका बाख्राहरू स्वस्थ वा विरामी भएको छुट्याउनु सक्नुपर्छ । पशु विरामी भएमा के भएर त्यस्तो भएको हो सोको निदान गर्नुपर्छ वा तुरुन्तै प्राविधिकसँग परामर्श लिनुपर्छ । बाख्रालाई रोग लागेर उपचार गर्नुभन्दा कुशल व्यवस्थापन, बाख्राको वरिपरीको वातावरणको स्वच्छता कायम राखी रोग लाग्न नदिनु नै आर्थिक एवम् व्यवस्थापकीय हिसाबमा राम्रो हुन्छ । विभिन्न किसिमका विषाणु, सुक्ष्म परजिवि र ढुसीको कारण बाख्रालाई अनेक थरीको रोग लाग्दछन् । ती मध्ये पि.पि.आर. रोगको विषयमा यहाँ चर्चा गरिएको छ :

१) पि.पि.आर.

यो विषाणुको कारणबाट लाग्ने एकदमै खतरनाक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ । यो धेरैजसो कडा अवस्थामा देखा पर्छ । तर, कहिलेकाँही हल्का प्रकारको पनि हुन सक्छ । यो रोग लागेमा निम्ना अनुसारका लक्षणहरू देखा पर्छन् । 

 रोगको अवस्था कडा भएमा अकस्मात १०४ डिग्रीदेखि १०६ डिग्री फरेनहाइटसम्म ज्वरो आउने ।

 जिग्रिङ्ग पर्ने ।

 थुतुनो सुख्खा हुने तथा आँखा रातो हुने ।

 खाना नखाने जस्ता लक्षण शुरुमा देखिन्छ ।

 नाकबाट पानी आउने ।

 पीप बगाउने ।

 नाकभित्र घाउ हुने ।

 मुखभित्र रातो भई ओठ, जिब्रो र मुखभित्र जताततै खटिरा निस्कने ।

 कालो छेर्ने तथा जलवियोजन हुने ।

 शरीरको तापक्रम घट्दै गएर रोग लागेको ५ देखि १० दिनमा जनावर मर्ने गर्दछ ।

 रोगले भेटेको ३÷४ दिनपछि निमोनिया हुने, खोकी लाग्ने लक्षण देखिन्छ ।

 ब्याउने पशु तुहिन थाल्छन् ।

 रोगले भेटेपछि वयस्कभन्दा पाठापाठीको मृत्युदर बढी हुन्छ ।

रोकथाम र उपचार

रोगको लक्षण देखापरिसकेपछि खास उपचार गर्न सकिदैन, त्यसैले लक्षणअनुसार उपचार गर्नुपर्छ । रोकथामको निम्ति २/२ वर्षको अवधिमा खोप लगाउनु जरुरी हुन्छ ।

थप समाचार