बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नरिवलबारे जानकारी

मंगलबार, असार ५ २०८१
11 views
नरिवलबारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

>>नरिवल Arecaceae (palm) परिवार अन्तर्गत पर्ने एक उष्ण प्रदेशिय फल हो। यसको रुख ३० मि.सम्म अग्लो हुन्छ र ४ देखि ६ मि. सम्म लामा र ६० देखि ९० से.मि. चौडाई भएका पात हुन्छन; यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बिउ वा फल झुप्पा भएर फलेको हुन्छ।
 
>>संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा (coconut) भनिन्छ। खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम Cocos nucifera हो।
 
>>नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ। खास गरी भारत, श्रीलङ्का, इन्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशमा पाइने नरिवल हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ।
 
>>तराई तथा भित्री मधेसमा खेती गरिने नरिवल समुन्द्री सतहदेखि १००० मीटर सम्मको उचाईमा खेती गर्न सकिन्छ।
 
>>सबै खाले माटोमा रोप्न नरिवल रोप्न सकिएपनि प्रशस्त प्राङ्गारिक पदार्थ भएको खुकुलो , पि एच मान ५.२ -८ सम्म भएको राम्रो मानिन्छ । यसको लागि माटोमा प्रशस्त पोटाशको आवश्यकता पर्छ।
 
>> १ घन मीटर खाल्डोमा २०-२५ केजी कम्पोष्ट माटोमा मिलाएर दुई पत्र नरिवलको जटा पिधमा राखी ६ मिटरको दुरीमा जेठ असारमा बिरुवा रोप्न सकिन्छ ।
 
>>नरिवल ४-५ वर्षपछि फल दिन थाल्छ। राम्रो मलजल र ब्यबस्थापन गर्न सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ।
 
>>नरिवलको वृद्धि विकासको अवस्थामा प्रसस्त सिंचाई दिनुपर्छ। नरिवल बगैचमा अन्तरबालीको‌‌ रुपमा अन्य बाली जस्तै:मरिच,केरा, भुइँकटहर, कोशेबाली‌ आदी लगाएर दोब्बर आम्दानी लिन सकिन्छ|
 
>>नरिवलको रूखको उचाइ ५० देखि १०० फिटसम्मको अग्लो हुने गर्दछ। एउटै बोटले वर्षमा ६० देखि एक सय वटासम्म फल दिन्छ।
 
>>यसलाई धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महìवपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन्- नरिवलमा भिटामिन 'ए', कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन 'बी'को मात्रा प्रशस्त पाइन्छ। एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ।
 
>> सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लो|
 
स्रोत: रितेश फलफूल नर्सरी, रौतहट |

थप समाचार