बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बयर -जुजुव

मंगलबार, असार ५ २०८१
9 views
बयर -जुजुव

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

वयर एउटा कडा वोट हो । जसलाई विषम हावापानी र माटोका अवस्थाहरुमा पनि हुर्काउन सकिन्छ । यसको चिनीया नाउ तसाओ हो भने अमेरिकामा यसलाई जुजुव (Jujube) भनिन्छ । नेपालमा यसको खेती पुर्ण व्यवसायी रुपले नगरिएको भएता पनि भारत र चिनमा भने पुर्ण व्यवसायीय रुपले गर्ने गरिएको छ ।

 प्रयोग

ƒ नेपाल र भारतमा ताजाफल खाने चलन छ । 
ƒ सुकाएर पुन प्रयोग गर्न सकिन्छ अर्थात सुकाएर राखेको फललाई उसिनेर खान पनि सकिन्छ । 
ƒ पातहरु पशुहरुलाई खुहाउन प्रयोग गरिन्छ । 
ƒ काठबाट विभिन्न वस्तु बनाउन प्रयोग गरिन्छ । 

उदगम

भारत, दक्षिण–पश्चिम चीन र मलेसिया सम्म फैलिएको क्षेत्र । 

वानस्पतिक विवरण

वयरका मुख्य दुई जातीहरुको खेती हुने गरेको छ ति हुन् ।
१. चाइनिज जुजुव (Ziziphus Jujuba)
२. इण्डीयन जुजुव (Ziziphus mauritiane)

चाइनिज वयर सानो सिधा र चिल्लापात भएको वोट हुन्छ । भारतिय वयर फिजिने खालको हुन्छ र हाँगाहरु करिब लहरा जस्तै हुन्छन् । वयरको वोट सामान्य तथा ८–१० मीटरसम्म अग्लो हुन्छ । फलको लम्वाई २–५ से.मी. सम्म हुन्छ र वोक्रा पातलो र गाढा खैरो रंङको हुन्छ । गुदि सेतो र मिठो हुन्छ । फल दुई कोषिय कडा गोलो वा लामो खालको वीउ हुन्छ ।

हावापानी

वयरको खेती गर्नको लागी वढी आद्र र तुषारो पर्ने ठाँउ बाहेक विभिन्न किसिमको हावापानीमा गर्न सकिने भएतापनि गरम र सुख्खा उष्ण मनसुनी हावापानी उपयुक्त मानिन्छ ।

माटो

जुनसुकै माटोमा पनि यसको खेतीगर्न सकिने भएता पनि, गहिरो, मलिलो, हलुका, क्षारिय बलौटे दोमट, पि.एच. सात भएको माटो उपयुक्त मानीन्छ ।

केही प्रचलित मुख्य जातहरु र यिनको जातिय विशेषता:

 १. वानारसी: यो नेपालको लोक प्रिय जात हो । यस फलको आकार लामो, टुप्पा हलुका तिखो, वोक्रा नरम, गुदी रस युक्त, गुलियो र सुगन्धित मध्यक सिजनको जात हो ।

 २. गोला: यो पनि नेपालमा मन पराइएको अगौटे जात हो । यो गोलो भण्डारण क्षमता कम भएको भएता पनि गुणस्तर अति राम्रो भएको जात हो ।

३. उम्रान: फल मध्यम ठुलो, टुप्पा गोलाकार र गुदि गुलीयो, भण्डारण क्षमता राम्रो भएको जात हो ।

४. चोचल: फल ठुलो, लामो चुच्चो भएको, गुलियोपना र रसिलो फल भएको जात हो ।

५. चोन्छाल: फलको आकार चुच्चो लामो हुन्छ र रसिलो गुलियो फल हुने गर्दछ ।

 ६. सनोर –२: फलको आकार ओवलोङ्ग, सुनौला रंङ ठुलो साइज टुप्पा हलुका तिखो, सतह चम्किलो र चिल्लो गुदि गुलियो, मध्यम सिजनमा तयार हुने जात हो र यो करिब मार्च महिना तिर खान योग्य फल तयार हुन्छ । 

जग्गाको तयारी

जग्गा राम्रोसंग खनजोत गरि पाटा लगाइ सम्म पारि तयार गर्नु पर्दछ त्यस पछि रोप्नु भन्दा १ महिना अघि ६ मीटरको फरकमा १ घन मीटर गहिरोमा खाल्डो खनी केही दिन त्यसमा राखि यदी सम्भव छ भने खाल्डोमा झारपात हाली आगो लगाइ माटोको निर्वलिकरण गर्ने त्यसपछि २५ किलो प्राङगिक (कम्पोष्ट) मल वा राम्रो सँग तयार भएको गोठे मल राखी तलको माटो माथी र माथीको माटो तल राखी मल माटो राम्रोसँग मिसाई खाल्डो पुर्ने र बिरुवा लगाउने ।

लगाउने समय:विरुवा असार महिनामा लगाउँदा उपयुक्त हुन्छ । 

दुरि: ६–७ मीटर फरकमा विरुवा लगाउने । 

मलखाद: फल्ने एउटा वोटको लागि सामान्यतया ५० किलो कम्पोष्ट, ५० ग्राम नाइट्रोजन, ३० ग्राम फसफोरोस र ५० ग्राम पोटास हरेक वर्ष असार महिनामा दिने । 

सिचाई 

सिचाई नभएको ठाउमा पनि वयर खेती गरिने भएतापनि सिचाई सुविधा हुदा सफलता पुर्वक खेती गरि राम्रो उत्पादन लिन सकिन्छ । विरुवा रोपेपछि माटोको चिसान अनुसार आवश्यकता बमोजीम सिचाइ दिने । सामान्यतया नयाँ बगैचामा १०–१५ दिनको फरकमा दिनको १ पटक र पुरानो बगैचाको फल दिन सररु भएको अवस्थामा विशेष गरी फुलफुल्ने बेला र विकाश हुने वेला सिचाई दिन उपयुक्त मानिन्छ । 


गोडमेल 

वगैचामा झारपात देखिएपछि नियमित रुपमा झारपात निकालि गोडमेल गर्नु पर्दछ ।मलखाद हाल्नेवेला एक पटक र असोज महिनामा अर्को पटक खनजोत तथा गोडमेल गर्नु राम्रो हुन्छ । 
अन्तरवाली

वगैचाको खाली ठाँउमा कोसेवाली तथा तरकारी खेती गर्ने सकिन्छ । 

फल लाग्ने

वयरको विरुवा रोपेको÷लगाएको तिन चार वर्ष देखि फल दिन सुरु हुन्छ ।फुल फुले देखि फल परिपक्क हुन ४ देखि ५ महिना लाग्दछ । वैशाख–जेष्ठ देखि फुल फुल्न सुरु हुन्छ भने असोज–कार्तिक तिर फल टिप्न सुरु हुन्छ र फागुण–चैत्र सम्ममा पुरा फल पाकिसक्दछ । 

उत्पादन

प्रतिवोट ७५–१०० किलो सामान्यतया उत्पादन भएता पनि ४०० किलो सम्म उत्पादन हुने गरेको छ । 

भण्डारण

फल लाई सुन्य डि. ग्री. सेलसियस तापमानमा ४५ दिन सम्म खुल्ला भाडोमा राख्न सकिन्छ ।

स्रोत: उष्ण प्रदेशिय फलफूल खेतीे प्रविधि पुस्तिका, कृषि विकास निर्देशनालय, काठमाडौं|

थप समाचार