बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

केराको गबारो (केराको घुन)

बिहीबार , असार ७ २०८१
11 views
केराको गबारो (केराको घुन)

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
केराको गबारो थाम र गानु दुबैमा आक्रमण गर्ने किसिमका हुन्छन् । केराको थामको गबारोको क्यस्क खपटे कालो वा रातो रङ्गको १० देखि १२ मि.मि. लामो हुन्छ । यसको सुंड निकै लामो हुन्छ । यसको लार्भे सेतो शरीर १० मिमि लामो र रातो टाउको भएको हुन्छ। केराको गानुमा लाग्ने गबारोको बयस्क खपटे चम्किलो कालो हुन्छ ।

bananaweevil3.png
             केराको गबारो (केराको घुन) 

लत्रेका पातहरुको माध्यमवाट भित्र पसेर केराको थाममा आफ्नो सुँडले कोत्रेर प्वाल पारी पोथी घुनले त्यसमा अण्डा पार्दछ। गर्मी याममा यो कीराको अण्डावाट लाभाँ हुन ३ देखि ५ दिन, लार्भावाट प्युपा हुन २६ देखि  २८ दिन र प्युपावाट वयस्क हुन २१ देखि २८ दिन लागि ५० देखि ६० दिनमा जीवन चक्र पूरा गर्दछ। लार्भा र प्युपा अवस्था दुवै केराको थाम भित्र व्यतित हुन्छ । 

क्षतिको लक्षण :
केराको थाममा लाग्ने गबारोले थाम भित्रभित्रै खोतलेर खाने हुनाले थाम भित्र छिया छिया हुन्छ। बोट पहेंलिन थाल्दछ । साधारण हुरी बतासले पनि बोट ढल्न सक्दछ। उता गानुमा बस्ने गबारोले गानो खाइदिनाले जराहरु कमजोर हुने गर्दछन् । बोट सजिलै ढल्ने गर्दछ । केरा पसाउन सक्दैन र यदि पसाइ हाले पनि फल कोसा पुष्ट लाग्दैन । 

व्यवस्थापन :
१) गबारो लागेको गाँजको बिरुवा अन्यत्र रोप्नु हुदैन 
२) गबारोले आक्रमण गरेको बोटलाई जरै देखि उखेलेर गानो र थामलाई मसिना टुक्रा टुक्रा पारी नष्ट गर्नुपर्छ वा जलाइ दिनु पर्दछ।
३) एउटा गाँजमा ३ वटा सम्म मात्र बोट राख्नु पर्दछ। केराको घरी काटे पछि त्यस घरीको थामलाई त्यहि ठाउमा छोड्नु हुदैन। यस्तो थामलाई तुरुन्त फेदैवाट काटेर हटाउनु पर्दछ ।
४) केराको बोटमा लत्रेका वा लत्रन लागेका पातहरु केराको थाम फेदैवाट हटाई गाँजलाई सफा राख्नु पर्दछ। 
५) काम नलाग्ने केराका बोटहरु काटेर टुक्रा टुक्रा पारी केरा बगैचामा यताउति राखिदिनाले त्यसमा गबारोका वयस्क घुनहरु जम्मा हुन्छन् र तिनलाई संकलन गरी नष्ट गर्न सकिन्छ। 
६) गबारोको प्रकोप बढी भएमा केराको प्रत्येक गाँजमा क्लोरोपाइरिफस १० प्रतिशत गेडा ३० ग्रामका दरले बोटको वरिपरी छरेर माटोमा मिलाइ दिदा गबारोको नियन्त्रण गर्न सकिन्छ।

स्रोत : महत्वपूर्ण बालीहरुमा लाग्ने प्रमुख कीरा, पहिचान तथा व्यवस्थापन
बाली संरक्षण प्रयोगशाला ,गण्डकी प्रदेश 

थप समाचार