बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गोलभेडाको पात खन्ने कीरा

बिहीबार , असार ७ २०८१
12 views
गोलभेडाको पात खन्ने कीरा

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
गोलभेडाको पात खन्ने कीरा अन्त्यन्त आक्रमक स्वभावको कीरा हो । यस कीराले गोलभेडाको साथ साथै भण्टा, खुर्सानी र आलु वालीमा समेत नोक्सानी पुर्याउदछ । यस कीराको आक्रमणले ५० देखि १०० प्रतिशत  सम्म उत्पादनमा कमी आउछ। वयस्क पुतली ५.देखि ६ मि. मि. लामो र पखेटा फैलाउँदा १० मि. मि. चौडा हुन्छ । वयस्क पुतली खैरो खरानी रंग मिसिएको र पखेटामा साना काला धब्बा देख्न सकिन्छ।

कीराको जीवनी :
गोलभेडाको पात खन्ने कीराको अण्डा, लार्भा, प्युपा तथा वयस्क गरि ४ वटा अवस्थाहरु हुन्छन् । वयस्क पोथी पुतलीले पातमा र केही डांठ, मुना, भेट्नो, फलको पत्रदलमा एउटा एउटा वा साना झुप्पामा गरी एक जीवनकालमा लगभग २६० वटासम्म अण्डा पार्दछ । लार्भा अवस्थामा (१४ देखि १६ दिन ) यसले ३ पटक काँचुुली फेरी प्यूपा अवस्थामा जान्छ । पूर्ण विकसित लार्भा ९ मिमि को हुने र लार्भाको टाउको पछाडिको माथिल्लो भागमा हुने कालो अर्ध चन्द्रकार धब्बाले पहिचान गर्न सकिन्छ । शुरुको अवस्था हरियो रंगको हुन्छ र पछि गएर अन्तिम अवस्थामा हल्का पहेलो गुलावी रंगको जीउ हुने र टाउको कालो देखिन्छ । प्युपा अवस्थाको अवधि १० दिनको हुन्छ। 

क्षतिको लक्षण :
पातको बीचको हरियो भाग खाइ, सेतो झिल्लीमात्र छाड्छ । क्षति ग्रस्त पातलाई नियालेर हेर्दा सेतो झिल्ली भित्र लार्भा देख्न सकिन्छ र वरिपरि कालोबिष्टा पनि भेटिन्छ । फलकोभेट्‌नोको वरिपरि मसिनो प्वाल पारी भित्र सुरुङ्ग बनाई क्षति गर्दछ । यसले कलिलो फलमा वढि क्षति गर्दछ । यो कीराको आक्रमण वढि भएमा पुरै पातहरु जलेर नष्ट भएको देखिन्छ
 
व्यवस्थापन :
 १)  कीराले सक्रमण गरेका पातहरु र अन्य बिरुवाका भागहरु हटाई नष्ट गर्ने, जलाउने वा कम्तिमा १ फुट गहिराइमा गाड्ने। 
२) वयस्क माउ पुतलीलाई नियन्त्रण गर्न टिः एल एम ल्यूर वटाटि पासो प्रति रोपनी ५ का दरले राख्ने अथवा प्रति रोपनी १ बत्तिको पासो प्रयोग गर्ने। 
३) निममा आधारित कीटनाशक विषादी एजाडिरिक्टिन १ ५ ईसि ३ मिलि प्रति लिटर पानीमा मिसाइ ७ ७ दिनको अन्तरालमा छर्ने । 
४)  मेटारहिजिएम एनिसोपिलाइ (१ इन्टुु १०८ सिएफयु प्रति ग्राम) ४ केजी प्रति हेक्टरका दरले माटो उपचार गरि लार्भा प्यूपा अवस्थामा जानवाट रोक्न सकिन्छ। 
६)  गहुँत पानी १:५ को अनुपातमा मिसाइ ५-५ दिनको अन्तरालमा छर्ने । 
७) बिटि कुस्टाकी १ प्रतिशत  डब्लुपि २ ग्राम प्रति लिटर पानीमा मिसाइ ७ दिनको फरकमा छर्ने। 
८)  रसायनिक विषादीहरुको प्रयोग गर्दा क्लोरोएन्टानिलिमोल १८.५ प्रतिशत  एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाइ १०-१५ दिनको फरकमा छर्ने वा 
९) स्पिनोस्याड ४५ प्रतिशत  एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाइ १०-१५ दिनको फरकमा छर्ने वा 
१०)  पलुबिन्डियामाइड ३९.३५ प्रतिशत  एससि १ मिलि प्रति ३(५ लिटर पानीमा मिसाइ १०(१५ दिनको फरकमा छर्ने वा 
११)  इमामेक्टिन बेन्जोएट ५५ उब्लु डिजी १ मिलि प्रति ३ लिटर पानीमा मिसाईले०.१५ दिनको फरकमा छर्ने । 
१२) कीराले विष पचाउने क्षमतावाट बचाउन माथि उल्लेखित कीटनाशक विषादीहरु आलोपालो गरि प्रयोग गर्ने।

स्रोत : महत्वपूर्ण बालीहरुमा लाग्ने प्रमुख कीरा, पहिचान तथा व्यवस्थापन
बाली संरक्षण प्रयोगशाला ,गण्डकी प्रदेश 

थप समाचार