बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बोडी बालीमा लाग्ने कीरा र रोगहरू

बुधबार, असार २० २०८१
10 views
बोडी बालीमा लाग्ने कीरा र रोगहरू

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
बोडी धेरै कीरा र रोगबाट संक्रमण हुने खालको बाली हो । त्यस कारण उचित उपायहरू अपनाइएन भने यसले धेरै क्षति पुर्याउन  सक्छ ।
कीराहरू
(१) जरामा लाग्ने कीराः 
– धमिरा  (Terrmite) 
– फेद काट्ने कीराहरू (cutworm )

(२) डाँठमा लाग्ने कीराहरूः
–  डाँठमा लाग्ने घुनहरू  (weevils )
–  डाँठमा लाग्ने झींगाहरू (Files )
–  डाँठमा लाग्ने फड्के कीरा  (cow bugs)
–  कत्ले कीराहरू  (scale insect)

(३) पात नोक्सान गर्ने कीराहरूः
– फड्के कीराहरू लाइहरू ,
– सेले झींगा 
– कोपिलाबाट रस चुस्ने कीराहरू 
– फटेंग्रा र सलह  
– पातखाने घुनहरू
– पुतली समूहका कीराहरू 
– पात बेरुवाहरू
– पात खन्ने कीराहरू 
– फौजी कीरा 

४)  फूल  र कोसामा लाग्ने कीराहरूः
थ्रिप्स 
– घाउ गराउने खपटे 
– कोसामा लाग्ने घुनहरू
– कोषबाट रस चुस्ने कीराहरू 
– कोसामा लाग्ने गबारोहरू 
– नीलो रंगका पुतलीहरू 
– बोडीको कोषमा लाग्ने गबारो । 
– प्वाँख जस्ता पखेटा भएका पुतली 
– कोसामा लाग्ने झींगाहरू 

कीराहरूको एकीकृत रोकथामका उपायहरू
(क) प्राकृतिक शत्रुहरूको संरक्षण गर्नेः
–  गाइने कीरा 
–  सिकारी कीरो
–  माकुरो, चीवे चरो
–  चुसाहा, (हरियो लेस विङ्ग),
–  कुमारकोटी 
यी माथिका कीराहरूले धेरै जसो  लाई सिकार गर्दछन् ।

(ख) परजीवी कीराहरू संरक्षण गर्नेः  Eucelatoria blyani  , झिँगो  Ovomermis albica नामक जुको
(ग) कीरालाई रोग लगाएरः ब्याक्टेरिया (-Bacillus thuringiensis ) ले पुतली समुहका कीराहरू
नियन्त्रण गर्दछ, एन.पी.भी (Nuclear polyhedrosis virus ) ले रोग लगाउँछ, साथै फन्जाई र निमारोडहरू पनि कीरालाई रोग लगाएर नियन्त्रण गर्दछ ।

(घ) बीउ उपचार २ ग्राम र केजी बीउ थिराम वा बेभिष्टिनले गर्ने

(ङ) पात बेरुवा नियन्त्रण गर्नः दैहिक विषादी (मेटासिंस्टक्स) –२५५ झोल, १ मि. लि प्रति लिटर पानीका दरले प्रयोग गर्ने ।

(च) अन्य पात खाने कीराहरूको लागि कृत्रिम पाइरेथ्रवाइड (साइपरमेथ्रिन) १. ५ मि.लि. वा थायोडान इन्डा्सल्फान (३५ इसी) २ मि.लि. प्रति लिटर पानीको दरले छर्ने ।
(छ) कीराको चल, अचल अवस्थाहरू संकलन गरेर बिनास गर्ने ।
(ज) बत्तीको धराप  ( Light trap)  थापेर कीरा मार्ने ।

रोगहरू  : 
(१) बोट मार्ने रोगहरूः 
– फेद कुहिने रोग 
– फ्युजेरियम ओइलाउने रोग,
– सुख्खा जरा कुहिने रोग 

२) पातमा लाग्ने रोगहरूः
– धुले ढुसी रोग
– अल्टरनेरिया डढुवा रोग,
– पातको थोप्ले रोग 
– बोडीको पहेलो तथा मोजाइक भाइरस,
– बेब ब्लाइट 
३) सिंदुरे रोग, बोट्राइटिस खैरो ढुसी रोग, बोट होचिने रोग जरा मैलोहुने रोग 

रोगहरूको एकीकृत रोकथामका उपायहरू : 
१) रोग व्यवस्थापनका लागि उपलव्ध विभिन अवसरहरूको पहिचान गरी उपयुक्त प्रविधिहरूको प्रयोगले रोगबाट हुने क्षति न्युन राख्ने र वातावरणीय प्रदुषण घटाउनु नै
एकीकृत रोग व्यवस्थापनको सिद्धान्त हो । 

२) रोग रहित बीउको प्रयोग गर्ने वा रोगी बीउलाई नयाँ ठाउँमा ल्याउन बन्देज लगाउनु । 

३) बाली चक्र अपनाउने, बिरुवाका अवशेष नष्ट पार्ने कामहरू गरी रोगको बीउलाई कम पार्ने वा बीउको क्षमतालाई घटाउने ।

४) स्थापित भइसकेको रोगलाई क मगर्न उपयुक्त बाली व्यवस्थापन– खाद्यतत्वको समुचित प्रयोग, माटोको पी.एच., झारपात नियन्त्रण, विषादी छर्ने आदि) गर्ने र आवश्यकता अनुसार सुरक्षित तवरले ठीक समयमा विषदी छर्ने तर घरायसी र जैविक विषदीको प्रयोगलाई प्रोत्साहित गर्ने आदि रहेका छन् ।

५)  वनपतिक विषादीमा निम्न वनस्पति प्रयोग गरिन्छः सूर्ति, नीम, मेवाको पात, असुरो, खुर्सानी, गोदावरी फूल   , चिउरीको पिना, सिस्नु, सयपत्री, बोझो, टिमुर, लसुन, आदि ।

६)  जैविक विषादीमा ब्याक्टेरिया, फङ्गस, भाइरस, प्रोटोजोवा र निमारोडहरू प्रयोग गरिन्छ 

Source : सन्तोष रसाईली, सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन काठमाडौँ 

थप समाचार