बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बगर खेती - तरभुजा र खरभुजा

बुधबार, असार २० २०८१
10 views
बगर खेती - तरभुजा  र खरभुजा

समाचार शेयर गर्नुहोस्

Share this news

बगर खेती दुई तरिकाले लगाउन सकिन्छ 

१. खाडले तरिका (Pit Method) ।
२. सुरुङे तरिका (Trench Method)।

१. खाडले तरिकामा मलखाद ब्यवस्थापन

Capture.JPG
चित्र:  डोडा नदी किनार, कञ्चनपुरमा बगर खेतीको तयारी दृश्य

१ (क) बेर्ना सार्नु अघि खाडलमा मल हाल्ने

बेर्ना सार्नु अघि प्रत्येक खाडलमा प्रतिबोट मलखादको मात्रा निम्नानुसार दिनु पर्दछ ।

Capture.JPG

-खाडल खन्दा लगाइने बालीको लागि सिफारिस गरिएको दुरी अनुसार हुने गरी खन्नु पर्छ ।
-खाडले तरिकाले बगर खेती गर्ने हो भने कुन कुन बाली लगाउने हो ती बालीहरुको वीउलाई उपयुक्त कम्पोष्ट मल मिसाएर भरेको प्लाष्टिकको थैलाहरुमा बेग्ला–बग्लै रोपेर नर्सरी बिरुवा व्यबस्थापन विधिले उमारेर हुर्काउनु पर्दछ । नर्सरी व्यबस्थापन प्लाष्टिक घर भित्र बनाउनु उत्तम हुन्छ ।
- प्रत्येक खाडलमा बेर्ना सार्नु भन्दा १ हप्ता पहिला माटोमा मिलाई खाडल पुर्नु पर्छ र खाडलमा पानीले सिचाँई गर्नुपर्छ ।
- बेर्ना रोप्नु अगाडि धारिलो चक्कुले प्लास्टिकका थैला काटेर हटाउनु पर्छ ।
- जरा नखलबलिने गरी माटोको ढिक्का सहित खाडलमा बेर्ना रोप्नु पर्छ ।
- बिरुवा रोपेपछि वरीपरी माटो हाली राम्रो सँग थिचेर सुकेको घाँस÷पराल आदिको छापो दिनुपर्छ ।
- बिरुवा रोपेपछि तुरुन्त पानीले सिँचाई गर्नुपर्छ ।
- त्यसपछि नुभान भन्ने बिषादीको झोल १ एम एल/लिटर पानीको हिसाबले पानीमा मिसाई छर्नुपर्छ |
- जसै बिक्रि योग्य उत्पादन आउन थाल्छ त्यसलाई तुरुन्त बजारमा वा थलोमा नै बिक्रि गर्नुपर्छ ।


१ (ख) बिरुवा रोपे पछि बालीमा मलहरु थप्ने (टपड्रेस गर्ने)

-पहिलो टपड्रेस– बेर्ना रोपेको ५–७ दिन भित्र युरिया ५–१० ग्राम प्रति बोटको दरले हाल्ने तर बोटबाट ५–७ से.मी को दूरीमा हाल्नुपर्छ र माटो चिसो नभएको अवस्था छ भने मात्र टपड्रेस गरे पछि हलुका सिँचाई दिनु पर्छ ।
-दोस्रो टपड्रेस– फेरि बेर्ना रोपेको ३०–३५ दिनमा दोस्रो पटक बोटको वरीपरी तर बोटदेखि १५–२० से.मी टाढा ४–५ से.मी. गहिरो कुलेसो बनाई मलहरु हाल्नु पर्छ र माटो सुख्खा भएको छ भने पानी दिनु पर्छ । दोस्रो टपड्रेसमा प्रतिबोट हाल्न पर्ने मलहरु र तिनका मात्रा -निम्नानुसार छन् । -डि.ए.पि. २५ ग्राम , युरिया १५ ग्राम, पिना २० ग्राम

२. सुरुङे तरिकामा मलखाद ब्यवस्थापन

उपरोक्तमा उल्लेख भएका बगर खेतीका सबै बालीहरुको लागि एक ५० मिटर लामो × मिटर चौडा ट्रेन्चमा सरदर ३ टन कम्पोष्ट र १० किलो डिएपी
र १० किलो युरीया मल हालिन्छ । मल हाल्ने मात्रा र समय फरक फरक छ । आधा भाग कम्पोष्ट र एक चौथाई भाग डिएपी र युरीया वीउ रोप्नु अघि
खाल्डोभित्र चौडाइतर्फको एकातर्फको आधि भाग (एक साइड) मा लम्बाई–लम्बाई तर्फ जाने गरी मिलाएर सानो कुलेसो पारेर हालिन्छ र हलुका सिँचाई गरिन्छ त्यसपछि उमारेर राखिएको दुइवटा वीउ प्रति ठाँउ मिलाएर बोटको दूरी बाली अनुसार कायम हुने गरी लगाइन्छ । सुरुङको चौडाई तर्फको आधा भागमा वीउ रोपिन्छ र बांकि आधी भाग खाली हुन्छ जहाँ पछि मल टपड्रेसको रुपमा हाल्नु पर्छ । जब बोटहरु बढ्दै जान्छन् र २–३ फिट अग्लो भएपछि बालुवाले साइडबाट बोटहरु पुर्दै लगिन्छ । त्यसपछि ट्रेन्चको चौडाई तर्फको अर्को खाली भाग जहां बिरुवा लगाइएको हुदैंन त्यता तर्फ
३–४ फीट तलतिर चिस्यान भेट्ने गरी खनेर बाँकी ७.५ युरिया, ७.५ किलो डिएपी दरले र बाँकी मलखाद एक/डेढ महिना पछि ३–४ फिट गहिरो
गरी बालुवा खनेर हाल्नको लागि खाली छोडिएको १५०० किलोको दरले हरेक ट्रेन्चमा एकनासले सुरुङमा मल हालिन्छ र बालुवाले पुरेर छोडी
दिइन्छ । कुन बाली लगाइको हो सो हेरेर त्यसको लागि आवश्यकता अनुसार हलुका छापो हाल्ने र थाक्रादिने काम पनि गरिन्छ ।


सिंचाई

खाडले तरिकामा (Pit Method) बोट बिरुवाको अवस्था र आवश्यकता हेरी ७–१० दिनको फरकमा नियमित रुपले हलुका फोहरा सिंचाई वा थोपा
सिंचाई दिनु पर्दछ । तर पानी परिरहेको अवस्था वा माटोमा चिस्यान प्रर्याप्त भएको अवस्था छ भनें सिंचाई दिनु पर्दैन । तर, सुरुङे तरिकाले लगाइएका बगर खेतीका वालीमा प्रायः सिंचाईको आवश्यकता पर्दैन । जमिन मुनीको वा खोलाको भुँईंको पानी बिरुवाले सोसेर लिने अवस्था भएको हुनाले सुरुङे बगर खेती प्रविधिको व्यापकता दिन प्रति दिन बढ्दै गएको छ । यो तरिकामा सुख्खा र गर्मी याममा सिंचाई वापतको लागत खर्च पुरै जोगिन्छ ।

स्रोत: कृषि त्रैमासिक पत्रिका, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर|

 

 

थप समाचार