सिस्टिसर्कोसिस भनेको के हो ?
सिस्टिसर्कोसिस संक्रमित अर्ध पाकेको वा काँचो मासु सेवनबाट मानिसमा लाग्ने एक प्रमुख रोग हो । गाई, भैंसी जातमा फित्तेजुका (टेनिया सेजिनोटा) को संक्रमण भएमा यसले मासु तथा भित्री अंगहरूमा सिष्ट बनाई रहन्छ । संक्रमित अर्ध पाकेको वा काँचो मासु सेवन गरिएमा मासिसलाई समेत सिस्टिसर्कोसिस लाग्न सक्दछ । वंगुर वा सुंगुरमा टेनिया सोलियमबाट हुने फित्तेजुकाको संक्रमणलाई मासुमा मिजली पोर्कले बुझिन्छ र यसको कारणले समेत मानिसमा यो रोग लाग्दछ । मानिसमा असर गर्ने स्नायु प्रणालीमा समेत असर गर्न सक्ने भएकोले यो अवस्थालाई न्युरो सिस्टिसर्कोसिस भनिन्छ । यो रोग लागेपछि कृषकहरूले आर्थिक नोक्सानी बेहोर्नुको साथै रोगयुक्त मासु खाने उपभोक्ता उच्च जोखिममा पर्न सक्दछन्। विकसित एवं विकासोन्मुख देशहरूमा पनि यो रोग देखिएको छ ।
रोग लाग्ने कारणः
मानिसमा हुने टिनिया सेजिनेटा (Taenia saginata) नामक फित्तेजुकाको सिस्टिसर्कस बोभिस (cysticercus bovis नामक लार्भावस्थाबाट गाई भैंसीमा सिस्टीसर्कोसिस रोग हुने गर्दछ । का लार्भाहरू मानिस तथा बंगुरहरूमा प्रायः मासु, गिदी र कलेजोमा विकसित हुन्छ र यसलाई सिस्टिसर्कस सेलुलोसी भनिन्छ ।
पशुबाट मानिसमा रोग सर्ने तरिकाः
जीवित सिस्टीसर्कस भएका राँगा, भैसी, पाडा, पाडी, गाई, गोरुको काँचो वा राम्रोसंग नपाकेको मासु खानाले यो परजीवि पशुबाट मानिसमा सर्दछ । त्यसैगरी रोगी मानिसको दिशामा निस्किएको जुकाको अण्डा मिसिएको दानापानी खानाले गाई गोरुमा यो परजीवि सर्दछ । खुला चरनमा पालिएका पशुको हकमा भने त्यस्तो चरनमा मानिसले दिसा गर्नाले रोग फैलिन सक्छ । गोठ वा फार्ममा काम गर्ने गोठालाहरूमा यो परजीविको संक्रमण भएकोखण्डमा पराल, हे, साईलेज र अन्य पशु आहार वा ढलको फोहर पानी समेत प्रदुषित हुन सक्छ । पाठेघर भित्रै आमाबाट बाच्छाबाच्छीमा यो परजीवि सर्न सक्ने कुरापनि उल्लेख भएका छन्।
(
यो रोग लाग्नुको मुख्य कारण गाईवस्तुहरूले चरन अथवा खानाको माध्यमबाट टिनिया सेजिनेटा परजिवी खान्छन । जसलाई नेपालीमा फित्ते जुका पनि भनिन्छ । यसको जिवाणु रातो रंगको हुन्छ । यो रोगको जिवाणुहरू राँगा, भैसी, गाई र गोरुका फिलाको मासुमा टाँसिएर बसेको हुन्छ । एक पटक गाईवस्तुहरूमा यो परिजीवीको प्रकोप देखिएपछि धेरै वर्षसम्म रोग देखिन्छ । यो रोग लागेका जनावरहरूको मासु राम्रोसंग नपकाएमा वा सेकुवा राम्रोसंग पाक्ने गरी नपोली खाएमा रोग मानिसमा सर्दछ । यो सुंगुर तथा बंगुरहरूमा हुँदैन । सुंगुर तथा बंगुरमा हुने रोगलाई टिनिया सोलियम (Taenia solium) भनिन्छ । जसलाई नेपालीमा चाम्ले तथा पिड्के भनिन्छ । मानिसहरूमा जुकाहरू दुषित खानेकुरा र पानी पिउनाले यो रोग लाग्दछ । को संख्या र असर गरेको अंग अनुसारको लक्षण
देखा पर्दछ ।
पशुमा देखिनेरोगका लक्षणहरूः
- मांशपेशी कडा हुने
- कहिलेकाही ज्वरो आउने
- राम्रोसंग हिडडुल गर्न नसक्ने
- शरिर सुन्निने
- शरिरमा पानी भरिएको जस्तो महसुस हुने
मानिसमा देखिनेरोगका लक्षणहरूः
- रिगंटा लाग्ने
- राम्रोसंग हिडडुल गर्न नसक्ने
- शरिर सुन्निने र कडा हुने
- शरिर थरथर काम्ने
- कहिलेकाही ज्वरो आउने
एन्टीमार्टम संकेतहरूः गाई गोरुमा ज्यादै संक्रमण भएको खण्डमा देखिने
लक्षणहरूः मांशपेशी कडा हुने र यदाकदा ज्वरो (Rarely) आउने ।
रोगकोजीवन चक्रः
टिनिया सेजिनेटाको लार्भावस्थालाई सिस्टिसर्कस बोभिस (cysticercus bovis) भनिन्छ । टेनिया सेजिनाटा झण्डै ३—७ मिटर लामो हुन्छ र मानिसको आन्द्रामा रहन्छ । यसको सकर (sucker) युक्त टाउकोलाई स्कोलेक्स भनिन्छ जुन मानिसको आन्द्रामा टाँस्सिएको हुन्छ । यसको घाँटी पनि हुन्छ र प्रोग्लोटिड नामक सयौं टुक्राहरू मिलेको शरीर हुन्छ । परिपक्क प्रोग्लोटिडहरू अण्डै अण्डाले भरीपूर्ण हुन्छन् । यी प्रोग्लोटिड हरू छुट्टीएर दिशासहित शरिर बाहिर निक्सेपछि पूmट्छन् र अण्डाहरू वातावरणमा छरिन पुग्छन् । यी अण्डाहरू यत्रतत्र छरिएको चरनमा चर्ने र मानिसको दिशाबाट प्रदूषित आहार खाने गाई गोरुमा यो जुका सर्न सक्छ । अण्डाको खोल पशुको आन्द्रामा पुगेपछि फुट्दछ र अंङ्कोस्फेयर नामक सुक्ष्म जुका निस्कन्छ जसले आन्द्राको भित्तो छेडेर लिम्फोटिक र रक्तप्रवाह मार्फत स्केलिटल मांशपेशी र मुटुमा पुग्दछ । मांशपेशीमा पुगेको अंङ्कोस्फेयर स्कोलेक्स सहितको अन्तरिम तथा सिस्टीसर्कस अवस्थामा विकसित हुन्छ । यी अवस्था पाइने मुख्य स्थानहरूमा चपाउने मांशपेशी, जिब्रो, मुटु र डायफ्राम पर्दछन् । अफ्रिकाका कतिपय मुलुकहरूमा सिस्टीसर्कसहरूको मांशपेशीमा देखिने उपस्थितिमा एकरुपता भएको पाइन्छ । यदि यस्तो अन्तरिम अवस्थाको परजीविलाई मानिसअर्थात अन्तिम आश्रयदाताले खाएको खण्डमा जुकाको स्कोलेक्स मानिसको आन्द्रामा टाँसिन्छ र फित्ते जुका वयस्क रुपमा विकसित हुन्छ ।
निदानः
- पशुहरूको पोष्ट मार्टमबाट यो रोगको निदान गरीन्छ ।
- T.saginata / T. solium का अण्डाहरू Feacal परीक्षणबाट पत्ता लगाईन्छ ।
- च्याप्टे जुकाको पहिचान Proglotid देखा परेपछि हुन्छ ।
- मानिसहरूमा CAT Scan बाट Neurocysticercosis को निदान हुन्छ
।
- गोबर र दिसा परिक्षण, एम आर आई, एलाईजा, इ.सी.जी.,पी.सी.आरगरेर, बध गरिने पशुको एन्टीमोर्टम र पोष्टमोर्टम निरिक्षण गरेर ।
उपचारः
चेप्टो जुकाको उपचारको लागी पशुहरूलाई निक्लोसामाइड वा प्राजिक्वीन्टल १० मि.ग्रा. प्रति के.जी. शारीरिक तौल बराबर हुने गरी खुवाउने ।
रोकथाम तथा नियन्त्रणः
- मानिसको दिशाबाट दुषित हुन रोक्ने ।
- मासुमा भएका Cysticerci (२० डि.से. मा १२ घन्टा फ्रिज गरेर वा ५० डि.से.भन्दा माथी तापक्रममा नास हुन्छ ।
- काँचो वा राम्रोसँग नपाकेको मासु नखाने ।
- पशुहरूलाई च्याप्टे जुका बिरुद्ध औषधी खुवाउने ।
- सागसब्जीहरू राम्ररी पखालेर मात्र खाने ।
- Cysticerci भएका मासुहरूको ब्यवस्थापन गर्ने ।
Source : Joshi, D. D. (2004): Mid Western Regional Training on Humane
Animal Slaughtering and Meat Inspection Management Proceedings. Published by: National Zoonoses and Food Hygiene Research Centre (NZFHRC), Chagal, Kathmandu, Nepal. PP 1-73 Joshi, D. D. (2011): Review on present status of slaughtering and meat marketing in Nepal. Published by NZFHRC. PP 37-59.
Joshi, D. D., Ghimire, N.P., (1996): Manual on meat inspection
for developing countries. Published by NZFHRC, Chagal,
Kathmandu, Nepal. PP 160-163
National Animal Science Research Institute (2013). Zoonotic
diseases in Nepali.PP23-25
Nepal veterinary Association (2013). Veterinary Quarterly
Zoonotic Diseases issue Part-1,Year 12 volume 1.