बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ब्रुसेलोसिस रोग बारे जानकारी

मंगलबार, साउन १ २०८१
13 views
ब्रुसेलोसिस रोग बारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

१. ब्रुसेलोसिस भनेको के हो ?
ब्रुसेला जातिका जिवाणुको संक्रमणबाट पशुहरूमा गर्भ तुहिने, अण्डकोष सुनिने, जोर्नी सुनिने, प्रजनन्मा ह्रास आउने र ज्वरो आउने चिन्ह तथा लक्षण देखाउने रोगलाई ब्रुसेलोसिस भनिन्छ । मानिसमा देखिने ब्रुसेलोसिस ब्रुसेलोसिस रोगलाई माल्टा फिवर, अन्डुलेन्ट फिवर पनि भनिन्छ । नेपालमा खासगरी पश्चिमाञ्चल क्षेत्रतिर भेडी गोठमा काम गर्नेलाई यो रोग लाग्दा “कुचे भएको” वा “भेडी गोठको रगतले छोएको” भन्ने गरेको पाइन्छ । ब्रुसेल्ला जिवाणुका धेरै प्रजाति हुन्छन्र ती प्रजातिहरूले पशुको जात अनुसार
संक्रमण गर्ने गर्दछन र साथै यिनीहरूले मानिसमा पनि संक्रमण गर्न सक्ने क्षमता राख्छ ।
२. मानिसमा योरोग कसरी सर्दछ ?
संक्रमित पशुको काँचो दुध पिउनेलाई यो रोग सर्ने सवैभन्दा बढी जोखिम देखिएको छ ।
यसका अतिरिक्त भेडी गोठमा बस्ने, भेडी गोठाला, गाई भेसी तथा सुँगुर बंगुरको स्याहार
सुसार गर्ने मानिसहरूमा पनि यो रोग सर्न सक्छ । कहिलेकाँही प्रयोगशालामा काम गर्ने ब्यक्तिहरू, कृत्रिम गर्भाधान कार्य गर्ने वा पशु उपचारमा संलग्न भेटेरिनरीयन वा भेटेरिनरी प्राविधिकहरूमा पनि यो रोग सर्ने गरेको पाइएको छ ।

हालसम्म भेटिएका रोगीहरूमा यो रोग रोगी जनावरको सिधा सम्पर्क वा म्युकस झिल्ली (Mucus membrane)  वा छालामा भएको घाउ चोटमा संक्रमित जनावरको पाठेघर बाट निस्कने श्राव वा विर्यको सिधा सम्पर्क हुँदा सर्ने गरेको पाईएको छ । यसै कारणले पशुपालक कृषक, पशु स्वास्थ्य प्राविधिकहरू र पशु वध गर्ने मानिसहरूमा यो रोग सर्ने जोखिम बढी हुन्छ ।

३. वातावरणमा यो जिवाणु कसरी रहिरहेको हुन्छ ?
ब्रुसेलोसिस रोगको जिवाणु जंगली तथा घरपालुवा दुवै प्रकारका पशुमा आश्रित भई रहेको हुन्छ । पशुहरू ब्रुसेल्ला संक्रमणबाट दीर्घ रोगी भै बर्षौं बाँचिरहन सक्छन्। यो जिवाणु संक्रमित जनावरका दुध, पाठेघरबाट निस्कने श्राव, विर्य तथा तुहिएको भ्रुणमा रहेको हुन्छ । यसको संक्रमणले पशुहरूमा गर्भ तुहाउने र बाँझोपन गराउन सक्छ । यसले गर्दा संक्रमित जनावरको दुध, वीर्य, पाठेघरबाट निस्कने श्राव वा तुहिएको भ्रुण आदिको संसर्गमा आउने मानिसमा यो रोग सर्न सक्छ ।

४. मानिसमा योरोग लागेमा देखिने चिन्ह र लक्षणहरू के के हुन ?
संक्रमण भएको एक देखि तीन हप्तापछि मात्र यो रोगको लक्षणहरू देखिन्छ तर कहिले काँही संक्रमण भएको लामो समय पछि पनि लक्षणहरू देखिन सक्छन । रोगको लक्षण हरू सधै एकै प्रकारको देखिदैन । केहि प्रमुख लक्षणहरू यस प्रकारका छन्ः

- ज्वरो आउने र छोड्ने 
- पसिना आउने,

-  टाउको दुख्ने,
-  ढाड दुख्ने,
- रिंगटा लाग्ने,
-  घुँडा र जोर्नी सुन्निने आदि ।

यदि लामो समयसम्म पनि रोग निदान गरी उपचार नगरिएमा यस रोगले मानिसको हाडजोर्नी, कलेजो, मृगौला, फियो तथा मुटुमा समेत असर गर्न सक्छ ।


५. पशहुरूमा यो रोगका मूख्य लक्षणहरू के के हुन ?
- पशुहरूमा गर्भ तुहिने,
- मरेको बच्चा जन्मिने,
- साल अड्किने,
- गर्भमै बच्चा सुक्ने,
- बाँझोपन देखिने,
- अण्डकोष सुन्निने आदि लक्षणहरू देखा पर्दछन्।

६. यो रोगको पहिचान र निदान कसरी गर्ने ?
प्रायः यो रोगको लक्षण एउटै प्रकारको नहुने हुँदा लक्षणको आधारमा मात्र रोग निदान गर्न कठिन हुन्छ । प्रयोगशालामा दुध वा रगतको परीक्षण गरी रोग तथा जिवाणु पहिचान गर्नु सबै भन्दा राम्रो रोग निदानको उपाय हो । रगत परीक्षण गरी सिरममा रहेको ब्रुसेल्ला एण्टिबडी ९ब्लतष्दयमथ० को मात्रा हेरेर पनि ब्रुसेल्ला संक्रमणको यकिन गर्न सकिन्छ ।

७. केमानिसमा योरोगकोउपचार हन्छ ?
चिकित्सकको सल्लाह बमोजिम यो रोगको उपचार गर्न सकिन्छ ।

८. यो रोगको संक्रमण बाट बच्न के गर्नुपर्छ ?
-  उमालेको वा प्रशोधित दुध वा दुग्ध पदार्थ मात्र सेवन गर्ने ।
- पशुलाई ब्रुसेलोसिस रोगको खोप लगाउने ।
- संक्रमित पशुलाई अन्य पशुसँग सर्सग नगराउने,
- गोठको सरसफाई राम्ररी गर्ने,
- संक्रमित जनावरहरूसँगको सम्पर्क सिमित गर्ने र
- ब्यक्तिगत सरसफाईमा ध्यान दिने । 

Source : पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय, हेटौडा , मकवानपुर 

सम्बन्धित विषय

थप समाचार