१. उड्बट्टा रोग अथवा धानको सिन्के धूप रोग (Udbatta disease or Incense rod disease of rice)
परिचय :
उड्वट्टा रोग अथवा धानको सिन्के धूप राग इफिलिम आराइने (Ephelis oryzae) नामक ढुसीबाट लाग्दछ । यो राग सबभन्दा पहिले सन् १९१४ मा इन्डियामा देखिएको थियो । इन्डिया र चाइनाका केहि स्थानहरुमा यो रोगले ५ देखि २०१६ सम्म नोक्सान गरेको उल्लेख छ । नेपालमा यो रोग सन् २००० साल पछि मात्र उदयपुर जिल्लामा पहिलो पटक देखिएको उल्लेख छ । यस रोगलाई धानका रोगहरु मध्य खास महत्वपूर्ण मानिदैन ।
तर गत ४-५ वर्ष देखि धानमा उडवट्टा रोगको प्रभाव बहुदा पाइएको छ । खुमल-४, ताइचुड जस्ता जातहरुमा पनि सन् २०१२ देखि २०१६ सम्म वर्षेनी यसको समस्या लिएर किसानहरु बाली रोग विज्ञान महाशाखामा आउने गरेका छन् । दोलखा काभ्रेपलाञ्चोक, ललितपुर लगायतका जिल्लाहरुमा सिन्के धूप रोग देखिएको छ ।
ठोस तथ्यांक नभए पनि किसानहरुले उक्त रोगबाट १००% सम्म उत्पादनमा क्षति भएको बताएका छन् । यो रोग लागेको बोटको सबै गाजहर प्रभावित भई पुरै बाला रोग ग्रस्त हुन्छ र फलस्वरुप रोगी बोटबाट केहि उत्पादन लिन सकिदैन किनकी बालाका दानाहरु सबै वृसीले भरिएका हुन्छन् । यो रोग विशेषत रोगी बीउबाट सर्दछ साथै अरु घास बालीहरु जस्तै दुबो, झुमिलो (Sorghum), नेपियर (Napier) मा आश्रय लिएर बसेर यो ढुसीले आफ्नो रोग चक्र कायम गर्न सक्छ ।
रोगको लक्षण :
रोगको लक्षणहरु वाला निस्कने बेलामा देख्न सकिन्छ । यस अघि भने रोगी बोटहरु स्वस्थ्य बोट जस्ता नै देखिन्छन् र तिनको विकास पनि साधारण नै हुन्छ । वाला निस्कने समय एकै साथ हुन सक्छ वा स्वस्थ्य बोटहरुको भन्दा रोगी बोटाहरुको प्रायः अलि चांडै बाला निस्कन्छ । वाला निस्कदा रोगी बोटहरुको पातको फेदबाट धुप जस्ता बाला आउछन् जुन ढुसीले भरिएको हुन्छ (चित्र १) । ढुसीको त्यान्द्रा र विजाणले (Mycelium & Spores) बेरिएर बालाका हांगाहरु एक आपसमा टासिएर कडा भएर बसेका हुन्छन् । यस्ता रोगी बालाहरु खरानी रङ्गका देखिन्छन् । यस्ता रोगी बालाहरु र तिनको झण्डे पात स्वस्थ्य बाला भन्दा निकै साना हुन्छन् र लामा धर्साहरु देख्न सकिन्छन् ।
रोगको जीवाणु
यो रोगको जीवाणु इफिलिस ओरइजे (Ephelis ovzae) नामक डुसी हो जुन Asexual अथवा अलैंगिक अवस्था हो । यस दुसीको Sexual अथवा लैंगिक अवस्था वालान्सिया ओरइजे (Balansia oryzae । हो । अलैंगिक अवस्थाका विजाणुहरु (Conidia) एमरभुलम (Acervulus) नामक संरचनामा (Fruiting body) मा बस्दछन् । यी विजाणु सुक्ष्म दर्शक यन्त्रमा हेर्दा मसिना लामा आकारका सियो जस्तो देखिन्छ जुन १३-३५ x १-२ माइक्रोमिटर हुन्छन् (चित्र २)। एसरभुलस पातमा कालो रङ्गका गोलाकार रुपमा देख्न सकिन्छ ।
रोग चक्र :
रोग चक्र रोगको प्रमुख माध्यम रोगी वीउ हुन् । यो ढुसी माटोबाट बोटमा सर्न सक्दैन । नर्सरी व्याडमा माटोको तापक्रम २८०८र प्रशस्त चिस्यान यो रोगको लागि अनुकूल मानिन्छ । विजाणुहरु १८ दे खि ३००८ तापक्रमसम्म अकुरण (Germination) हुन सक्छन् । त्यस्तै खेतमा छोडिएका रोगी बोटहरुबाट पनि अर्को वर्ष सारिएको बेर्नामा यो ढुसी सर्न सक्दछ । साथै अरु घासे बालीहरु
जस्तै दुबो, झमिलो, नेपियरमा आश्रय लिएर बसेर वो इसीले आफनो रोग चक्र कायम गर्न सक्छ ।
रोगको व्यवस्थापन :
> धानको बीउबाट पनि यो रोग सर्न सक्ने कारण बीउको उपचार जरुरी छ । कार्वन्डाजिम भाइटाभ्याक्स जस्ता विषादीले प्रति के. जी. वीउलाई ५ ग्राम विषादीका दरले प्रयोग गर्न सकिन्छ । बीउलाई व्याडमा छर्नु भन्दा एक दिन अघि विषादीले उपचार गर्दा प्रभावकारी हुन्छ ।
> बीउलाई तातो पानीले पनि उपचार गर्न सकिन्छ जसका लागि ५४०८ मा १० मिनेट सम्म बीउलाई डुबाएर राख्नु पर्दछ ।
> अन्य घासे बालीहरु जस्तै दुवो, कृमिलोमा पनि यस रोगको जिवाणुले आश्रय लिएर बस्न सक्ने हुदा उल्लेखित घाँसे झारहरु नष्ट गर्नु पर्दछ ।
> खेतमा रहेका धानका रोगी बोटहरु हटाई नष्ट गर्नु पर्छ । > खेतमा रोगी बोटाहरु देखिएका छन् भने त्यस्ता ठाउको धानको बीउ नराख्दा राम्रो हुन्छ ।
२. धानको जरामा गाँठा बनाउने जुका :
यो धानका लागी एक महत्वपूर्ण रोग हो । यस रोगको जिवाणु Meloidogyne graminicola भन्ने जुका हो । यस जुकाले धानको जरामा गाँठो बनाई बोटको माथिल्लो भागमा पानी तथा खाद्य तत्वको प्रसारमा असर गर्दछ र फलस्वरुप बोटहरु पहेली भई ओईलाउने गर्दछन ।
नेपालमा काठमाण्डौ, रुपन्देही, पर्सा, रौतहट लगायतका ठाँउहरुमा यो जुकाको प्रकोप उल्लेख भएको पाइन्छ । नेपालमा यसको आक्रमण बाट ४०% सम्म धानको उत्पादनमका ह्रास आउने गर्दछ ।
यो जुका बारीमा, सिचाई गरिएको धानमा तथा पानीमा डुवेको धान र नर्सरी व्याडमा समेत बाँच्न सक्तछ । नेपालमा धेरै किसानहरुले धान होचो तथा धानको विकास एकनासको नहुने जस्ता समस्याहरु देखेको बताउंछन् र अधिकाशले यस्ता लक्षणहरु माटोमा खाद्य तत्वको कमीले भएको भन्ने बुझ्छन् । तर निमाटोड जरामा मात्र हुने हुदाँ जुकाको कारणले यस्तो लक्षण देखिएको हुन सक्ने कुरा थाहा हुँदैन ।
रोगको लक्षण :
यो जुकाले नर्सरी व्याडमा भएको बना तथा खेतबारीको धानलाई पनि आक्रमण गर्दछ । बेनां अवस्थामा आक्रमण भयो भने पूरै बोट पहेलो भई मरेर जान्छ । खेतबारीमा ठांउ ठाँउमा पहेलो भई बोटहरु स्केको लक्षण देखिन्छ । यस्ता बोटहरु स्वस्थ्य बोटहरु भन्दा होचा पनि हुन्छन । जराको टुप्पोमा ज्काले बनाएका गाँठाहरु देखिन्छन् र यी माथितिर घुम्रिएका (Swollen hooked root tip) देखिन्छन् (चित्र ३) । बारीमा र धेरै पानी नजमेको खेतमा यस जुकाले आक्रमण गरेका बोटहरु ज्यादै होचा हुन्छन् र बालाहरु पनि कम मात्र लाग्दछन् साथै बोटका गाँजहरु पनि थोरै हुन्छन् । यस्ता बोटहरु ओईलाउने र ज्यादै थोरै चित्र ३ धानको जरामा जुकाले उत्पादन दिने हुन्छन् ।
रोग चक्र :
यो जुकाले आफ्नो जीवन चक्र ठाँउ र तापक्रम हेरी २० - ५० दिनमा पुरा गर्दछ । यो जुका १ मि सम्म पानीमा डुबेको माटोमा ५ महिनासम्म जीवित रहन सक्छ । जुकाको अण्डा पानीमा पनि कम्तीमा १४ महिना सम्म जीवित रहन सक्तछन् ।
यो जुकाले पानीमा डुबिरहेको अवस्थाको धानमा आक्रमण गर्न सक्दैन तर पानीको निकासपछि भने चाँडै जराको टुप्पोबाट छिरेर नोक्सान पुरयाउँछ । पोथी जुकाहरुले जरामा अण्डा पार्दछन् र एउटा अण्डामा लगभग २५० - ३०० वटा बाच्चहरु (जुभेनाइल) हुन्छन् जुन चारवटा अवस्थाका भेनाइल पछि वयस्क हुन्छन् । अण्डाबाट निस्कने जमेनाइल दोस्रो अवस्थाको हुन्छ । यी जुभेनाइल त्यहि जरा भित्र सदै जान्छन र नयां ठाउंहरुमा आक्रमण गर्छ । यसरी धानको जरामा गांठा बनाउने जुकाको जीवन चक्र अरु बालीमा गाँठा बनाउने जुकाको भन्दा फरक हुन्छ ।
किनकि अरु जुकाहरुमा दोस्रो अवस्थाका जुभेनाईल जरा बाहिर आएर नयाँ जरालाई आक्रमण गर्दछन् । तर M. graminicola पानीमा डुबेको अवस्थाको धानको जरामा समेत रहेर त्यहि निरन्तर धेरै जीवन चक पुरा गर्दछ । यो जुका माटोमा धेरै समय सम्म बाँच्न सक्ने भएकोले धानमा बर्षेनी आक्रमण गर्न सक्दछ । धान बाहेक गंहुमा पनि आश्रय लिएर बसेर यसले आफ्नो रोग चक्र कायम राख्दछ ।
रोगको व्यबस्थापन :
> धानको बेनांलाई नर्सरी व्याडमा नै निरन्तर डुब्ने गरी राख्दा जुकाले आक्रमण गर्न सक्दैन । पानी सुक्न दिने अनि फेरि डुबाएर राख्ने गर्दा भने पानी सुकेको बेला जरा भित्र पसी त्यहि जुकाले निरन्तर आफ्नो जीवन चक्रहरु पुरा गर्दछ । वैशाख-जेठ तिर चर्का घाम लागेको बेलामा माटोलाई गहिरो खनेर पनि सूर्यको तापले माटोमा भएका जुकाहरु मर्छन् । नर्सरी व्याडमा प्लास्टिकले माटोलाई ३०-४० दिन सम्म राम्ररी छोपेर राख्दा पनि माटोको तापक्रम बढ्छ र जुकाहरु मर्छन् ।
> तोरी वा रायोको पिना २५०-३०० ग्राम प्रति वर्ग मि क्षेत्रफलका दरले खनजोत गर्ने बेला माटोमा प्रयोग गरी जुकाको प्रकोप घटाउन सकिन्छ । घुम्ती बाली प्रणाली अपनाउँदा पनि यो जुका कम हुन्छ । भटमास, प्याज, गान्टे मूला, भिन्डी, सख्खरखण्ड आदिमा यो जुकाले आक्रमण गर्न सक्दैन ।
> कार्बोफ्युरान १-१५ के. जी. प्रति रोपनीका दरले माटो उपचार गरी यस जुकालाई नियन्त्रण गर्न सकिन्छ ।
> जुकाको प्रकोप भएको ठाँउमा बेर्ना तयार नगर्ने र जरामा गांठा भएका बेनाहरु नष्ट गरिदिने ।
> जुका ग्रसित खेतबारीमा काम गरिसकेपछि हात, खुट्टा तथा कृषि औजारमा टासिएको माटो सफा गरेर मात्र अन्यत्र ठाँउमा प्रयोग गर्नु पर्दछ ।
- लेखक श्रृखला मानन्धर
Source : नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली रोग विज्ञान महाशाखा खुमलटार, ललितपुर