बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कुखुराले रातो सुली छेर्ने रोगको समस्या र समाधान

मंगलबार, साउन ८ २०८१
11 views
कुखुराले रातो सुली छेर्ने रोगको समस्या र समाधान

समाचार शेयर गर्नुहोस्

Share this news

कुखुरामा लाग्ने विभिन्न परजिवि जन्य रोग  रोग मध्य कक्सीडियोसिस् (रातो छेर्ने) एक हानिकारक रोग हो। यो रोग आइमेरिया (Eimeria) नामको परजिविले गर्दा लाग्ने गर्दछ । आइमेरियाका विभिन्न प्रजातिहरू हुन्छन् र यिनिहरूको असर र लक्षण भिन्नभिन्न हुन्छन् । यो रोग विश्वव्यापि फैलिएको पाइन्छ । आन्द्रामा लाग्ने यो रोग सबै प्रकारका कुखुराहरूमा देखिन्छ ।

खुलै छाडेर पालिलोकल कुखुराहरू र भूस विच्छ्याएर पालिने (Deep Litter System) खोरहरूमा यो रोगको प्रकोप धेरै देखिन्छ भने केज प्रणालि (Cage System) मा यो रोग देखिदैन । यो रोग सबै उमेरका कुखुराहरूमा देखिन्छ तर ३ हप्ताभन्दा साना चल्लाहरूमा र उमेर धेरै भएका लेयर्स तथा प्यारेन्टमा रोग प्रतिरोधी क्षमता बढि हुने हुँदा असर कम देखिन्छ ।

विशेषगरी ३ हप्ता माथिका कुखुराहरूमा यो रोगले ठूलो क्षति पुऱ्याउँछ । कुखुरामा रातो छेर्ने (कक्सीडियोसिस) रोग लगाउने प्रोटोजोवा परजिवि आठ (८) प्रकारका हुन्छन् । आईमेरिया टेनेलो यि मध्य सबैभन्दा हानि कारक हुन्छ जसले कुखुरा आन्द्राको पछिल्लो भाग (Caeca) मा असर गर्दछ। अन्य प्रजातिहरू आइमेरिया नेकाट्रिक्स, आइमेरिया एसरभुलिना, भाइमेरिया म्याक्सीमा, आइमेरिया मिटिस, आइमेरिया प्रिकक्स्, आइमेरिया ट्यागेनिले सानो आन्द्राका विभिन्न भागमा र आइमेरिया बर्नेटाईले सानो आन्द्राको पछिल्ले भाग, सिका लगाएत ठूलो आन्द्राको केहि भागहरूमा असर पुऱ्याउँछ । यो परजिविनाङगो आँखाले देख्न नसकिने सुक्ष्म परजिविहो र कुखुराको सुलिमा यो परजिवि अण्डा (OOcyst) हरू भेटिन्छन् ।

खुलै छाडिने लोकल कुखुराहरू र भुस विच्छ्याएर (Deep litter system) पालीने ब्रोइलर तथा लेयर्सहर यस परजिविको अण्डाबाट सजिलै संक्रमित हुन्छन् । परजिविले आन्द्रामा घाउ बनाउँछ, घाउबाट निस्केको रगत आन्द्रामा भरिन्छ र कुखुराले रातो छेछ। यो रोगमा रातो सुली धेरै देखिने, कहिले काहि चक्लेट रंगको सुलि देखिने गर्छ । कुखुराहरू पखेटा लतारेर  झोक्राउने, दानापानी कमखाने, रक्त अल्पताहुने र उपचार नगरेको खण्डमा धेरै कुखुराहरू मर्ने गर्दछन् ।

परजिविले आन्द्रमा घाउ बनाइदिने हुँदाउक्त घाउमा अन्य किटाणु र जिवाणुले आक्रमण गरी रोगले झनै भयावहलिन सक्दछ । धेरै जसो अवस्थामा कुखुरापालक अनुभवी कृषकहरूले यो रोग लागेको सजिलै थाहापाउन सक्नुहुन्छ तर कहिले काँही सुसुप्त अव (Sub-Clinical coccidiosis) मा रोग हुने हुँदा रोगको निदानगर्न गाह्रो हुन्छ ।

सुसुप्त अवस्थाको कक्सीडियोसिस्मा रोगका लक्षण नदेखिने, रातो सुलीन भेटिने तर कुखुराले दाना पानीमा क्रमिक रुपमाकम रुची राख्ने, उत्पादनकम हुँदै जाने र अन्य रोगले आक्रमण गरी कुखुरा मर्ने हुन्छ । यसले व्यवसायमा ठूलो क्षति पुऱ्याउँदछ । तर यो रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्ननदिनु ठूलो बुद्धिमानी हुन्छ । कक्सीडियोसिस्को रोकथामको लागि निम्नउपायहरू अपनाउन सकिन्छ ।

 १. कुखुराको खाली खोर भित्र एमोनियाको ०.०४४% को मिश्रण छर्ने ।

२. पुरानो सोतर हटाई खोर सफागर्ने क्रममा कडा नुन पानीले खोर पखाल्ने ।

३. विभिन्न उमेरका कुखुरा एउटै खोरमा नपाल्ने ।

४. कुखुराको सोतरलाई दैनिक चलाइदिने र ओभानो राख्ने, चिसो फेरिदिने

५. रोग देखा परिहालेमा रोगिकुखुरालाई छुट्याउने ताकि अन्य कुखुरालाई रोग नसरोस ।

६. एक खोर देखि अर्को खोरमा जाँदा कामदारहरू, प्राविधिक तथा डाक्टरहरूले जुत्ता चप्पल फेरेर मात्रजाने ।

७. जैविक सुरक्षा विधि अपनाउने ।

८. रोग विरुद्ध खोप दिने । अहिले नेपालमा कक्सीडियोसिस् विरुधको खोप उपलब्ध छ। यो खोप सादा पानीमा कुखुरालाई खुवाउने । खोप खुवाँउदा एक दिने चल्लालाई पहिलो पानीमा खुवाउने ।

९. कुखुरा दानामा कक्सीडियोसिस् विरुद्धका औषधीहरू प्रयोग गर्ने । (खोप खुवाएका कुखुराका चल्लालाई ३ हप्ता सम्म दानामा कक्सीडियोसिस् विरुद्ध प्रयोग गरिने औषधी मिसाउन हुँदैन ।)


 कुखुरालाई रोग लागि हालेमा निम्नअनुसार उपचार गर्ने :

१. Amprolium Powder (जस्तै Amprocox, Amprovit K, Kamprolr) प्रति २५ लि. पानीमा लगातार ५ दिन खुवाउने ।

२. Sulpha group का औषधीहरू (जस्तै ESB coxy, ESB3, Super coccino आदि) १ ग्राम १ लिटर पानीको दरमा ५ दिन सम्म खुवाउने । याद राख्नु होस, यदि औषधीमा Diaverdin मिसिएमा उपचारको क्रममा विचमा २ दिन सादा पानी दिने ।

३. Toltrazuril (जस्तै Tolcoxin, Vazuril आदि) १ मि.लि. पानीमा लगातार २ देखि ३ दिन खुवाउने । उपचार गर्दा कुन प्रजातिको आइमेरियाले रोग लगाएको हो सोहि माथि उल्लेखित औषधी मध्य कुनै एक औषधीको प्रयोग गर्नु पर्दछ । उपचार गर्दा सधैं पशु चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु पर्छ । रोग छिटो निको पार्न निम्न सहायक उपचारहरू गर्न सकिन्छ ।

१. Vitamin K3 (जस्तै Kaysol forte Powder) ५ ग्रामप्रति १०० कुखुरालाई दिनमा १ पटक ५ दिन सम्म पानीमा खुवाउने ।

२. Vitamin A (जस्तै Vita A, Introvit A+) खुवाउने

३. Electrolytes (जस्तै Electrol C Powder, Electrocare) १ ग्राम २ लि पानीमा लगातार ५ दिनखुवाउने ।

४. Haematinics (जस्तै Haemoimmuno Boast) १ मि.लि प्रतिलि. पानीमा ७ दिन सम्मखुवाउने ।

कक्सीडियोसिस् अत्यन्तै हानिकारक रोग भएको हुँदा यसको रोकथाम जोड दिनु आवश्यक छ। अहिले पेलेट दाना उत्पादन गर्ने उद्योगहरूले आफ्नो उत्पादनमा कक्सीडियोसिस् विरुद्धका औषधीहरू प्रयोग गर्दछन् । आफै दाना उत्पादन गर्ने कृषकले पनि यस्ता औषधीहरू प्रयोग गर्नु जैविक सुरक्षा अपनाई कुखुरापालन गर्नु, रोगको छिट्टै निदान गर्नु जति सक्यो छिटो उपचार गराउनु राम्रो हुन्छ । खोपको प्रयोग लेयर्स कुखुरा र ब्रोइलर प्यारेन्टमा गर्दा रोगको क्षति अत्यन्तै न्यूनिकरण भएको पाइएको छ ।

सम्बन्धित विषय

थप समाचार