बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्क लाई सबैभन्दा लोकप्रिय मास्कको रूपमा लिइन्छ ।

सुन्तलाको बोक्राबाट लाभलिनको लागियसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरि काबाट प्रयोग गर्न सकिन्छ । यसले एक्नीदेखि ब्याकहेड्स बाट छालालाई बचाउँछ । सुन्तलाभिटामिन सीले भरिपूर्ण भएको फलहो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नीजन्माउने हाइपरपिग्मेन्टेशनलाई पनिनिको गर्छ ।

अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रानिकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरूलाई बन्दगरिदिन्छ जसलेअनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामाहुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

यसैगरी सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ र प्राकृक्तिक चमक ल्याउँछ । यसमा हुने एन्टिअक्सिडेन्ट नामकतत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ ।

सुन्तलाको बोक्राबाट बनेको मास्कलगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ । सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ । यसमा मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ । साथै, सयसले छालालाई बाहिरी फोहोर बाट बचाउँछ । यसले उमेर भन्दा कम देखाउँछ मद्दत गर्छ ।

सम्बन्धित विषय

थप समाचार