स्याउ खेती जुम्ला मुस्ताङमा मात्रै फल्ने होइन । बैज्ञानिकहरुले तापमान अनुकुलित गर्मी स्थानमा पनि स्याउन फल्न सक्ने विकास गरिसकेका छन् । त्यस्ता जातहरुको विकास भएको छ । यसैले अब तराईमा पनि व्यवसायिक स्याउ खेतीगर्न सकिन्छ । रोजेजी (Rosaceae) परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस पुमिला (Malus Pumila) हो।
यसको उत्पति दक्षिण (पश्चिम एसिया, पूर्वी युरोप र दक्षिण (पश्चिम साइवेरियामा भएको मानिन्छ नेपालका केही भागहरुमा पनि स्याउका जङ्गली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाइने ईडिमयल (Endimayal) सुर्खिलो (Surkhilo) जस्ता बनस्पतिहरु विकसित स्याउका जंगली नातेदारको रुपमा लिन सकिन्छ ।
नेपालमा स्याउ खेतीको विकासको प्रयास भने वि.सं. २०१९-२०२१ को दोश्रो तीन वर्षीय योजना अवधिमा कीर्तिपुर, दामन, रसुवा, बैतडी आदि ठाउँमा वागवानी फार्महरु स्थापना भएपछि मात्र शुरु भएको र त्यस योजना अवधिमा भारत लगायत अन्य विभिन्न देशवाट उन्नत जातका स्याउका विरुवाहरु ल्याएर खेती गर्न शुरु गरिएको पाईन्छ ।
सन् १९३७ मा श्री ३ चन्द्र शम्सेरको पालामा जापान र इटालीवार स्याउका केही बोट ल्याएर छाउनी, बालाजु र गोदावरीमा लगाइएको भेटिन्छ । नेपालको जुम्ला, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, कालीकोट र हुम्ला लगायतका जिल्लाहरुमा ब्यबसायिक रुपमा स्याउको खेती हुँदै आएको छ ।
तराईमा लगाउन सकिने जातहरु :
यो जातको बिकास इजरायलमा भएको हो र यो जात विशेष गरि समुन्द्र सतहदेखि १०००- १६०० मिटरसम्म लगाउन सकिन्छ विशेषगरी यो जात नेपालमा राम्रो हुन सकेन । हरिवन ९९ (hrmn-99) यो जातको बिकास भारतको बिलासपुर जिल्लाका बैज्ञानिक श्री हरिवन शर्माले गरेका हुन् । यो जात विशेषगरी समुन्द्री सतहदेखि २५००- २६०० मिटरसम्म लगाउन सकिन्छ ।
स्याउ ४५ डिग्री तापक्रमसम्म लगाउन सकिन्छ र हरिवन शर्मालेले १५ बर्ष अनुसन्धानमा पत्ता लगाएका हुन् र उनै बैज्ञानिकलाई भारत सरकारले सम्मानित पनि गरेको छ । हाल भारतको गुजरात, हरियाडा, पन्जाब, बिहार, बबाल, लगायत विभिन्न ठाउँमा सफल परिक्षण भइसकेको छ । नेपालको झापा, भैरहवा, लम्जुङमा राम्रो प्रतिफल दिरहेको छ । यो जात विशेष गरि नेपालको तराईदेखि पहाडी भुभागसम्म लगाउन सकिने भएकोले गर्दा बिरुवाको माग धेरै छ ।
उपयुक्त हावापानी :
जकल ढढ स्याउको ब्यबसायिक खेतीको लागि हिउँ पर्ने ठाउँदेखि ४५ डिग्रीसम्मको तापक्रमको सहन सक्ने हुन्छ । समुन्द्र सतहदेखि २५००-२६०० मिटर उचाईसम्म यो जातको स्याउखेती गर्न सकिन्छ । यसको बृद्धि विकास हुन २१ देखि २४ सेल्सियस औषत तापक्रमको आवश्यकता पर्दछ ।
स्याउको फुल फुलेको अवस्थामा कम तापक्रम, बर्षा, र बदली भई रहेमा परागसेचन प्रक्रियालाई बाधा पुगी फल उत्पादन घट्दछ । स्याउ फलको वृद्धि विकास हुन प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ तसर्थ जेठदेखि भाद्रसम्म घमाइलो दिन भएमा फलको राम्रो बृद्धि बिकास हुन्छ ।
फलमा रङ्ग आउनको लागि घामको आवश्यकता पर्दछ। स्याउ खेतीको लागि फूल फुल्ने समयमा असिना पर्न हुँदैन । स्याउको राम्रो गुणस्तरिय फल उत्पादनको लगि बार्षिक २०० देखि २५० मिलि मिटर बर्षा जुन फागुनदेखि असार सम्म बराबर हिसाबले परेको हुनु पर्दछ । फलको बृद्धि बिकासको समयमा माटो सुख्खा हुन हुँदैन अन्यथा फलको साईज घटने, फलको संख्या घट्ने समस्या आउन सक्छ ।
एकीकृत बगैंचा व्यवस्थापन :
बगैंचा ब्यबस्थापनमा निम्न विषयहरुमा ध्यान पुर्याउन जरुरी छ । स्याउको बिरुवामा विशेष गरि पालुवा आउने, फुल फुल्ने तथा फल लाग्ने समयमा बोट बिरुवालाई सिंचाइको आवश्यकता पर्दछ । बगैचामा एकीकृत माटो व्यबस्थापन स्याउ बगैंचामा माटोको व्यवस्थापनका लागि विभिन्न तरिकाहरु, जस्तै घाँस रहित बगैंचा, घाँससहित बगैंचा, हरियो मल, अन्तरवाली, मल्चिङ आदि प्रयोग गर्ने गरिन्छ । स्याउको बिरुवा प्रसारण स्याउको बेर्ना उत्पादन गर्नका लागि बेन्च ग्राफ्टिङ, ट्ग ग्राफ्टिङ विधि अपनाउने गरिन्छ ।
स्याउको विरुवा प्रसारण :
स्याउको बेर्ना उत्पादनका लागि अपनाईएको सबैभन्दा प्रचलित र सफल बिधि 'टङ ग्राफ्टिङ' हो। तयार भएको बिउ विरुवामा टङ ग्राफ्टिङ बिधिद्वारा माघ/फागुनमा कलमी गर्ने प्रचलन छ । विरुवा रोप्ने तरिका विरुवा रोप्दा प्लान्टिङ्ग बोर्डको प्रयोग गरेर विरुवा रोप्ने ठाँउलाई निश्चित गर्नु पर्दछ । बिरुवाको जरा नदोब्रने गरी पुरेको खाडलको बिचमा पर्ने गरी बिरुवालाई राखी कलमी गरेको भाग जमिनबाट १५ देखि २० से.मी. माथि पर्ने गरी मिलाएपछि वरिपरि चारैतर्फ मल माटोले भरेर खाने काम गर्नुपर्दछ । विरुवालाई हावाहुरीवाट हल्लन नदिन विरुवासंगै विरुवाभन्दा केही अग्लो हुने गरि बलियो किला वा लड्डी गाडी सुतली क्रस गरेर हल्कासँग बाध्नु पर्दछ ।
हेरचाह कसरी गर्ने ?
• दुसी र खराने रोग देखा परे केराथेनरमेनाकिजेब २ ग्राम प्रतिलिटर पानीमा मिसायर छर्ने ।
• स्याउमा लाग्ने पाउडरी मिल्ड्यु रोग रोकथाम गर्न १५ को बोर्डे मिश्रण वा ब्लाईटक्स (५० बिषादी २९३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
• स्याउको फेद कुहिने रोगबाट ग्रसित भागलाई सफा चक्कुले हटाई बोडी पेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १५ को बोडी मिश्रण तयार गरि फेद नजिक लागी रेखाङ्कन गर्ने, खाडल खन्ने । पुस र माघमा झरेका पातहरुलाई बटुली जलाईदिने वा मल बनाउन खाडलमा हाल्ने ।
• माटो चिस्यानको कमी भए सिंचाई गर्ने नयाँ बगैंचाको लागि बिरुवा रोप्न शुरु गर्ने । पुरानो बिरुवा मरेको ठाउँमा नयाँ बिरुवा लगाउने र बोट बिरुवाको काटछाँट शुरु गर्ने ।
काटछाँट गर्ने समयमै बोडी पेष्ट बनाएर काटेको भागमा र फेदमा लगाउने र बोट बिरुवा गोडमेल गरी कम्पोष्ट मलका साथै सिफारिस गरिएका रासायानिक मलको प्रयोग गरी हल्का सिंचाई गर्ने, बगैचामा सिंचाईको प्रबन्ध मिलाउने र सिंचाई गर्ने । बोट बिरुवामा आएका सकरहरु, चोर हाँगाहरु तथा सुकेका हाँगाहरु हटाउने । बगैंचामा सिंचाईको ब्यब्स्था मिलाउने र सिँचाईको ब्यब्स्था हुन नसक्ने ठाउँमा मल्चिङ गर्ने । नयाँ पालुवा आउन साथ पाल बनाउने किरा रोकथाम गर्ने थायोडान झोल विषादी १ एम.एल. प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
किरा र रोगहरु :
स्याउमा लाग्ने कत्ले किरा
किरा लागेका र सुकेका हाँगाहरु हटाउनु पर्दछ र किराको प्रकोप भएका ठाउँका बिरुवाहरु अन्यत्र नयाँ ठाउँमा नलैजाने । सेतो धुले ढुसी रोग हिउँदमा काटछाँट गरेका हाँगा र झरेका पातहरु संकलन गरि डढाउनु पर्दछ फुलफुलेपछी रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २९३ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कनु पर्दछ ।
बोक्रा खुईलिने रोग
रोगले बढी असर पारेका हाँगाहरु काटेर हटाई जलाउनु पर्दछ र रोग लागेको ठाउँमा चक्कुले हल्कासँग खुर्केर बोडीपेष्ट लगाउनु पर्दछ । बगैंचामा काटछाँट गरेपछि १ प्रतिशत बोडीमिश्रण छर्नुपर्दछ राम्रो व्यवस्थापन गरेमा एक बोटबाट ९० देखि १५० के.जि.सम्म फल उत्पादन लिन सकिन्छ ।
Source :