सपोटा बिस्तारै बढ्ने लामो आयु भएको बाह्नतामासे फलिरहने सदाबहार प्रकृतिको उष्ण प्रदेशिय फल हो । यस फलको मीठो गुलियो र बास्नादार स्वादको संसारभरी प्रसिद्ध छ । विभिन्न देश र भाषा अनुसार यस फललाई चिकु सपोटा, चिकल, चिको, बारामसी, स्पोडिला बयर, मुय, नेइसबेरी, स्पोटिला, जापोटा आदि नामले चिनिन्छ । मेक्सिको ग्वाटोमाला अमेरिका भारत लगायतको देशहरूमा यसको व्यापाक उपयोग र प्रशस्त मात्रामा खेती गरिन्छ । हाम्रो देशमा प्रचारप्रसार र जानकारी अभावको कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि नौलो फलको रूपमा नै रहेको छ ।
वास्पतिक परिचय :
यसको रुख ठूलो साइज चौडा अकारको र विस्तारै बढ्ने हुन्छ । १० देखि २० मिटर अगलो र ०.५ मिटर देखि १.५ मिटर चौडा हुन्छन । पातहरू हरियो रङ्गको आकर्षक चमकदार, लाम्चो आकारको र टुप्पोको छेउमा गोलाकार कलस्टर गरिएको हुन्छ । फूलहरू सानो घन्टीको जस्तो फिक्का हरियो र खैरो रङ्गको हुन्छ । फलहरू जात अनुसार गोलो लामो र अन्डकार अकारको हुन्छन । फलहरू काँचो हुँदा कडा र चोप आउने खालको हुन्छन भने पाकेपछि नरम हुन्छ ।
उत्पत्ति र फैलावट :
यस फलको उत्पत्ति दक्षिणी मेक्सिको आसपासको क्षेत्रमा भएको मानिन्छ । यसको रुखहरू प्राचीन कालदेखि नै अमेरिका ग्वाटोमाला नाइजेरियाको जङ्गलहरूमा प्रशस्त मात्रामा पाइएको छ । औपनिवेशिकको समयमा फिलिपिन्सबाट सुरु हुँदै समुन्द्र तटवर्ती देशहरू भारत, श्रीलंका, थाइल्यान्ड, मलेसिया आदि देशहरूमा फैलिएको मानिन्छ । यस फलको व्यावसायिक खेती भारतको गुजरात, कर्नाटक, पश्चिमी बङ्गाल, तामिलनाडु, झारखण्ड र बिहार राज्यमा ठुलो क्षेत्रफलमा गरिन्छ ।
प्रयोग :
एसियाली क्षेत्रहरूमा फल उत्पादनको लागि खेती गरिन्छ भने मेक्सिको ग्वाटोमाला लगायतको अमेरिकी क्षेत्रहरूमा चोप, गम (चुइगम बनाउने समाग्रीहरू) उत्पादनको लागि खेती गरिन्छ । यसको पातहरू पशुपालनका लागि घाँसको रूपमा प्रयोग गरिन्छ भने रुखहरू मजबुत काठ र काठजन्य समाग्री बनाउने काममा प्रयोग ल्याइन्छ ।
पौष्टिक महत्त्व :
प्रति १०० ग्राम फलमा ८३ क्यालोरी शक्ति, २० ग्राम कार्बोहाइड्रेट, १९२ मिलि ग्राम पोटासियम, १२ मिलिग्राम सोडियम, १.१ ग्राम बोसो र भिटामिन ए ११. आईरन * म्याग्नेसियम २४ ५ उपलब्ध हुन्छ । साथै यसमा विभिन्न रोग प्रतिरोधात्मक गुणको कारण धेरै किसिमको रोगहरूबाट बच्न सकिन्छ ।
हावापानी :
यो उष्ण प्रदेशीय फल भएपनि उष्ण तथा उपोष्ण दुइटै क्षेत्रमा राम्रो फल्दछ । न्यानो किसिमको हावापानी उपयुक्त हुन्छ । यसको व्यवसायिक खेतीको लागि १० देखि ३८ डिग्री सेन्टीग्रेड बिचको तापक्रम राम्रो मानिन्छ । वार्षिक वर्षा १२५० देखि २५०० मि.मि आवश्यक हुन्छ । भारतमा १५०० मिटर उचाईसम्म यसको खेती सफलतापूर्वक गरिएको छ । हाम्रो देशमा पनि तराई भित्री मधेस र मध्य पहाडको सुख्खा हुने र पानी नजम्ने क्षेत्रहरूमा व्यावसायिक खेतीको प्रशस्त सम्भावना रहेको छ ।
माटो :
सबै किसिमको माटोमा राम्रो भए पनि गहिरो बलौटो दोमट, चिम्टे दोमट, पानी नजम्ने माटोहरू अति नै उपयुक्त हुन्छ । चट्टान तथा तलतिर डुङ्गा भएको चुनबाट बनेको माटो उपयुक्त मानिदैन ।
जातहरू :
भारतमा १०० भन्दा धेरै जात भए पनि व्यवसायिक खेतीको लागि उन्नत र प्रचलित जातहरू क्रिकेट बल, काली पति, बुरी पति, धाइ आदि हुन् ।
प्रसारण विधि :
यसको प्रसारण बिउबाट भए पनि ढिलो फल्ने र जातिय गुणमा ह्रास आउने हुँदा व्यवसायिक खेतीको लागि राम्रो मानिदैन । ग्राफ्टिङ्ग, बडिङ्ग र गुठीबाट तयार गरिएको बिरुवाहरू राम्रो गुणस्तरीय र छिटो फल्ने हुन्छ ।
खाडलको तयारी तथा मलखाद :
गहिरो खनजोत गरिसकेपछि जग्गा सम्याई ८x८ वा ९x९ वा १०×१० मिटर बोटदेखि बोट र लाइनदेखि लाइनको दुरी कायम राखी रेखाङ्कन गरी चिह्न लगाउनुपर्छ । चिह्न लगाएको ठाउँमा १x१x१ मिटर आकारमा खाल्डो खनी २० देखि ३० केजी गोवर २००:७५:२०० ग्रामको दरले प्रति खाल्डोमा नाइट्रोजन, फस्फोरस, पोटासियम हालेर खाडल तयार गर्नुपर्छ । माटोजन्य कीरा मार्नलाई २ मिलि क्लोरीपाईरिफोस प्रतिलिटर पानीमा मिसाई माटो भिज्ने गरि खाल्डो भरि छर्नुपर्छ ।
सिचाइँ :
सिचाइँको खासै आवश्यकता नपरे पनि सुख्खा हेरी महिनाको १ पटक सिचाइँ गर्दा फल्ने क्रियामा वृद्धि र फलको गुणस्तरमा सुधार आउँदछ ।
काँटछाँट :
यसको हाँगाहरू समानान्तर लाइनमा बढ़न हुँदा ख काँटछाँटको आवश्यकता पर्दैन । तर पनि high density plantation मा आकार सानो राख्नलाई काँटछौट गर्ने आवश्यक हुन्छ । साथै रोग कीरा लागेको हाँगाहरू अनावश्यक हाँगाहरूलाई बेलाबेलामा काँटछौट गर्न जसरी हुन्छ ।
अन्तरबाली :
रुख अगलो र ठुलो हुने भएकोले बगैंचाभित्र मेवा, केरा, गोलभेडा, भन्टा, कोशेबाली तथा तेलबालीहरू अन्ता बालीको रूपमा लगाई थप आय प्राप्त गर्न सकिन्छ ।
फूल तथा फल लाग्ने समय :
कलमी बिरुवा रोपेको दोस्रो वर्षबाट उत्पादन सुरु हुन्छ। बाह्रमासे फूल फुल्ने तथा फल लागने प्रक्रिया भइ नै रहेका हुन्छन् । फल उत्पादनको दुई सिजन हुन्छ पहिलो फल चैत। दोस्रो असोजदेखि कार्तिकसम्म । फूल फुलेको चार महिनामा फल परिपक्व हुन्छ ।
फल टिप्ने कार्य :
भुस झर्न थालेपछि, फलको बाहिरी बोक्रा कोट्याउदा दूध (चोप) आउन छोडेपछि फल टिप्न तयार भएको बुझ्न सकिन्छ । २-४ दाना पाक्न थालेपछि बजार पठाउनु एक हप्ता अगाडि फल टिप्नुपर्छ । फलको टिपाइ चैत बैशाख र असोज कार्तिक दुई चोटि गरिन्छ ।
उत्पादन :
फलको औषत वजन ८० देखि १५० ग्रामसम्मको हुन्छ । बोटको उमेर बढ्दै जाँदा उत्पादन क्षमता पनि बढ्दै जान्छ । साधारणतयाः १० वर्षको रुखले ५० देखि १५० के.जीसम्म फल्दछ। २० वर्ष भन्दा पुरानो रुखहरूमा २००० देखि ३५०० सम्म दाना फलेको पाइएको छ ।
बजार भाउ :
माग र सिजनअनुसार १५० देखि २५० प्रतिकेजीमा बिक्री हुन्छ ।
भण्डारण :
फल पाकिसकेपछि २० देखि ३० डिग्री सेन्टीग्रेडको तापक्रममा १ - २ हप्ता भणडारण गरी राख्न सकिन्छ भने कोल्ड स्टोरहरूमा १ महिनासम्म पनि राख्न सकिन्छ ।