बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

PREMIUM NEWS

विशेष समाचार तथा विश्लेषण

Premium

सखरखण्ड उत्पादन प्रविधि

मंगलबार, साउन २२ २०८१
9 views
सखरखण्ड उत्पादन प्रविधि

समाचार सारांश

मुख्य समाचार एक नजरमा

 यो प्रिमियम स्टोरी हो ।  अन्तर्राष्ट्रिय स्तरमा सखरखण्ड सुधार गर्ने कार्यक्रम पेरूस्थित अन्तर्राष्ट्रिय बाली अनुसन्धान केन्द्र ९क्ष्क्ष्त्ब्० मा छ भन्ने अन्य देश फिलिपिन्स, इण्डोनेसिया, ताइवान, दक्षिण अफ्रिकामा पनि सखरखण्ड अनुसन्धान केन्द्रहरू छन् । अब यो आर्टिकल पढ्न हाम्रो कृषि ज्ञान सब्स्क्राइव  गर्नुस् ।

प्रिमियम समाचार

विस्तृत समाचार र विशेष सामग्री पढ्नुहोस्।

पूरा समाचार पढ्नुहोस्

समाचार शेयर गर्नुहोस्

Share this news

विस्तृत समाचार

पूरा समाचार र थप विवरण

 परिचय:

सखरखण्ड (Sweet potato) को उत्पत्ति मध्य र दक्षिण अमेरिकी क्षेत्रमा भएको अनुमान गरिएता पनि खास कुन देशमा हो भन्ने कुरा यकिन भइसकेको छैन । सुरूका अवस्थामा यसको खेती मेक्सिको, मध्य र दक्षिण अमेरिका, वेष्ट इण्डिज पोलिनेशिया क्षेत्रमा भएको पाइन्छ । हाल संसारको सबैजसो उष्ण र नातिउष्ण क्षेत्रमा सखरखण्डको खेती गरिन्छ भने विशेषगरी मध्य र दक्षिण अमेरिका, मेक्सिको, यूरोप र अफ्रिकाको मेडिटरानियन क्षेत्र, भारत, चीन, जापान, दक्षिण पूर्व एशिया र पेसिफिक टापुहरूमा उल्लेखनीय रूपमा लगाइन्छ । नेपालमा सखरखण्डको खेती कहाँ-कहाँ र कति क्षेत्रफलमा लागाइन्छ भन्ने खासै तथ्याङ्क प्राप्त नभएतापनि काभ्रे, धादिङ्ग, सिरहा, सप्तरी, सुन्सरी, धनकुटा, धनुषा, बाँके, बर्दिया गोर्खा र तनहुँ आदि जिल्लाहरूमा कृषकहरूले फाँट्टफुट्ट रूपमा लगाउँदै आइरहेका छन ।

 वानस्पतिक विवरण:

सखरखण्ड कन्भोलभुलेसी (Convolvulaceae) परिवारअन्तर्गत आइपोमी वर्ग (Genus: Ipomoea) मा पर्ने बिरूवा हो । आइपोमी वर्गको लगभग ४०० वंशहरू मध्ये केही मात्र मानिसले विभिन्न उद्देश्यको लागि प्रयोगमा ल्याउने गरेको पाइएको छ । यी मध्ये सबैभन्दा बढी क्षेत्रमा लगाइने र स्टार्च तथा खाद्य उपयोगमा आउने सखरखण्ड बिरूवा बहुवर्षीय वटाटास वंश (1. batatas) हो । सखरखण्ड बिरूवा बहुवर्षिय (Perennial) हुन्छ तर एक मौसमी बालीको रूपमा यसको खेती हुन्छ । जात हेरी यसको लहरा १-५ मिटर लामो हुन्छ, पात पानको जस्तो र अन्य विभिन्न आकारको पनि हुन्छ । दिनको प्रकाश अवधि सरदर ११ घण्टा वा सो भन्दा कम भएमा सखरखण्ड सहजै फुल्दछ र सरदर १३ घण्टा भन्दा बढी प्रकाश अवधि भएमा फुल्दैन । फुल्ने क्षेत्रमा पराग सेचन भई बीउ बन्दछ र त्यसबाट पनि बिरूवा तयार गर्न सकिन्छ । सखरखण्ड बिरुवाको क्रोमोजोम संख्या ९० (2n=90) हुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा सखरखण्ड सुधार गर्ने कार्यक्रम पेरूस्थित अन्तर्राष्ट्रिय बाली अनुसन्धान केन्द्र (IITA) मा छ भन्ने अन्य देश फिलिपिन्स, इण्डोनेसिया, ताइवान, दक्षिण अफ्रिकामा पनि सखरखण्ड अनुसन्धान केन्द्रहरू छन् । सखरखण्डमा कार्बोहाइड्रेड, बोसो, चिनी र भिटामीनहरू ए, वी, र सी, प्रशस्त मात्रामा पाइन्छन् । यसका कलिला पातहरूमा प्रोटिन, क्यारोटिन, भिटामिन सी, क्याल्सियम, फस्फोरस र फलाम प्रशस्त पाइन्छन् । यसमा पाइने क्यारोटिको महत्त्व बुझ्‌दै जाने क्रममा ताइवान स्थित एशियाली तरकारी बाली अनुसन्धान तथा विकास केन्द्र (AVRDC) तथा पेरू स्थित अन्तर्राष्ट्रिय आलु विकास केन्द्र (CIP) मा क्यारोटिन बढी पाइने र उत्पादन बढी दिने विभिन्न उन्नत जातहरूको सखरखण्डको विकास गरिएको छ। यसै क्रममा क्यारोटिन बढी मात्रामा पाइने २१ जातका सखरखण्डहरू वि.सं. २०६६ सालमा नेपालमा पहिलोपटक भित्र्याइ खुमलटार, पोखरा, तरहरा र नेपालगंजमा प्रारम्भिक अनुसन्धान भइरहेको छ । 

हावापानी:

सखरखण्ड गर्मी र आर्द्र हावापानी भएको स्थानमा हुने बाली हो । यसले तुषारो र हिउँ सहन सक्दैन । यसको बोटको वृद्धि अवधिभरमा तापक्रम घटिमा करिब १० डि.से. र बढीमा करिब ३० डि.से र सखरखण्ड लागेपछिको अवधिमा दिन र रातको तापक्रम केही बढी हुने क्षेत्रमा यसको उब्जनी बढी हुन सक्दछ । बढी वर्षा र लामो दिनले लहरा बढाउँदछ भने ठिक्कको वर्षा र प्रशस्त घाम लाग्ने मौसमले यसको जरा बढाउन मदत गर्दछ । 

माटो:

बलौटे दुमट वा बलौटे माटो र पि.एच. ५.२ - ६.७ भएको माटो उपयुक्त हुन्छ । गह्रौ माटो वा पानीको निकास राम्रो नभएको जमिन यो बालीको लागि उपयुक्त हुँदैन । सिंचाइको व्यवस्था नभएको उर्वराशक्ति कम भएको माटोमा पनि सखरखण्डको खेती सफलताकासाथ गर्न सकिन्छ ।

जग्गाको तयारी र बिरुवा रोप्ने:

यो माटो मुनी फल्ने बाली भएकोले राम्रो खनजोत भएमा उत्पादन वृद्धिमा सघाउ पुग्दछ । सखरखण्ड लगाउने जमिनलाई गहिरो हुनेगरी २-३ पटक खनजोत गरी राम्रोसँग सम्याउनु पर्दछ । बीउलाई सम्म जग्गामा, डयाङ्गमा अथवा कुलेसो बनाई रोप्न सकिन्छ । बीउ लगाउँदा एक हार देखि अर्को हारको दूरी ६० सेमी र एउटै हारमा एउटा बीउ देखि अर्को बीउको दूरी ३० सेमी कायम हुने गरी रोप्नुपर्दछ ।

मलखाद:

राम्रोसँग पाकेको गोठको मल वा कम्पोष्ट मल करिब १० टन/हेक्टरका दरले जग्गा तयार गर्ने समयमा हाल्ने र बीउ रोप्ने समयमा नाइट्रोज,  र पोटास तत्वहरू क्रमशः ३०:३०:५० किलो/हेक्टरका दरले माटोमा मिलाउनुपर्दछ । यो बालीलाई विशेषगरी पोटास तत्त्व बढी आवश्यक पर्ने हुँदा खरानीको प्रयोग पनि राम्रो मानिन्छ। 

बिरुवा (बीड) को प्रसारण : 

सखरखण्डको प्रसारण प्रायः वानस्पतिक प्रसारणद्वारा नै गरिँदै आइरहेको छ । वानस्पतिक प्रसारण निम्न लिखित तरिकाबाट गरिन्छ ।

• लहराको कटिङ (कलमी) बाट ।

• सखरखण्डाबाट पलाएका टुसाहरूबाट ।

• सखरखण्ड वा जरा आदिबाट

सखरखण्डको बिरूवा (बीज) तयार गर्दा दुई तहको नर्सरीमा गर्ने गरिन्छः प्रथम नर्सरी र दोश्रो नर्सरी, बेर्ना उत्पादन गर्न छानिएका जरा, लहरा, वा सखरखण्डका टुसाहरूलाई राम्ररी तयार गरिएको प्रथम नर्सरी ब्याडमा
 ६००३० से.मी. को दूरीमा बेर्ना सार्नु पर्दछ । करिब ४०-५० दिन पछि लहराहरू वृद्धि भई कटिङ्ग लिन तयार हुन्छन् र त्यसबाट २०-३० से.मी. (३ आख्ला) लामो कटिङ्ग निकाली दोश्रो नर्सरीमा सारिन्छ । दोश्रो नर्सरीबाट करिब ४०-५० दिनमा पुनः कटिङ्ग लिन तयार हुन्छ र त्यसबाट कटिङ्ग लिई मुख्य खेती गरिने जमिनमा सारिन्छ ।

बीउको दर : 

करिब २५-३० वर्ग मिटर क्षेत्रफलमा उत्पादन गरिएको कटिङ्गबाट एक रोपनी (५०० वर्ग मिटर) क्षेत्रफलमा सार्न पुग्दछ । एक रोपनी जमिनको लागि कटिङ्ग बिरुवाहरू २,७००-२,८०० र यसैगरी एक कठ्ठा जमिनको लागि २,०००-२,२०० बिरुवाहरूको आवश्कता पर्दछ ।

लगाउने समय : 

तराईमा फाल्गुण/चैत्र र भाद्र / आश्विन महिनामा गरी वर्षमा दुई पटक लगाउन सकिन्छ भने मध्य पहाड र तल्लो पहाडी क्षेत्रमा फाल्गुणदेखि आषाढ महिनासम्म लगाउन सकिन्छ ।

सिंचाइ : 

गर्मीयामको बालीलाई ७-१० दिनको अन्तरमा वा माटोको सुख्खापन हेरी सिंचाइ गर्नुपर्दछ । वर्षायामको बालीलाई खासै सिंचाइको आवश्यकता पर्दैन तर पानी नजमोस भनेर निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ ।

गोडमेल तथा झार नियन्त्रण : 

बिरूवा सारेको एक महिनापछि आएको झारपात उखेली सखरखण्डको जरामा उकेरा लगाउनु पर्दछ । बिरूवा सानो छँदा झारपात हटाउँदै जानुपर्छ र बिरुवाको लहराले जमिनको सतह ढाकेपछि झारपात आफै नियन्त्रण हुँदै जान्छ ।

रोग र कीराको प्रकोप : 

नेपालमा सखरखण्डमा लाग्ने रोग र कीराहरू बारे खासै धेरै जानकारी प्राप्त भएको छैन । रोगको सम्बन्धमा केही स्थानहरूमा जरा कुहिने रोग (Rhizoctonia sp./Pythium spp.) देखापर्ने गरेको छ । कीराहरूमा आलुमा लाग्ने लाही कीरा, खपटे र सेतो पुतली आदि देखापर्ने गरेको पाइन्छ ।

बाली खन्ने : 

यसको लहरा स्वभाविक रूपमा पहेँलिएर पात सुक्दै आएपछि बाली तयार भएको मान्नु पर्दछ । जात अनुसार बाली तयार हुने समयमा भरपर्ने भएतापनि करिब १२०-१८० दिनमा बाली तयार हुन्छ । खन्नु पूर्व यसका लहराहरू काटेर हटाउने र हल्का सिंचाइ दिनरले खन्न सजिलो हुन्छ । सखरखण्ड खन्दा नकाटिने गरी खन्नु पर्दछ । खनिसकेपछि कुहिएको, काटिएको सखरखण्ड हटाई एक दुइ दिन फिँजाइ सुक्न दिनु बेस हुन्छ ।

उत्पादन : 

खेती गर्ने तरिका र जात आदिको आधारमा करीब १,००० देखि २,००० केजी प्रति रोपनी उत्पादन भएको अनुमान छ ।

उपयोग : 

नेपालको तराईमा खासगरी कम आय हुने कृषकहरूले खानको रूपमा खाने चलन छ भने पहाडी जिल्लाहरूका कृषकहरूले उसिनेर खाजाको रूपमा खाने गर्दछन । सखरखण्ड विशेषगरी मंसिरको ठूलो एकादशी र माघे संक्रान्तीमा विभिन्न तरिकाले फलाहारको रूपमा खाने चलन व्यापक छ । सखरखण्ड खन्ने बेलामा लहराहरू घाँसको रूपमा दूध दिने गाई भैसीहरूलाई खुवाइन्छ । अन्य देशहरूमा सखरखण्ड मानिसको खाद्य प्रयोगमा ल्याइन्छ भने यो गाई वस्तुको दानाको रूपमा र औद्यौगिक प्रयोगमा पनि ल्याइन्छ । सखरखण्डबाट स्टार्च, ग्लुकोज, अल्कोहल, पिठो आदि पनि बनाउने गरेको पाइन्छ ।

सम्बन्धित विषय

थप समाचार