बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Ficus benjamina  हो। यसलाई विपिङ फिग, फिकस वा चाइनिज  बर पनि भनिन्छ । यसको पात अत्याधिक झर्ने भएकोले यसलाई विपिङ्ग फिग भनिएको हो। प्राकृतिक रुपमा यो ३० मिटरसम्म अग्लो र यसको डाँठको मोटाई १० मिटरसम्म फराकिलो पाइएको छ ।

अचेल यसलाई इन्डोरमा पनि लगाउने प्रचलन बढेको छ । कम प्रकाशमा पनि यो बाँच्न सक्छ । यसका होचो जातहरु बढीमा ९० से.मी. सम्म अग्लो हुन्छ । अचेल ग्राफ्टिङ्ग गरिएका बोनसाई समि पनि पाइन थालेको छ ।

यसले अलि बढी गर्मी र अलि बढी चिसो सहन सक्दछ । यसको लागि उपयुक्त तापक्रम १६–२९ डि.से. हो। मलखादको हकमा यसलाई हिउँदमा केही पनि दिनु पर्दैन । गर्मीमा महिनाको १ पटक पानीमा घुल्ने मल एन.पी.के. १ ग्राम प्रति लिटर पानीको दरले सिंचाई दिदा प्रयोग गर्ने । पानी आवश्यकता परेको बेलामा मात्रै थोरै थोरै गरेर दिने। हिउँदमा पानी खासै आवश्यकता पर्दैन । यसलाई ३ वर्षमा एक पटक वा आवश्यक परे मात्रै रिपटिङ्ग गर्नु पर्दछ । यसको प्रसारण बीउबाट वा एयर लेयरिङ्गबाट गर्न सकिन्छ ।

Source : pbk, Godawari 

सम्बन्धित विषय

थप समाचार