बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Pilea cadierei  हो। यो बिरुवाको उचाई लगभग २ फुटसम्म हुन्छ ।  यसको हरियो अण्डाकार पातमा ४  वटा केही उठेका सिल्भर कलरका
धब्बा हुन्छन् जुन झट्ट हेर्दा पेन्ट  गरेको जस्तो देखिन्छ ।

यसले गर्दा  यो बिरुवा निकै आकर्षक देखिन्छ ।  यसको लागि उपयुक्त तापक्रम १६–२४ डि।से। हो। यसले हल्का उज्यालो मन  पराउँछ । यसलाई पानी दिँदा सधै चिसो हुने तर पानी नजम्ने गरी दिनु पर्दछ ।

मलखाद गर्मी मौसममा हप्ताको एक पटक तथा हिउँदमा महिनाको एकपटक दिनु पर्दछ । वर्षको एकपटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । हाँगाको टुप्पाको कटिङ्गबाट यसको नयाँ बिरुवा तयार गर्न सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार