बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Tradescantia zebrina हो। यसलाई वान्डरिङ्ग ज्यु पनि भनिन्छ । यो बिरुवालाई हुर्काउन धेरै सजिलो छ र यो निकै छिटो  बढ्छ । यसका पातहरु जेब्रा डिजाइनका आकर्षक पातहरुको कारण यो लोकप्रिय छ ।

पातको हरियो र बैजनी रङ्गसँगै पातको किनारातर्फ दुईवटा सिल्भर रङ्गको धर्साले गर्दा पात निकै मनमोहक देखिन्छ । यो बिरुवा छिटो बढ्ने भएकोले राम्ररी  व्यवस्थापन गर्न सकिएन भने जताततै फैलिन्छ । यसलाई ह्याङ्गिङ बास्केटमा समेत राख्न सकिन्छ । यसको पातको रसमा केही मात्रामा छालामा एलर्जि गराउने तत्व भएकोले यसलाई छुँदा चलाउँदा अलि चनाखो हुनु पर्दछ ।

गर्मी मौसममा महिनाको २ पटक र हिउँदमा १ पटक पानीमा घुल्ने मल हाल्नु पर्दछ । गर्मीयाममा माटोको सतहको १ इञ्चभित्र सुख्खा महसुस भएपछि पानी दिनु पर्दछ । हिउँदमा पानी दिनु पर्दैन । यसलाई २–३ वर्षमा एकपटक रिपटिङ्ग गर्नु पर्दछ । यसलाई हाँगाको टुप्पाको कटिङ्गबाट सजिलै प्रसारण गर्न सकिन्छ ।

Source : पुष्प विकास केन्द्र, गोदावरी  

सम्बन्धित विषय

थप समाचार