बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Monstera delicios  हो। यसलाई स्वीस चिज प्लान्ट वा स्प्लीट लिफ फिलोडेन्ड्रन पनि भनिन्छ । यसको पातमा स्वीस चीजमा जस्तै प्वालहरु हुने भएकोले यसलाई स्वीस चिज प्लान्ट भनिएको हो।

यसको आकर्षक र प्वालहरु भएका पातहरु झण्डै ३० से.मी. भन्दा चौडा हुन्छन्। कुनै पोलको सपोर्ट पायो भने यो आफ्नो बाहिरी जराको मद्दतले त्यसमा टाँसिएर बढ्न सक्छ । सोही जराबाट यसले हावामा भएको चिस्यान समेत लिएर बाँच्न सक्दछ । यसको लागि पनि गरम (तापक्रम १८–२९ डि.से.) हावापानी उपयुक्त हुन्छ । गर्मीमा २ महिनामा एक पटक र हिउँदमा महिनाको एक पटक मलखाद दिनु पर्दछ ।

गमलाको माटो सुख्खा भएपछि मात्र पानी दिनु पर्दछ । वर्षको एक पटक वसन्त
ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । रिपटिङ्ग गर्दा अलि ठूलो साइजको गमलामा गर्ने र हुर्केको
बिरुवालाई बिचमा पोल राखे सपोर्ट दिनु पर्दछ । यसको प्रसारण एयर लेयरिङ्ग र हाँगाको टुप्पाको कटिङ्गबाट गर्न सकिन्छ ।

Source : Pbk, Godawari

सम्बन्धित विषय

थप समाचार