यसको वैज्ञानिक नाम Maranta leuconeura हो। यसको पातको रङ्ग र नसाको रङ्ग फरक हुने हुँदा निकै आकर्षक देखिन्छ । यसको थप विशेषता के हो भने यसको पात दिउँसो सिधा हुन्छ भने रात परेपछि प्रार्थना गरेजस्तो गरी ठाडो हुन्छ । त्यसकारण पनि यसलाई प्रेयर प्लान्ट भनिएको हो। पातलाई राम्रो र चम्किलो बनाइराख्न बेलाबेलामा चिसो कपडाले पुछिदिने गर्नु पर्दछ ।
यसले केही गरम हावापानी (तापक्रम १८–२७ डि.से.) मन पराउँछ । गर्मी मौसममा २ महिनामा एक पटक तथा जाडोमा महिनाको १ पटक एन.पि.के. १९ः१९ः१९ १ ग्राम प्रति लिटर पानीमा मिसाएर प्रयोग गर्नु पर्दछ । यसलाई अलि बढी आद्रता चाहिने हुनाले गमलाको माटो सधै चिसो बनाइराख्ने, बेलाबेलामा स्प्रेयरले पानी स्प्रे गरिरहने र गमलाको नजिक ट्रेमा ग्राभेलहरु राखेर चिसो बनाइराख्नु पर्दछ ।
प्रेयर प्लान्टको वर्षमा एक पटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । यसलाई खुकुलो माटो चाहिने हुनाले रिपटिङ्ग गर्दा गमलामा माटो बढी खाँद्नु हुँदैन । बिरुवा धेरै बाक्लो भयो भने वसन्त ऋतुमा जरा सहित यसलाई विभाजन गरी नयाँ बिरुवा तयार गर्न सकिन्छ ।
Source : pbk , Godawari