यसको वैज्ञानिक नाम Streptocarpus spp हो। यो पनि फूल फूल्ने इन्डोर बिरुवाहरु मध्येको महत्वपूर्ण प्रजाति हो। यसलाई झ्यालको नजिक झ्याल बाहिर लगाइएको बिरुवाहरुको हल्का छहारी पर्ने गरी लगाउँदा राम्रो हुन्छ । अफ्रिकन भायोलेटमा बढी पानी हालेमा, अत्याधिक ठण्डी भएमा वा चर्को घाम परेमा नोक्सान पुग्दछ । नत्रभने यसलाई हुर्काउन त्यति गारो छैन ।
यसको लागि उपयुक्त तापक्रम १८–२४ डि.से. हो। यसको लागि २ हप्तामा एकपटक फस्फोरसको मात्रा बढी भएको पानीमा घुल्ने मल दिनु पर्दछ । यसलाई लगाइएको गमलाको माटोमा सधैं हल्का चिस्यान कायम राख्नु पर्दछ । बिरुवामा पानी दिँदा पातमा पर्नबाट जोगाउनु पर्दछ । यसलाई वर्षको एकपटक रिपटिङ्ग गर्नु पर्दछ ।
रिपटिङ्ग गर्दा एक तिहाई जरा काटेर हटाउने र नयाँ गमलामा केही गहिरो गरी रोपिदिनु पर्दछ । यसको प्रसारण गाँज छुट्याएर गर्न सकिन्छ । त्यस्तै ५ से.मी. डाँठ सहितको स्वस्थ पातलाई रुटिङ्ग मिडियामा राखेर समेत प्रसारण गर्न सकिन्छ । यसरी राखेको पातमा करिब १ महिनामा जराको विकास हुन्छ र त्यसको करिब १ महिनामा नयाँ बिरुवा तयार हुन्छ ।
Source :