बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Sedum morganianum हो। बिरुवाको  क्राउनबाट निस्केको डाँठलाई बाक्लो रसिलो कैलो हरियो पातहरुले ढाकेको हुन्छ  जुन गधाको पुच्छरमा भएको खस्रो रौं जस्तै देखिन्छ ।

यो बिरुवाको खराबी  भनेको यसका पातहरु असाध्यै नाजुक हुन्छन्। सानो धक्काले पनि यो फुस्केर  भुईमा झर्दछ । बिरुवा बढ्ने मौसममा महिनाको एकपटक पानीमा घुल्ने मलखाद दिनु पर्दछ । हिउँदमा मल हाल्नु हुँदैन ।

माटो हल्का चिसो कायम हुने गरी पानी हाल्नु पर्दछ । दुई वर्षको उमेर भएपछि रिपटिङ्ग गर्नु पर्दछ । बिरुवा धेरै बढेपछि रिपटिङ्ग गर्न सम्भव हुँदैन त्यस्तो बेला टुप्पाको कटिङ्ग राखेर नयाँ बिरुवा बनाउनु पर्दछ । कटिङ्ग राख्दा ६–७ से.मी. लामो टुप्पाको हाँगा लिनु पर्दछ । तलबाट ५ से.मी. जतिमा भएका सबै पातहरु हटाउनु पर्दछ । 

Source : पुष्प विकास केन्द्र, गोदावरी ,नेपाल 

सम्बन्धित विषय

थप समाचार