बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Begonia spp हो। बेगोनिया  प्रजाति (Genus)  अन्तरगत झण्डै २००० उपजातिहरु   १८ देखि २४० सेन्टिग्रेट तापक्रम उपयुक्त हुन्छ । तापक्रम १३० से.भन्दा तल गएमा यसमा क्षति पुग्दछ । यसको पात र फूल दुबै अति आकर्षक हुने भएकोले यो अति लोकप्रिय छ ।

बेगोनियाको लागि गर्मीमा केही कम तर जाडोमा बढी उज्यालो चाहिन्छ । मलखाद को हकमा २ हप्तामा १ पटक घुलनशील मल १९ः१९ः१९ एक ग्राम प्रति लिटर पानीमा मिसाएर बोटमा पानी दिँदा प्रयोग गर्नु पर्दछ । फूल्ने समयमा बेगोनियालाई फस्फोरस बढी चाहिने भएकोले फूलेको समयमा २–४ दाना डि.ए.पी. हालिदिनु पर्दछ ।

बेगोनियाले बढी पानी सहन सक्दैन र साथै अति सुख्खा पनि हुनु हुँदैन ।बेगोनियालाई पनि बढी ओसिलो हावा चाहिने भएकोले एन्थुरियमलाई जस्तै आद्रता बढाउने व्यवस्था गर्नु पर्दछ । बेगोनिया लगाउने गमलाको माटो निकै हलुका र पानी निख्रेर जाने हुनु पर्दछ ।

बेगोनियाको उपजाति अनुसार जराको स्वरुप फरक फरक हुन्छ । रेशादार ९ाष्दचयगक० खालको जरा हुने बेगोनियाहरुलाई सानो गमलामा लगाउन सकिन्छ भने गानो हुने बेगोनियाहरुको लागि फराकिलो र कम उचाई भएको गमलामा लगाउन उपयुक्त हुन्छ । हिउँदमा फूल्ने बेगोनियाहरुलाई रिपटिङ्ग गरिरहनु पर्दैन । धेरैजसो बेगोनियाहरुको प्रसारण डाँठको कटिङ्गबाट गर्न सकिन्छ । केही बेगोनियाका जातहरुको प्रसारण पातको कटिङ्गबाट समेत गर्न सकिन्छ ।

Source  : 

थप समाचार