बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसको वैज्ञानिक नाम Guzmania lingulata हो।यसलाई एयरप्लान्ट पनि भनिन्छ ।
यसको जङ्गली जातहरु निकै अग्ला हुन्छन् तर आजभोलि आलङ्कारिक बिरुवाको रुपमा लगाइने जातहरुको उचाई २५ से.मी. मात्र हुन्छ । यसको चम्किलो हरिया पातहरु र पातहरुको बीचबाट निस्कने फूल (स्पाइक) ले गर्दा यो निकै आकर्षक देखिन्छ । फूल एकपटक फूलेपछि ६ हप्तासम्म रहन्छ ।

यसको लागि पनि न्यानो हावापानी उपयुक्त हुन्छ । महिनाको एक पटक पानीमा घुल्ने मल हाल्नु राम्रो हुन्छ । वर्षको १ पटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । बिरुवाको आयु ३–४ वर्ष हुन्छ । मुख्य बिरुवाबाट अर्को बिरुवा निस्कन्छ जसलाई अफसेट भनिन्छ । अफसेट ३ इञ्च जति अग्लो भएपछि त्यसलाई माउबाट छुट्याएर अर्को गमलामा रोप्न सकिन्छ ।

Source : 

सम्बन्धित विषय

थप समाचार