यसको वैज्ञानिक नाम Caladium bicolor हो। यसलाई इलेफेन्ट इयर पनि भनिन्छ । यसमा मानिस वा जनावरलाई एलर्जि गराउने तत्व हुने भएकोले पातको रस छालामा पर्नबाट जोगिनु पर्दछ ।
क्यालाडियममा खासै फूल फूल्दैन । यसको मुटुको आकारको पात नै धेरै आकर्षक देखिन्छ । क्यालाडियमको पात जात अनुसार हरियो, रातो, गुलाबी, सेतो आदि थुप्रै रङ्गमा पाउन सकिन्छ । यो गर्मी मन पराउने बिरुवा हो। तापक्रम २१–२९ डि.से. मा यसको बृद्धि राम्रो हुन्छ ।
यो वनस्पतिको पात नै प्रमुख अङ्ग भएकोले यसलाई नाइट्रोजनयुक्त मल बढी चाहिन्छ । यसलाई प्रत्येक हप्ता नाइट्रोजन तत्व बढी भएको मल हाल्नु पर्दछ । माटोमा चिस्यान कायम राखिराख्नु पर्दछ । गमलाबाट जरा बाहिर निस्कन थालेपछि र जराहरु गुजुल्टिन थालेपछि अलि ठूलो गमलामा बिरुवा सार्नु पर्दछ । जराको कटिङ्गबाट यसको प्रसारण गर्न सकिन्छ ।
Source :