गुलाफ विश्व पुष्प व्यवसायमा एक प्रमुख पुष्प बाली हो । नेपालमा गुलाफलाई कट फ्लावर, माला, आलंकारिक विरुवा साथै विभिन्न प्रकारका पुष्प सजावटका लागि प्रयोग गरिदै आईएको छ । यसको व्यवसायिक खेतीका लागि अबलम्वन गरिदै आईएको प्रविधिसँगै यसमा आईपर्ने रोग कीराहरुको पहिचान र व्यवस्थापनमा समेत ध्यान दिनु पर्दछ । अन्य बालीनालीहरुमा जस्तै गुलाफ खेतीमा बिभिन्न रोग कीराहरु ले आक्रमण गरेको पाईन्छ । पाउडरी मिल्ड्यू, डाउनी मिल्ड्यू, बोट्राईटिस, कालो थोप्ले, थ्रिप्स, लाही, सुलसुले आदी नेपालमा गुलाफ खेतीमा देखा परेका मुख्य रोगकीराहरु हुन् ।
१. कालो थोप्ले Black spot :
यो रोग Diplocarpon rosa नामक ढुसीको कारणले लाग्दछ । यस रोगको लक्षण पहेंलिका पातहरुको दुबै सतहमा गोलाकार कालो थोप्लाहरु देखा पर्दछन् । रोगग्रस्त डाँठमा पनि राता टाटाहरु देख्न सकिन्छ । थोप्लाको आकार मसिनो देखि एक सेन्टिमिटरसम्मको हुन्छ । पछि सानासाना थोप्लाहरू जोडिएर ठूलो धब्बा बन्दछ र झण्डै पुरै पात ढाक्दछ । यो रोग तापक्रम बृद्धि भएको तथा ओसिलो अवस्थामा ज्यादा देखापर्दछ । पानीको माध्यमबाट यस रोगको जीवाणु एक ठाउँबाट
अर्को ठाउँमा फैलन्छ । कलिला पातहरूमा भने यस रोगको लक्षण देखिदैन । रोगी
बोटहरुबाट उत्पादनको गुणस्तर र परिमाण दुबैमा नोक्सानी पु¥याउँदछ ।
व्यवस्थापन
- रोग संक्रमित पातहरु नष्ट गर्ने, सरसफाई गर्ने ।
- ओभरहेड सिंचाई बन्द गर्ने । सिंचाई गर्दा थोपा सिंचाई प्रणाली अपनाउने ।
- ओभरहेड सिंचाई दिनु पर्ने अवस्था भएमा बिहानीपख मात्र दिने ।
- सम्भव भएसम्म प्लाष्टिक मल्च लगाएर बिरुवा रोपण गर्ने ।
- रोगी पात तथा हाँगाहरु हटाएर जलाइदिने ।
- ढुसीनाशक बिषादी म्यान्कोजेव ७५% डब्लु.पि. २ ग्राम प्रति लिटर वा क्लोरोथालोनिल ७५% डब्लु.पि. २ ग्राम प्रति लिटर वा एजोअक्सिस्ट्रोबिन २३%
एस.सि. १ मि.लि. प्रति लिटर वा थायोफेनेट मिथायल ७५% डब्लु.पि. १–२
ग्राम प्रति लिटर वा हेक्जाकोनाजोल ५% ई.सि. २ मि.लि. प्रति लिटर पानीमा
मिसाई छर्ने ।
- रोगको प्रकोप बढी भएमा माथिका विषादी ७–१० दिनको अन्तरमा पालैपालो
छर्ने ।
२. पाउडरी मिल्ड्यू Powdery mildew :
यो रोग Sphaerotheca pannosa var. rosae नामक ढुसीको कारणले
लाग्दछ । गुलाफको खेती हुने सबै ठाउँमा रोग रोग लाग्दछ । तापक्रम २१–२७०
से. र रातको समयमा उच्च आद्र्रता हुनु यो रोगको प्रकोप हुनको लागि उपयुक्त
वातावरण हो । यसको लक्षण नयाँ पात, पालुवा, डाँठको सतहमा खरानी जस्तो
सेतो धुलो देखिन्छ । कलिला पातहरू माथितर्फ बटारिन्छन् र बैजनी रङ्गमा परिणत
हुन्छन् । पातको तल्लो सतहमा सेतो पाउडरजस्तो ढुसी देखिन्छ । यस रोगको
कारण कोपिला फक्रन नसक्ने, फूल सानो फूल्दछ साथै चाडै सुकेर जान्छ ।
व्यवस्थापन :
- रोग संक्रमित पातहरु र झारहरु नष्ट गर्ने, सरसफाईमा ध्यान दिने ।
- डिनोकाप (काराथेन) ४८% ई.सि. १–२ मि.लि. प्रति लिटर पानीमा वा थायोफेनेट मिथायल ७५% डब्लु.पि. १–२ ग्राम प्रति लिटर पानीमा मिसाई पातहरु राम्ररी भिज्ने गरी छर्ने । रोगको प्रकोप ज्यादा भएमा अर्को पटक बिषादी छर्दा पहिले छरेको बिषादी नछरी सल्फर ८०% डब्लु.पि. १ ग्राम प्रति लिटर वा म्याग्नेशियम सल्फेट ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने । वा एजोअक्सिस्ट्रोबिन २३% एस.सि. १ मि.लि. प्रति लिटर वा प्रोपिकोनाजोल २५% ई.सि. ०.५ मि.लि. प्रति लिटर वा ट्राईफ्लोक्सिस्ट्रो बिन २५% + टेबुकोनाजोल ५०% डब्लु.जि. १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
- रोगको प्रकोप बढी भएमा माथिका विषादी ७–१० दिनको अन्तरमा पालैपालो
छर्ने ।
३. डाउनी मिल्ड्यू Downy mildew
यो रोग Peronospora spar नामक ढुसीको कारणबाट लाग्दछ । तापक्रम १८०
से. तथा आद्र्रता ८५% भन्दा बढी हुनु यसको जीवाणुको लागि उपयुक्त अवस्था हो । यो रोगले जमिन भन्दा माथिल्लो सबै भाग डाँठ र पातहरु असर पु¥याउँदछ । पातको माथिल्लो भागमा रातो, कैलो, बैजनी वा खैरो रङ्गको धब्बाहरू देखिन्छ । धब्बाको तल पातको तल्लो सतहमा भुवाजस्तो ढुसी देखिन्छ । रोगको लक्षण शुरूमा बोटको माथिल्लो भागमा देखिन्छ र पछि सबैतिर फैलन्छ । रोग लागेका पातहरू छिटै पहेलिएर झर्दछन् । रोगको प्रकोप बढी भएमा पुरै बोट सुकेर मर्न सक्दछ ।
व्यवस्थापन :
- ग्रिनहाउसभित्रको आद्र्रता घटाउने । भेन्टिलेशन बढाउने । ओभरहेड सिंचाई बन्द
गर्ने ।
- रोग संक्रमित पातहरु नष्ट गर्ने, सरसफाईमा ध्यान दिने ।
- रोगको लक्षण देखिनासाथ ढुसीनाशक बिषादी म्यान्कोजेव ७५% डब्लु.पि. २
ग्राम प्रति लिटर वा क्लोरोथालोनिल ७५% डब्लु.पि. २ ग्राम प्रति लिटर वा
एजोअक्सिस्ट्रोबिन २३% एस.सि. १ मि.लि. प्रति लिटर वा डाइमेथोमोर्फ ५०%
डब्लु.पि. ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
४. बोट्रईटिस ब्लाईट Botrytis blight :
यो रोग Botrytis cinerea नामक ढुसीले गर्दा लाग्दछ । ठण्डी र आद्र्र हावापानीमा यस जीवाणु छिटौ फैलन्छ । कोपिला तथा फूल को पुष्पदलहरुमा खरानी खैरो भुवादार बृद्धि भएको खैरो धब्वाहरु देखिन्छन् । जसले गर्दा कोपिलाहरु फक्रन
पाउदैनन् र खैरो भएर कुहिन्छन् । फक्रेको फूल मा पनि रोगको लक्षण देखिन
सक्दछ । शुरुमा पुष्पदलमा सानो र गोलाकार थोप्लाहरु देखिन्छ जुन पछि गएर ठूलो
धब्बामा परिणत हुन्छ र सडदछ् ।
व्यवस्थापन
- प्लाष्टिक घर भित्र ज्यादा आर्द्रता हुन नदिने, प्लाष्टिक घर भित्र उचित
भेन्टिलेशनको प्रबन्ध मिलाउने ।
- सिंचाई गर्दा बोट, पात पानीले भिज्न नदिने, थोपा सिंचाई गर्ने सरसफाईमा
ध्यान दिने, मरेका र सुकेका हाँगाविंगा, पातहरु वोट र खेती वरपरबाट हटाउने ।
- म्यान्कोजेव ७५% डब्लु.पि. २ ग्राम प्रति लिटर वा क्लोरोथालोनिल ७५%
डब्लु.पि. २ ग्राम प्रति लिटर वा एजोअक्सिस्ट्रोबिन २३% एस.सि. १ मि.लि. प्रति
लिटर पानीमा मिसाई छर्ने ।
५. निमाटोड Nematodes :
निमाटोडले गुलाफको बोटको जरामा आक्रमण गर्दछ । निमाटोड लागेको
बोट उखेलेर हेर्दा जरामा गाँठाहरू बनेको देखिन्छ । यसको प्रकोपले बोटको बृद्धि
विकास साथै फूल उत्पादनमा प्रतिकुल असर पुर्याउँदछ । रोगी बोटहरु प्रायः पहेंला र पुड्का हुन्छन् ।
व्यवस्थापन :
- मिश्रित बालीको रुपमा सयपत्री लगाउन सकेमा निमाटोडको संख्या कम गर्न
सकिन्छ ।
- ट्राईकोडर्मायुक्त जैवीक बिषादी १० ग्राम प्रति लिटर पानीमा मिसाई माटोमा
ड्रेन्चिङ्ग गर्नु पर्दछ । यसको प्रयोग थोपा सिंचाई मार्फत पनि गर्न सकिन्छ ।
- निमाटोडनाशक बिषादी फोस्थिएजेट १०% जि.आर. प्रति रोपनी १.५ के.जी.
दरले माटोमा १०–१५ से.मि. गहिरो हुने गरी प्रयोग गर्ने ।
६. थ्रिप्स Thrips
गुलाफमा Rhipiphorothrips cruentatu र Scirtothrips dorsa नामक दुई खालका थ्रिप्सले दुःख दिने गर्दछ Rhipiphorothrips क जातको थ्रिप्सको बच्चा रातो रङ्गको र बयस्क गाढा खैरो वा कालो रङ्गको हुन्छ । Scirtothrips जातको थ्रिप्सको रङ्ग फुस्रो वा पहेंलो रङ्गको हुन्छ । यो कीराको साइज निकै सानो हुने भएकोले नाँगा आँखाले ठम्याउन गाह्रो हुन्छ । मोबाइलको कालो शिशामाथि बिरुवाको पात वा राखेर टक्टक्याएमा शिशामाथि थ्रिप्स झरेर हिडिरहेको देख्न सकिन्छ । यसले आक्रमण गरेको पूmलको आकार प्रकार बिगार्ने खैरो रंगको धर्का देखा पर्ने हुन्छ । यसले आफ्नो अचलावस्था माटोभित्र गुजार्छ । यसको प्रकोप सुख्खायाममा बढी ज्यादा पाईएको छ । संरक्षित संरचनाहरूमा यसको प्रकोप निकै बढी हुने गर्दछ ।
गुलाफमा थ्रिप्सले गरेको नोक्सानी
व्यवस्थापन :
- कीरा लागेका पूmलहरु छनौट गरी नष्ट गर्ने ।
- कीराको बैकल्पिक वासस्थान दिनसक्ने झारपात हटाउने ।
- एकपटक बाली लिइसकेपछि अर्कोपटक बाली लगाउनु अघि ग्रिनहाउस कम्तीमा
पनि १५ दिनको लागि खाली राख्ने र ग्रिनहाउस भित्र कुनैपनि बनस्पति रहन नदिने र ठाउँ ठाउँमा निलो रङ्गको टाँसिने पासो झुण्ड्याइदिनु पर्दछ । यसो गरेमा
त्यहाँ रहेका थ्रिप्सहरूले आश्रय स्थल पाउँदैनन् र पासोमा टाँसिएर मर्दछन् ।
बाँकी रहेका पूmलहरूबाट पनि बच्चा निस्कन्छ र पासामा टाँसिएर मर्दछ ।
- कीटनाशक बिषादी प्रयोग गर्दा कोपिलाभित्र थ्रिप्स नपस्दै फिप्रोनिल ५% एस.सि. १.५ मि.लि. प्रति लिटर वा ईमिडाक्लोप्रिड १७.८% एस.एल. १ मि.लि. प्रति ३ देखि ५ लिटर वा एसिफेट ७५% एस.पि. १.५ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
- माटोमा हुने यसको प्युपा नष्ट गर्न क्लोरोपाइरिफस ५०% ई.सि. ५ मि.लि. प्रति
लिटर पानीमा मिसाएर ग्रिनहाउसभित्रको माटोलाई भिजाइदिने ।
७. कोपिलाको गबारो Bud bore :
पोथी बयस्क पुतलीले फूलको कोपिलामा क्रीम रङ्गको अण्डाहरू पार्दछ ।
फूलबाट निस्केका लार्भेहरूले कोपिलाहरूमा प्वाल पार्दछ र पुष्पदल खान थाल्दछ ।
अलि हुर्केका लार्भेहरूले फक्रेको फूलमा समेत क्षति पुर्याउँदछ ।
व्यवस्थापन :
- लार्भेहरुको संख्या कम भएमा हातैले संकलन गरि नष्ट गर्ने, स्थानीय स्तरमा
उपलब्ध हुने गहुँत पानी, सुर्तीको झोल, झोलमल, आदि प्रयोग गर्न सकिन्छ ।
- पासोको प्रयोग गरि कीराको अनुगमन साथै व्यवस्थापन गर्न सकिन्छ ।
- यो कीराको बिषादी पचाउने क्षमता अत्याधिक हुने भएकोले कीराको प्रकोप
अधिक भएमा एकपटक प्रयोग गरेको बिषादी अर्को पटक दोहोयाउनु हुँदैन र
साथै लार्भेको कलिलो अवस्थामा बिषादी प्रयोग गर्न सकेमा मात्र यसले काम
गर्दछ ।
- जैविक नियन्त्रणको लागि ब्यासिल्लस थुरेन्जेन्सिस (बि.टि.) १ ग्राम प्रति लिटर
पानीमा वा एच.एन.पी.भि. १ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्न
सकिन्छ ।
- निमजन्य बिषादी एजाडिरिक्टिन ३ देखि ५ मि.लि. प्रति लिटर वा क्लोरोपाइरिफस ५०% + साईपरमेथ्रीन ५% ई.सि. १–२ मि.लि. प्रति लिटर पानीमा वा ईबामेक्टिन बेन्जोएट ५% एस.जि. १ मि.लि. प्रति ३ देखि ५ लिटर पानीमा मिसाई छर्ने ।
८. लाही कीरा Aphid :
लाही कीराले विरुवाको विभिन्न भागहरुवाट रस चुस्दछ । अन्य बालीहरुमा
जस्तै लाही कीराको माउ र बच्चा दुबैले गुलाफ खेतीमा समेत आक्रमण गर्दछ ।
सैयौंको संख्यामा यसले बोटको कमलो भाग जस्तै बढ्दै गरेको मुना, कोपिला, पात,
डाठ आदीमा अधिक लाग्दछ । कार्तिकदेखि बैशाख महिनासम्म यसको प्रकोप बढी
हुन्छ । यसले गुलियो दिसा गर्दछ जसमा कालो ढुसीको विकास हुन्छ फलस्वरूप
पातहरू काला देखिन्छन् ।
व्यवस्थापन :
- विभिन्न प्रकारका प्राकृतिक शत्रुहरुले लाही कीरालाई नाश गर्दछन् जस्तै लेडि
बर्ड बिटल । यस्ता प्राकृतिक शत्रुहरूको संरक्षण गर्ने, स्थानीय स्तरमा उपलब्ध
हुने गहुँत पानी, सुर्तीको झोल, झोलमल, खरानी र मट्टितेल आदि प्रयोग गर्न
सकिन्छ ।
- निमजन्य बिषादी एजाडिरिक्टिन ३ देखि ५ मि.लि. प्रति लिटर पानीमा वा
एसिटामिप्रिड २०% एस.पि. ०.२५ ग्राम प्रति लिटर वा ईमिडाक्लोप्रिड १७.८%
एस.एल. १ मि.लि. प्रति ३ देखि ५ लिटर पानीमा मिसाई छर्ने ।
- जैविक विषादी भर्टिसिलियम लेकानी १.१५% डब्लु.पि. ३ ग्राम प्रति लिटर
पानीमा मिसाएर साँझको समयमा छर्दा पनि राम्रो नतिजा पाइएको छ ।
९. सेतो झिंगा Whitefly :
बिरूवाको माथिल्लो भागमा सेतो पुतली जस्तो देखिने मसिना कीराहरू
बसेको देखिन्छ र बिरूवालाई चलाउँदा भुर्र उड्दछन् । यस कीराको बच्चा र वयस्क
दुबैले गुलाफको बोटको बिभिन्न भागहरु मुख्यतः कमलो भागहरुबाट रस चुसेर
नोक्सानी पुर्याउने छन् । पातहरू पहेंलो हुने र झर्ने लक्षण देखिन्छ । यसले पनि
गुलियो दिसा गर्ने भएकोले अधिक प्रकोप भएमा कालो ढुसीले गर्दा पातहरू काला
देखिन्छन् फलस्वरूप बिरूवा रोगी भई फूल पनि सानो फूल्छ ।
व्यवस्थापन :
- स्थानीय स्तरमा उपलब्ध हुने गहुँत पानी, सुर्तीको झोल, झोलमल, खरानी र
मट्टितेल आदि प्रयोग गर्न सकिन्छ ।
- कीराको प्रकोप कम गर्न ग्रिनहाउसको ठाउँ ठाउँमा पहेंलो टाँसिने पासो
झुण्डयाउने तथा ग्रिनहाउसमा कीरा छेक्ने जालीको प्रयोग गर्नु पर्दछ ।
- निमजन्य बिषादी एजाडिरिक्टिन ३ देखि ५ मि.लि. प्रति लिटर पानीमा वा
स्पिरोमेसिफेन २३% एस.सि. १ मि.लि. प्रति लिटर वा फ्लोनिक्यामिड (उलाला)
५०% डब्लु.जि. ०.५ ग्राम प्रति लिटर वा एसिफेट ७५% एस.पि. १.५ ग्राम प्रति
लिटर पानीमा मिसाई छर्ने ।
१०. सुलसुले Mites :
सुलसुले आक्रमणको सुरुवातमा पातको पछाडीपट्टी देख्न सकिन्छ । यो खासगरि सुख्खा र धुले अवस्थामा सहजै फैलन्छ । यसले पातमा चुसेर पातलाई सेतो, गुजुमुजु र सुख्खा बनाई झारिदिन्छ । यसले आफ्नो सुरक्षाको लागि माकुराले जस्तै जालो बनाउँछ ।
व्यवस्थापन :
- गुलाफ खेती भएको स्थानमा सुख्खापना कम गर्न बोटको माथीबाट सिंचाईको
व्यवस्थापन गर्ने ।
- सुख्खायाममा ग्रिनहाउसभित्र फोगर चलाएर पनि धेरै हदसम्म यसको नियन्त्रण
गर्न सकिन्छ ।
- प्रकोप अधिक भई बिषादीको प्रयोग गर्नु परेमा सुलसुलेको प्राकृतिक शत्रुहरुको
सन्तुलनमा ख्याल गर्नु पर्दछ ।
- सुलसुलेनाशक बिषादी प्रोपार्जाईट ५७% ई.सि. १ मि.लि. प्रति लिटर पानीमा वा
बिफेनाजेट ५०% डब्लु.पि. १ ग्राम प्रति लिटर पानीमा वा फेनपाईरोक्जिमेट ५% ई.सि. १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्न सिफारिस गरिएको छ । यसका अलवा गुलाफ फूल खेतीमा क्राउन गल, डाई ब्याक, मोज्याईक रोग (भाईरसजन्य) आदि रोगहरु साथै बिभिन्न कीराहरुले बोटको बृद्धि विकास र उत्पादनमा असर पुर्याउने पाईन्छ । तिनको व्यवस्थापनका लागि रोग मुक्त बिरुवा रोपण गर्ने, रोगी भाग, बोट हटाउने, काँटछाँट गरे पश्चात् कपरजन्य ढुसिनाशक बिषादीको पेष्ट लगाउने, भाइरस सार्ने चुस्ने कीराहरुको व्यवस्थापन गर्नुका साथै रोग लाग्ने अनुकुल अवस्थालाई खलल पुर्याउने आदि कार्यहरु गर्न सकिन्छ । साथै रोग कीरा व्यवस्थापन गर्दा रसायनिक बिषादीहरुको प्रयोग गर्नु परेमा सुरक्षित तवरले गर्नु पर्दछ ।
Source :