वैज्ञानिक नाम : आनोना रेटिकुलाटा (Annona reticulata L.)
वनस्पति परिवार : एनोनेसी (Annonaceae)
नेपाली नाम : रामफल
अंग्रेजी नाम : Custard apple
वानस्पतिक विवरण :
यो करिब ४ देखि ६ मिटर सम्म अग्लो हुने रुख प्रजाति हो । यसको काण्डमा गिर्खा परेको हुन्छ । लाम्चो आकृतिका पातको टुप्पो तिखो हुन्छ । पहँलो – हरियो रंगका फूल हरु फुल्दछन् । बास्नादार फल पाकेपछि खैरो पहँलो रंगको हुन्छ । फल भित्रको बीउ कालो रंगको हुन्छ । प्राकृतिक वासस्थान यो प्रजाति उष्ण हावापानी भएको क्षेत्रमा पाइन्छ ।
फूल लाग्ने समय चैत्र – बैशाख, फल लाग्ने समय श्रावण – चैत्र
भौगोलिक वितरण दक्षिण एशिया देखि अष्ट्रेलिया सम्म फैलिएको छ । नेपालमा तराइ देखि मध्य पहाड सम्मका क्षेत्रमा रोपण गरेको पाइन्छ । बुटवल सिद्धबाबा धामको परिसरमा रोपण गरिएको छ ।
उपयोगिता :
यसको फल खान हुन्छ र उक्त स्वादिष्ट फलमा प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थको मात्रा रहेको हुन्छ । फलको प्रयोग पखाला तथा रगतमासीको औषधी
निर्माणमा गरिन्छ । बीउवाट निकालेको तेल कीटनाशक औषधीको सम्मिश्रणमा प्रयोग गरिन्छ ।
Source : वनस्पति विभाग