बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

चुच्चे ओखर

शुक्रबार, साउन ३२ २०८१
52 views
चुच्चे ओखर

समाचार शेयर गर्नुहोस्

Share this news

चुच्चे ओखर  जुग्लान्डेसि परिवारमा पर्ने वहुवर्षिय पतझड फलफूल वाली हो । यसको वानस्पतिक नाम  Carya       illinoensi  हो । यसको फल दाँते ओखरको जस्तै वोक्रा निकै  पातलो हुन्छ र भित्र पुरै गुदी भरिएको हुन्छ । चुच्चे ओखरलाई हातले मात्रै पनि सजिलैसँग फुटाउन सकिन्छ । यो फलको उत्पत्ती उत्तर अमेरिकामा भएको हो । जहाँ ४०० वर्ष पुराना वोटहरूले पनि फल दिईरहेको पाईन्छ ।

यसको रुख छिटो वढ्ने र धेरै अग्लो हुन्छ । पिकानटका विजु विरुवाले ५ देखी ७ वर्षवाट उत्पादन दिन थाल्दछ भने पुरा फल दिने अवस्था १२–१५ वर्षमा मात्र हुन्छ तर कलमी विरुवाले भने तेश्रो चौथों वर्षवाटनै फल दिन थाल्दछन् । यसको उत्पादनशिल समय १०० वर्ष भन्दा वढि हुन्छ ।

पौष्टिक तत्व उपलव्धताको हिसावले अत्यन्तै महत्वपुर्ण मानिने यस फलमा ७१ प्रतिशत चिल्लो पदार्थ, १५ प्रतिशत कार्वोहाईड्रेट,९ प्रतिशत प्रोटिन र पर्याप्त मात्रामा खनिज पदार्थ पाईन्छ ।  

Source : AITC

सम्बन्धित विषय

थप समाचार