बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

उन्नत मुंग खेती प्रविधि

बुधबार, माघ १० २०८०
10 views
उन्नत मुंग खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

मुंग वर्षायाम र वसन्त ऋतुमा लगाउन सकिने दालबाली हो । मुंगले माटोको उर्वराशतिmमा सुधार गर्ने भएकोले यसपछि लगाइने बालीबाट किसानहरू प्रशस्त फाईदा लिन सक्छन् । मुंगका दानामा २५ प्रतिशत प्रोटिन, ६० प्रतिशत काब्रोहाइड्रेट र १.३ प्रतिशत बोसो पाइने भएकोले साकाहारीहरूका लागि यो ज्यादै उपयोगी छ । यसले मुटु तथा मधुमेहका रोगीहरूलाई निकै फाईदा पु¥याउँछ । यसबाट पापड, दालमोठ, तितौरा जस्ता परिकारहरू बनाउन सकिन्छ । स्प्राउटिङ्ग मुंग तरकारी, अचार तथा सलादका रूपमा खाने प्रचलन छ । मुंग हरियो मल र वस्तुहरूलाई चाराको रूपमा प्रयोग गर्न सकिन्छ ।

माटो

मुंग खेती सबै प्रकारको माटोमा गर्न सकिन्छ तर तटस्थ माटो (पी.एच. ७ भएका) र दोमट बलौटे माटो उपयुतm मानिन्छ । मुंग खेती गर्ने जग्गा पानी नजम्ने, उचित जलनिकासको व्यवस्था भएको हुनुपर्छ ।

हावापानी

मुंग उष्ण हावापानीमा हुने दालबाली हो । यसको खेती समुन्द्र सतह देखि २००० मिटरको उचाईसम्म गर्न सकिन्छ । यसलाई हुर्कन २०–३० डिग्री सेन्टीग्रटको तापक्रम आवश्यक पर्दछ । तापक्रम १६ डिग्री सेन्टीग्रटभन्दा कम भएमा प्रकाश शष्लेषण क्रिया घटी बोट सिर्लीक्क सुकेको र होचो देखिन्छ । यस बालीले तुषारो सहन नसक्ने हुँदा शून्य डिग्री सेन्टीग्रटभन्दा कम तापक्रम भएमा बिरुवा मर्न सक्छ ।

लगाउने समय

मुख्यत मुंग वर्षयाममा लगाउने प्रचलन छ । वर्षे मुंग जेष्ठ पहिलो हप्तादेखी श्रावण पहिलो हप्तासम्म लगाउन सकिन्छ । सिंचाइ उपलब्ध हुन सकेमा वसन्त ऋतुमा पनि यसको खेती गर्न सकिन्छ । वसन्त मुंग फाल्गुन अन्तिम हप्तादेखि चैत्र दोस्रो हप्तासम्म लगाउन सकिन्छ ।

उन्नत जातहरू

क) पुसा वैसाखी

पुसा वैसाखी ६५ देखी ७० दिनमा पाक्छ । यसको दाना हरियो रङ्गको हुन्छ । यसले प्रति हेक्टर ६०० देखी ८०० के.जी उत्पादन दिन सक्छ ।

ख) भि.सी. ६३७२

भि.सी. ६३७२ जात ६० देखी ६५ दिनमा एकैचोटी पाक्ने जात हो । यसको दाना ठूलो र हरियो रङ्गको हुन्छ । यसले प्रति हेक्टर ७०० देखी १२०० के.जी उत्पादन दिन सक्छ । यसले पहेंलो छिरबिरे रोग सहन सक्छ ।

ग) एन. एम. ९४

एन. एम.९४ जात ५५ देखी ६० दिनमा एकैचोटी पाक्ने जात हो । यसको दाना ठूलो र हरियो रङ्गको हुन्छ । यसले प्रतिहेक्टर ६०० देखी ८००के.जी उत्पादन दिन सक्छ । यसले पहेंलो छिरबीरे रोग सहन सक्छ ।

जमिन तयारी

जमिनको तयारी गर्दा २–३ पटक जोतेर राम्रोसँग डल्ला फोरी पाटा लगाई सम्याउनु पर्दछ । वसन्त याममा लगाउने हो भने रोप्नु अघि पहिलो सिंचाइ दिई जमीन तयारी गर्नुपर्दछ । यसो गर्नाले चिस्यान रहिरहन्छ ।

बीउ उपचार

बीउ छर्नु अघि थीराम, क्याप्टन वा बेभिस्टीन जस्ता ढूसीनासक विषादी २.५ ग्राम प्रति किलो बीउको दरले बीउ उपचार गर्नुपर्दछ । त्यस पश्चात राईजोबियम कल्चरले (जैविक मल)ले उपचार गर्दा उत्पादनमा सकारात्मक प्रभाव देखिन्छ ।

यो उपचार बीउ रोप्नु १० देखि १२ घण्टा अगाडि नै गर्नु पर्दछ । १० के.जी. बीउ उपचार गर्न २५० ग्राम (एक प्याकेट) राईजोबियम कल्चर लाग्छ ।

बीउ दर र लगाउने विधि

वर्षे मुंगको लागि १२–१५ के.जी. प्रति हेक्टर चाहिन्छ र हार दूरी ४०–४५ से.मी. हुनुपर्दछ भने वसन्त मुंगको २०–२५ के.जी. प्रति हेक्टर र हार दूरी ३० से.मी. हुनुपर्दछ ।

मलखाद

रोप्नुभन्दा १५ दिन अगाडि ८–१० टन कम्पोष्ट मल प्रति हेक्टर माटोमा राम्रोसँग मिलाउनु पर्दछ । रोप्ने बेलामा रासायनिक मल (२० के.जी. नाइट्रोजन, ४० के.जीे. फस्फोरस र २० के.जी.
पोटास) दिनुपर्दछ ।

झारपात नियन्त्रण

झारपातको प्रकोप हेरी मुंग रोपेको २० देखी २५ दिन अघि वा पछि पहिलो सिंचाइ दिई गोडमेल गरेर झारपात निकाल्नु पर्दछ । आवश्यकता हेरी ४५ दिन पछि दोस्रो गोडमेल गर्नु पर्दछ ।
वर्षायाममा झारपातको नियन्त्रण रासायनिक तरिकाबाट पनि गर्न सकिन्छ । ७५०–८०० लिटर पानीमा १ के.जी. बेसालीन (ग्लुक्लोरालीन) प्रति हेक्टरका दरले मिसाई रोप्नु अगाडि छर्दा
झारपात उम्रन कम हुन्छ अथवा रोप्नसाथ तीन दिन भित्र लासो (एलोक्लोर) २ लिटर प्रति हेक्टरका दरले ७५०–८०० लिटर पानीमा मिसाई छरेमा एक महिनासम्म झारपात उम्रने कम भई
त्यतिन्जेल गोडमेलको आवश्यकता पर्दैन ।

बाली काट्ने तथा उत्पादन

मुंगको कोसा पाकेपछि २ देखी ३ पटक लगाएर टिप्नु पर्दछ । जात हेरी ६०० देखी १२०० के.जी. प्रति हेक्टरसम्म उत्पादन लिन सकिन्छ ।

थप समाचार