बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

व्यवसायिक खुर्सानी खेती कसरी गर्ने ? (विधि र प्रक्रियासहित)

बिहीबार , जेठ ३१ २०८१
14 views
व्यवसायिक खुर्सानी खेती कसरी गर्ने ? (विधि र प्रक्रियासहित)

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

खुर्सानीको उत्पत्ति मध्य अमेरिकाबाट भएको भन्ने अनुमान छ । नेपाल अधिराज्यभर खुर्सानीको खेती गरिन्छ । खुर्सानीमा भिटामिन ए.र सी. प्रशस्त मात्रामा पाइन्छ ।

हावापानी 
- खुर्सानी गर्मी र न्यानो मौसममा हुने बाली हो । तुषारो नपर्ने र न्यूनतम तापक्रम ५ डि.से. भन्दा तल नजाने ठाउँमा हिउँदे बालीको रुपमा खेती गरिन्छ ।

- तापक्रम १८ डि.से. र ३२ डि.से. को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो
हुन्छ । लामो समयसम्म ३५ डि.से. भन्दा माथि तापक्रम गएमा खुर्सानीमा फल लाग्दैन ।

माटो 
प्रायः सबै किसिमको माटोमा खुर्सानीको खेती गर्न सकिन्छ । तापनि पानीको निकास राम्रो भएको चिम्टिलो दुमट माटोमा खुर्सानीको खेती राम्रो हुन्छ । पी.एच. ५.५ देखि ६.५ को बीचमा खुर्सानी खेती राम्रो हुन्छ ।

वानस्पतिक विवरण
खुर्सानीको बोट बढिमा १ मिटरसम्म अग्लो हुन्छ । सानो बोट भएपनि यसको डाँठ बलियो हुनछ । सेतो रङ्गको फूल फुल्दछ । फल हरियो हुन्छ । पाकेपछि फल रातो हुन्छ ।

बाली लगाउने समय 
हिउँदे बालीको लागि भाद्रमा बीउ रोपेर असोज–कार्तिकमा बेर्ना सारिन्छ भने वर्षे बालीको लागि माघ–फागुनमा बीउ रोपेर चैत्र–वैशाखमा बेर्ना सारिन्छ ।

बेर्ना उत्पादन विधि 
खुर्सानीको बेर्ना उत्पादन विधि गोलभेंडा तथा भण्टा जस्तै हो ।

मलखादको प्रयोग 
खुर्सानीको लागि १ रोपनी जमिनमा १००० के.जि.गोबर वा राम्ररी पाकेको कम्पोष्ट मल, ४ के.जि.नाईट्रोजन २ के.जि. पोटास र २ के.जि. फोस्फोरसको आवश्यकता पर्दछ । मलखादको प्रयोग विधि भेंडेखुर्सानीमा जस्तै हो ।

बीउ बेर्ना लगाउने विधि 
- एक ड्याङमा २ पंक्ति– पंक्तिबाट पंक्तिको फरक –४५ से.मि.बोटबाट बोटको फरक ३०–से.मि.

सिंचाई र गोडमेल 
- हिउँदे खुर्सानीलाई १०–१५ दिनको फरकमा सिंचाई गर्नुपर्छ ।

- वर्षे खुर्सानीलाई सार्ने बेलामा बाहेक सिंचाई दिनु पर्दैन ।

- बेर्ना राम्ररी सरेपछि १ रोपनीमा २ के.जी.को दरले युरिया टपड्रेस गरिदिनुपर्छ ।

- दोश्रो पटकको गोडमेल फूल फूल्न थालेपछि गर्नुपर्छ र बाँकी युरिया टपड्रेस गर्नुपर्छ ।

बाली संरक्षण 
(१) एन्थ्रक्नोज
लक्षण : पहिलो मुन्टामा काला दागहरू लाग्दछन् र बिस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्दछ । साथै फलमा बाटुला काला दागहरू लागि फल सड्दछ ।

रोकथाम: डाइथेन एम–४५ वा ब्लाईटाक्स–५० बिषादी२ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने । 

(२) भाइरसबाट हुने रोग 

लक्षण: कुनै बिरुवामा पातहरू कही पहेंलो र कही हरियो भै खुम्चेको देखिन्छ । कुनै बिरुवामा पात बटारिएका र साना भै बिरुवा ठिङग्रिएको देखिन्छ ।

रोकथाम: कीराहरूबाट रोग फैलिने भएकाले समयमै कीरा नियन्त्रण गर्न मालिथियन, नुभान जस्ता विषादि छर्नुपर्छ । 

198805000_1515144538851640_2041519313246025257_n.jpg

बाली लिने समय 
- खुर्सानीको बेर्ना उम्रेको ३०–४५ दिनमा बेर्ना सार्नुपर्छ । बेर्ना सारेको ६०–७५ दिनमा फल लाग्न थाल्दछ ।

- एक रोपनीबाट १०० के.जि.देखि १५० के.जि. सम्म सुकेको खुर्सानी, ४०० देखि ६०० के.जि. हरियो खुर्सानी प्राप्त हुन्छ ।

भण्डारणर बजार व्यवस्था 
- ताजा प्रयोग हुने खुर्सानी भण्डारण गर्नुभन्दा छिट्टै बजारमा पु¥याउनु लाभकारी हुन्छ ।

- मसलामा प्रयोग हुने खुर्सानीको रङ्ग नबिग्रने गरी छायाँमा सुकाउनु पर्दछ र सुख्खा ठाउँमा भण्डारण गरे ५–८ महिनासम्म भण्डारण गर्न सकिन्छ । 

स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार

 

थप समाचार