बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कुखुराका जातहरु

बिहीबार , जेठ ३१ २०८१
7 views
कुखुराका जातहरु

समाचार शेयर गर्नुहोस्

Share this news

कुखुराका जातहरु : 

कुखुराका जातहरु संसारभर कुखुराका चुप्रै जातहरु छन् तर ती सबै जातहरुलाई व्यवसायिक रुपमा पाल्ने गरिदैन । सवैजसो देशहरुमा कुखुरा पाइएता पनि कुखुराहरुलाई सामान्यता निम्न लिखित चार वर्गहरुमा विभाजन गर्दै आएको पाइन्छ ।

१) अमेरिकन वर्ग: जस्तै प्लाईमाउच रक, रोड आइल्याण्ड रेड, न्यू हेम्पसायर, वायनडट आदि

२) भूमध्य सागरीय वर्ग जस्तै लेगहर्न, हवाइट मिनोर्का, एन्कोना आदि

३) बेलायती वर्ग : जस्तै अष्ट्रातोप, हृवाइट कर्निस, अरपिग्टन आदि

४) एशियाली वर्ग: जस्तै लागसांग, ब्रम्हा, कोचिन आदि

तर, ब्रोइलर, लेयर्स तथा अन्य केही कुखुरामा सिमित रहेका कुखुरापालक कृषकहरुमा यस्ता वर्गहरुको बारेमा चर्चा गर्दा अलमल हुने स्थिति रहेकोले हामी यस पुस्तकमा यिनै वर्गहरुवाट विकास भएका र नेपालमा पाइने केही वाहूय र यहांका स्थानीय कुखुराहरुमा वढी केन्द्रीत हुनेछौं ।

ब्रोइलरका जातहरु ब्रोइलर कुखुराहरु मासुको लागि पालिन्छन् । ब्रोइलर कुखुराहरु शुद्ध जातहरु होइनन् । वास्तावमा ब्रोइलर कुखुराहरु विभिन्न जातका कुखुराहरुबाट प्रजनन् गराई इच्छाइएका र छानिएका वशाणु भएका लाइनहरु क्रस गराउदै र एउटै लाइनमा केन्द्रीत गराउनदै विकास गरिएका हुन्छन् । यसरी धेरै वटा कुखुराको जातहरुबाट पटक पटकको विभिन्न प्रकारको छनोट र प्रजनन् विधिवाट उत्कृष्ठ बशाणुको प्रवेश गराइने भएकोले एवं यो प्रक्रिया एउटै स्पेसिजभित्र हुने भएकोले यीनलाई हाइब्रिड या क्रसब्रिड भन्नुभन्दा पनि सिन्थेटिक ब्रिड भन्नु उपयुक्त हुन्छ । यस्ता सिन्थेटिक जानहरुको प्यारेन्ट स्टकहरु पनि इन्ब्रेड लाइन, क्लोन, पहिलो पुस्ताको हाइब्रिड । एफवन हाइब्रिड) तथा अन्य पपुलेसनको रुपमा रहेका हुन्छन्। ताकी यिनीहरुवाट भविष्यमा अन्य सिन्थेटिक भेराइटीहरु निकाल्न सकियोस् । यसरी ब्रोइलर कुखुराहरुको खासगरी हवाइट कनिंम जातका भाले 7 प्लाइमाउय रक जातका पोषीहरुबाट र अन्य वढी तौल भएका र चांडो   बढ्ने स्वभावका विभिन्न लाइनहरु तथा जात उपजातहरुबाट क्रस गरी निकालिन्छ र यीनको वृद्धि तथा विकास एकनाशको हुने गर्दछ । ब्रोइलर कुखुराहरुको जात अनुसार छिटो वाढिलो बढ्ने, छाती, लेग र अन्य भागमा कम वा बढी मासु लाग्ने, दाना कम या ज्यादा खपत गर्ने जस्ता विशेषताहरु हुन्छन् । आजकल हाम्रो देशमा पालिने प्रायः ब्रोइलर कुखुराहरुमा भने कब ५००, हब्बर्ड, ल्होमेन, इन्डियन रिभरसाइड आदि नै हुन् जसलाई ४० देखि ५० दिनको अवधिमा औसत तौल २ देखि २.८ के.जी. बनाएर विक्री गर्ने गरिन्छ । यस अवधिमा यी कुखुराहरुले औसतमा ४ देखि ५.५ केजी दाना खान्छन्  ब्रोइलर कुखुराका केही जातहरु मध्य भेनकब भनिने अमेरिकाको कब १००, २००, ४०० ५००, ७०० आदि रहेका छन् भने नेपालमा कव ७०० चाहिं अझै भित्रीसकेको छैन । यसैगरी फ्रान्सको (हाल अमेरिकामा समेत) हब्बर्ड पनि संसारभर नै कवको प्रतिस्पर्धी जात मानिन्छ । नेपालमा भने छाती तथा तिघ्रामा धेरै मासु लाग्ने र व्यवसायिले धेरै रुचाउने कारणले गर्दा हब्बर्डभन्दा कब बढी लोकप्रीय रहेका छन् । यस बाहेक आरबोर, एकर्स, अनक २०००, एभियन ३४, स्टाब्रा, हाइब्रो, ल्होमेन, इन्डियन रिभरसाइड, मार्सल तथा रोस पनि नेपालमा विगतमा धेरै पालिएका र हाल यदाकदा कृषकका फार्महरुमा भेटिने ब्रोइलर कुखुराका जातहरु हुन् ।

लेयर्स तथा जातहरु : 

लेयर्सलाई पनि माथि उल्लेख गरिए जस्तै गरी धेरै अण्डा उत्पादन गर्ने र हलुका तौल भएका विभिन्न जातहरुवाट विकास गरिएकोले यीनीहरु पनि एक प्रकारका सिन्थेटिक जातहरु नै हुन् । हाल नेपाली बजारमा भित्रीएका व्यवसायिक लेयर्स जातहरु मा ल्होमेन ब्रोन, हृवाइट तथा अन्य, हाइलाइन ब्रोन, हृवाइट तथा अन्य, बेबकक, कि स्टोन, ईसाब्राउन, गोल्डेन कमेट, टेट्रा, विभी ३०० आदि । लेयर्स कुखुराहरु पनि धेरै फुल पार्ने लेगहर्न, मिनोर्का, ससेक्स, रोड आइल्याण्ड रेड आदिहरुबाट विकास गरिएका हुन् । यी कुखुराहरुले औसतमा सामान्यताः १८ हप्तादेखि फुल पार्न शुरु गरी ७५ महिनासम्म औषत वार्षिक ३१० गोटाभन्दा बढी अण्डा दिने गर्छन । यी मध्य पनि नेपालमा हाल आएर अन्य कुखुराहरुभन्दा लोम्यान र हाइलाइन कुखुराहरु नै धेरै लोकप्रिय रहेका छन् ।

स्थानीय कुखुराहरु : 

व्यवसायिक रुपमा लेयर्स र ब्रोइलर कुखुराको प्रचलन बढी भए पछि रैथाने कुखुराहरु ओझेलमा पर्दै गएका छन् । तिनका जात र विशेषताहरु निम्न बमोजिम छन् :

नेपालका स्थानीय कुखुराहरु : 

१) साकिनी 
२) घाँटी खुइले 
३) प्वाख उल्टे 
४) लुइ्र्रचे 

लुईचे जंगली कुखुरा भएको ले र यसमा व्यवस्थित अध्ययन नभएकोले यसको उत्पादन क्षमता यति नै हो भनेर भन्न सक्ने अवस्था छैन । तैपनि लुईचे पाईने स्थानहरुमा देखिने कुखुराहरुको ९
 अवलोकन गर्दा र कृषकहरुले समातेर पालेका यस्ता कुखुराहरुको अवस्था हेर्दा यसको मासु तथा अण्डा उत्पादन भने लोकल कुखुराको भन्दा धेरै अवश्य छैन । लुईचे वाहेक अन्य तीनै जातका कुखुराहरुले वार्षिक मात्र ६० गोटाको हाराहारीमा अण्डा उत्पादन गर्ने गर्दछन् भने यी सबै जातीमा आथारो बस्ने र चल्ला कोरल्ने स्वभाव रहेको हुन्छ । यी मध्य साकीनी सबैभन्दा वढी संख्यामा देशैभरि पाइने कुखुराको जात हो । साकिनीले जन्मेको ५ महिनापछि वयस्क भएर अण्डा दिन शुरु गर्छ र अवस्था हेरी सामान्यतयाः १ वर्षमा २-३ पटक चल्ला काढ्ने गर्छ । यसको भालेको तौल वढीमा २.५ के.जी. सम्म हुने गर्छ भने पोथीको १.५ के. जी. हुन्छ । सबै स्थानीय जातका कुखुराहरुको रोगसंग लड्ने क्षमता अत्यधिक हुन्छ र स्थानीय कुखुराहरुलाई छाडा छोडेर पाल्न सकिन्छ । त्यसैले यी कुखुराहरुलाई मासु तथा अण्डा दुवैको लागि पाल्न सकिन्छ  त्यसैले यी कुखुराहरुलाई मासु तथा अण्डा दुवैको लागि पाल्न सकिन्छ । यी मध्ये घाँटी खुइले र साकिनी सबैतिर पाइने भए पनि घाँटीखुइलेको संख्या पनि सबैतिर घट्‌दै गइरहेको छ । प्वाँख उल्टे कुखुराहरु तराईको कतिपय जिल्लाहरुमा वढी मात्रामा पाइन्छन् तर यसको संख्या पनि घटिरहेको छ । यी कुखुराहरुलाई पनि शुद्ध रुपमा वा न्यू हेम्पसायर तथा अष्ट्रालोप जातका कुखुरासंग क्रस गराई नॅश्ल सुधार गरी व्यवसायिक रुपले पाल्न सकिने कुरा नेपालकै कतिपय भूभागहरुमा व्यवहारिक रुपमा नै प्रमाणित भइसकेको छ जसको शुरुवात शुरुमा कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रले गरेको थियो । नेपाल कृक्षि अनुसन्धान परिषद् (नार्क) मा हालै गरिएको अनुसन्धानको प्रारम्भिक नतिजा अनुसार साकिनी कखाले पनि सघन प्रणालीमा पाल्दा १०० भन्दा बढी अण्डा वार्षिक रुपमा उत्पादन गर्न सक्ने देखिएको छ तर अनुसन्धान जारी रहेकोले अहिले नै केही भन्न सक्ने अवस्था छैन ।

अन्य विदेशी कुखुराहरु : 

अन्य विदेशी जातमा अष्ट्रोलोप, न्यू हेम्पसायर तथा गिरीराज (हाल नेपालको हावापानीमा राम्रोसग घुलमिल भइसकेका जातहरु) का साथै कुरोइलर, रोड आइल्याण्ड रेड, ब्रह्मा, कोचिन, ससेक्स, बरपिस्टन, मिनोर्का, निकोवारी, लाडसाड, मोग्रेल, ब्याक रक आदि रहेका छन् । मासु र अण्डा उत्पादनमा यी जातहरु ब्रोइलरस र लेयर्सको तुलनामा कमजोर भएता पनि रोग प्रतिरोधी क्षमता, स्वाद, उत्पादन लागत, भौगोलिकता र व्यवस्थापन सहजताको हिसावले ती जातहरुभन्दा अगाडि छन् । सजिलै पाल्न सकिने र बजार पनि निकै राम्रो भएकाले यी जातहरुको पनि सरक्षण र सम्बर्द्धन गर्न जरुरी देखिन्छ। यी जातका कुखुराहरुको मासु तथा अण्डा दुवैको मूल्य र माग अत्यधिक रहेको छ र वजारपनि निकै सरुरक्षित छ। नेपालमा पनि यी कुखुराहरुलाई शुद्ध रुपमा वा अनय जातहरुसंग क्रस गराई व्यवसायिक रुपमा पाल्न सकिने सम्भावना रहेको छ। न्यू हेम्पसायर तथा अष्ट्रोलोप जातीका कुखुराहरु आफैमा चल्ला कोरल्ने स्वाभाव नभएता पनि स्थानीय जातका कुखुराहरुमा कस गराएपछि जन्मेका क्रस पोषीहरुले भने चल्ला कोरल्ने गरेका छन् ।

हुन त पशु विकास फार्म, पोखरा तथा कुखुरा विकास फार्म, वाँकेको न्यू हेम्पसायर तथा अष्ट्रोलोप कुखुरा फार्ममा वीसों वर्षसम्म काम गरिसेकेका कर्मचारीहरुको अनुभवमा यी दुवैषरी कखगहरुमा पनि ५ देखि १० प्रतिशत कुखुराले बोषागे वस्ने प्रवृत्ति देखाउने गरेको र अण्डा पारेपछि त्यसैमाथि ओवारो वस्ने गरेको देखिएको छ । तर आमरुपमा शुद्ध नश्लका यी  कुखुराहरुलाई ओवारों नबस्ने कुखुरा भनेर नै चिनिन्छ। नेपालमा खासगरी लुम्ले कृषि अनुसन्धान केन्द्रले साकिनी जातका कुखुराहरुमा न्यू हेम्पासायर जातका भालेहरु लगाई नश्ल सुधारको कार्यक्रम अगाडि बढाएको वियो । पछिल्ला वर्षहरुमा आएर कुखुरापालनमा सरकारी क्षेत्रभन्दा निजी क्षेत्र हरेक दृष्टिले अगाडि रहदै आइरहेको र ब्रोइलरस तथा लेयर्स कुखुराहरुमा मात्रै केन्द्रीत रहेको अवस्थामा सरकारको प्रयास भने स्थानीय जातहरुको संरक्षण मा नै केन्द्रीत रहँदै आएको देखिन्छ ।

नेपालमा ग्रामीण कुखुरा विकासको लागि प्रयोग भइरहेका विदेशी जातहरु : 

१) न्यू हेम्पसायर 

• सघन प्रणालीमा पाल्दा भालेको तौल ३ देखि ३८ केजी, सम्म पोषीको तौल २ देखि २.५ के जी. हुने भएतापनि अर्धसघन प्रणालीमा सोभन्दा उल्लेख्य कम हुने ।

• सघन प्रणालीमा अण्डा उत्पादन २०० देखि २२० प्रति पोथी प्रति वर्ष हुने भए पनि अर्थसघन प्रणालीमा १५० गोटा वार्षिक मात्रै उत्पादन हुने गरेको । नेपालका प्रायः सबै भुभागमा पाल्न सकिने ।

• स्थानीय साकिनी, घांटीखुइले र प्वाँख उल्टेजस्ता कुखुरासंग क्रस गराई अपग्रेडिङ्ग गर्न सकिने ।

• ग्रामीण क्षेत्रमा सघन तथा अर्धसघन रुपमा अण्डा तथा मासु दुवै उद्देश्यको लागि पाल्न सकिने । 

• खासगरी न्यू हेम्पसायर कुखुरा लोकल जस्तै हुने भएकोले मासुको स्वाद तथा बजार निकै आर्कपक रहेको र अष्ट्रोलोप कुखुरा पनि ब्रोइलर लेयर्सभन्दा बढी मूल्यमा विक्री हुने गरेको । लेयर्स तथा ब्रोइलरका

• जातहरुको तुलनामा धेरै रोग प्रतिरोधात्मक क्षमता भएको । • शुद्ध कुखुरामा लगभग १० प्रतिशत तथा जति कुखुरामा त्रोचारी वस्ने प्रवृत्ति देखिएको छ ।
 

ब्ल्याक अष्ट्रालोप

• सघन प्रणालीमा पाल्दा भालेको तौल ३ देखि ४ के.जी. सम्म र पोथीको तौल २ देखि २५ के जी. सम्म हुने भए पनि अर्थसघन प्रणालीमा सोभन्दा उल्लेख्य कम हुने ।

• सघन प्रणालीमा अण्डा उत्पादन १८० देखि २०० प्रति पोथी प्रति वर्ष हुने भए पनि अर्धसघन प्रणालीमा १५० गोटा वार्षिक मात्रै उत्पादन हुने गरेको

• नेपालका प्रायः सबै भुभागमा पाल्न सकिने ।

• स्थानीय साकिनी, घांटीखुइले र प्वाँख उल्टेजस्ता कुखुरासंग क्रस गराई अपग्रेडिङ्ग गर्न सकिने । 
* ग्रामीण क्षेत्रमा सघन तथा अर्धसघन रुपमा अण्डा तथा मासु दुवै उद्देश्यको लागि पाल्न सकिने ।

• खासगरी न्यू हेम्पसायर कुखुरा लोकल जस्तै हुने भएकोले मासुको स्वाद तथा बजार निकै आर्कपक रहेको र अष्ट्रोलोप कुखुरा पनि ब्रोइलर लेयर्सभन्दा वढी मूल्यमा विक्री हुने गरेको ।

• लेयर्स तथा ब्रोइलरका जातहरुको तुलनामा धेरै रोग प्रतिरोधात्मक क्षमता भएको।

• शुद्ध कुखुरामा लगभग १० प्रतिशत तथा जति कुखुरामा ओथारो वस्ने प्रवृत्ति देखिएको छ ।

स्रोत : कुखुरापाल प्रविधि संगालो 

थप समाचार