बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

घिउ सिमी लगाएर करोडपति हुने तरिका

बिहीबार , जेठ ३१ २०८१
9 views
घिउ सिमी लगाएर करोडपति हुने तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
घिउ सिमीलाई किड्नी बिन, हरिकोट बिन, स्नाप बिन, नेभी बिन आदि नामले चिनिन्छ । झाँगे सिमीको लहरा जाँदैन र लहरे सिमी भने लहरा जाने हुँदा यसलाई थाँक्रो दिनुपर्दछ ।

यी दुवै सिमीलाई ‘फ्रेन्च सिमी’ पनि भनिन्छ । घिउ सिमी (लहरे) को उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ । यो ज्यादै महत्वपूर्ण कोसे तरकारी बाली हो । यो नरम कोसे र हरियो गेडा तरकारीका रूपमा खान र सुकेको दाना दालका रूपमा खान प्रयोग गरिन्छ ।

यो ज्यादै पोसिलो तरकारी हो र यसमा भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । यसमा फलाम र सोडियम, पोटासियम, फस्फोरस, क्याल्सियम पनि यथेष्ट मात्रामा पाइन्छ । त्यसैले पौष्टिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ ।

सिमी दुई किसिमका हुन्छन्:

(१) झाँगे सिमी

(२) लहरे सिमी ।

झाँगे सिमीको त्यति लामो लहरा हुँदैन तर लहरे सिमीको लहरा लामो हुने हुँदा थाँक्रो हाल्नुपर्छ ।

हावापानी तथा माटोः
सिमीलाई गर्मी मौसमको आवश्यकता पर्दछ । यसलाई धेरै चिसो र तुषारोले नोक्सान पु¥याउने हुँदा उ्रच्च र मध्य पहाडी इलाकामा गर्मी याममा र तराईमा वर्षा र धेरै जाडोबाहेक अरू समयमा यसको खेती गर्न सकिन्छ ।

धेरै गर्मी र सुख्खा याममा यसको पूmल र साना कोसाहरू झर्छन् । पानी जम्ने जग्गामा यसको खेती राम्रो हुँदैन । तराईको हावापानीमा जाडो मौसममा सिमीको खेती गरिन्छ र पहाडमा जाडो महिनामा बाहेक अरू महिनामा खेती गरिन्छ ।

घिउ सिमीले सुख्खा, अति वृष्टि र तुषारो खप्न सक्दैन । यसलाई २५ डि.से.३० डि.से. तापक्रम उपयुक्त हुन्छ तथा कोसा लाग्नलाई १५–२१ डि.से. तापक्रम चाहिन्छ । घिउ सिमीलाई ५.५–६.० पी. एच. भएको माटो उपयुक्त हुन्छ ।

५.५ पी.एच भन्दा कम भएमा चुन हाल्नुपर्दछ । यसको खेती सबै  किसिमको माटोमा गर्न सकिने भए पनि यसलाई जैविक पदार्थयुक्त बलौटे वा चिम्टाइलो दोमट माटो उपयुक्त हुन्छ ।

जमिनको तयारी तथा मलखादः
- जमिनको तयारी भिरालो हेरेर गर्नुपर्छ ।

- समथर जमिनमा ४–५ पटक राम्रोसँग खनजात गरी माटो बुरबुराउँदो बनाउनुपर्छ ।

- भिरालो जमिनमा ३०×३० से.मि.को खाल्डो खनी माथिको २० से.मि. को माटो एकातिर र अरु माटो अर्कातिर राख्नुपर्छ ।

- खाल्डो खनेको १५ दिनमा ५ किलोग्राम राम्रो कुहिएको गोबर मल र डी.ए.पी १० ग्राम प्रतिखाडलमा हाली माथिको तहको ( २० से. मि.) माटोमा राम्ररी मिलाई रोप्नुपर्दछ ।

- समथर जमिनमा भने रोप्नुभन्दा एक महिनाअगाडि खनजोत गरी जमिनको अन्तिम तयारीमा ८ के.जी. प्रतिवर्ग मिटरको दरले राम्रो कुहिएको गोबर मल माटोमा मिलाउनुपर्छ ।

- गोबर मलको साथमा ६ के.जी. युरिया र १२ के.जी. डी.ए.पी., ६ के.जी. पोटासियम पनि माटोमा मिलाउनुपर्दछ । जमिनमा पानी नजम्ने गरी सतह राम्रोसँग मिलाउनुपर्दछ । सिमीलाई युरियाले टपडे«स भने गरिरहनु पर्दैन ।

simi-hariyo.jpeg

रोप्ने तरिका तथा बीउदरः
- घिउ सिमी पहिलो पटक रोप्दा बीउ तथा माटोमा नाइट्रोफाइङ जीवाणुले उपचार गर्नुपर्छ । यसरी उपचार गरेपछि फल बढी लाग्छ ।

- माटोको ढुसीले बीउ तथा बेर्नामा असर नगरोस् भन्नका लागि ०.२ प्रतिशत घोलमा उपचार गरी रोप्नुपर्दछ ।

- बीउ दर प्रति रोपनी २ किलोग्रामसम्म लाग्दछ ।

- रोप्दा हारको दूरी १२० से.मि. र बोटको दूरी ५० से.मि राख्नुपर्छ ।

- झाँगे सिमीलाई भने हारको दूरी ७० से.मि. र बोट देखि बोटको दूरी ३० से.मि. राखे पुग्छ ।

सिचांइः
- पानी कम भएमा कोसा कम लाग्ने, बीउ कम हुने, एस्कर्विक अम्ल कम हुने, पोटिलो नहुने आदि हुन्छ ।

- फूल फुल्ने बेलामा चिस्यानको कमी भए उत्पादननै कम हुन्छ । बालीको चक्रमा ६–७ पटकसम्म पानी दिनु आवश्यक हुन्छ ।

सिमीका वर्गीकरण तथा जातहरूः
घिउ सिमी तथा झाँगे सिमीको वर्गीकरण
हरियो कोसा भएको - स्ट्रिङ भएका (कोसाको टुप्पामा)

मइन कोसा भएको - स्ट्रिङ नभएको

-  झाँगे सिमी, होचा बोट थाँक्रा दिन नपर्ने, कन्टेन्डर, प्रोभाइडर र एस–९
- लहरे सिमी अग्लो बोट थाँक्रा दिन पर्ने, त्रिशूली घिउ सिमी र फोर सिजन (चौमासे) घिउ सिमी । घिउ सिमीका जातहरू केन्टकी वन्डरबाट विकसित भएकाले नेपालमा केन्टकी वन्डर भन्दा घिउ सिमीको नामले प्रचलित छ ।
यसको लहरा जान्छ र मोजेक भाइरस रोग लाग्दैन ।

घिउ सिमीलाई (फ्रेन्च बिन) निम्नानुसार विभाजन गर्न सकिन्छ ।
- स्नाप बिन, कोसा तरकारी खाने
- हरियो कोसा छोडाई गेडा खाने सिमी
- गेडा सुकाई खाने सिमी

नेपालमा निम्न जातहरू खेती गरिएको छ ।
- त्रिशूली घिउ सिमीः
 यो लहरे सिमी केन्टुकी अन्डर जातबाट छनोट गरिएको हो र नेपालमा धेरै प्रचलित पनि छ र यो जातमा मोजायक भाइरस (विषाणु) लाग्दैन । यसको कोसाको लम्बाइ २०–२५ से.मि. हुन्छ । कोसा हरियो रंगको, लामो ९ आकारको, रेसायुक्त, पोटिलो र भाँच्न सजिलो हुन्छ ।

यो ६०–७० दिनमा हरियो कोसा तयार हुन्छ । बीउ कफी रंगको खैरो हुन्छ भने आँखा प्याजी रंगको हुन्छ । यसको उत्पादन ४०० किलोग्राम प्रति रोपनी हुन्छ । यो
जात तराई, मध्यपहाड र उच्च पहाडका लागि सिफारिस गरिएको छ र २०५१ सालमा उन्मोचित गरिएको हो ।


- झाँगे सिमीः
यसको बोट झाँगिने किसिमको हुन्छ । रोपेको ५० दिनमा उत्पादन लिन सकिन्छ । यसको कोसा हरियो रंगको र १५ से.मि. लामो हुन्छ । यो सिमी करिब ३०० किलोग्राम प्रति रोपनी उत्पादन हुन्छ । यो सिमी तराई, मध्यपहाड र उच्च पहाडका लागि सिफारिस गरिएको छ । यो जात २०५१ सालमा उन्मोचित गरिएको हो ।

- मन्दिरः
 यो जात खुला पराग सेचित (ओ.पी.) जात हो । यसलाई तराई र मध्यपहाडका लागि सिफारिस गरिएको छ । यो २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

 रोप्ने समयः
- यसलाई विभिन्न इलाकामा निम्न समयमा लगाउनुपर्छ ।

- मध्य पहाडी क्षेत्रमा भने सबै प्रकारका सिमीको सजिलैसँग वर्षमा दुई बाली लिन सकिन्छ ।

भौगोलिक क्षेत्र- उच्च पहाड 

बीउ छर्ने समय- चैत–वैशाख 

बाली रोप्ने र लिने महिना - असार–भदौ

भौगोलिक क्षेत्र- मध्य पहाड

बीउ छर्ने समय- फागुन–वैशाख 

बाली रोप्ने र लिने महिना - वैशाख–साउन

भौगोलिक क्षेत्र- मध्य पहाड

बीउ छर्ने समय- साउन–भदौं

बाली रोप्ने र लिने महिना - असोज–मंसिर (वर्षमा दुई बाली लिन सकिन्छ)

भौगोलिक क्षेत्र- तराई

बीउ छर्ने समय- साउन–भदौं

बाली रोप्ने र लिने महिना - असोज–मंसिर

थाँक्रो दिने 
 

- घिउ सिमी लहरे बाली भएकाले थाँक्रो दिनुपर्छ ।

- थाँक्रो दिँदा बाँसको भाटा, निगाले अथवा रुखको हाँगाले थाँक्रो दिनुपर्छ ।

- वर्षामा घिउ सिमी रोप्दा १२० से.मि. को फरक पारी ड्याङ उठाउने र ड्याङको छेउमा लाइन मिलाई बीउ रोप्नुपर्छ र बीउ उम्रेपछि बाँसको भाटा अथवा रुखको हाँगाको थाँक्राको सहायता दिनुपर्छ ।

बाली थन्क्याउने/भण्डारण
- बीउ रोपेको ६०–७० दिनमा हरियो कोसा टिपेर तरकारी खान सकिन्छ ।

- बाली अवधिभर पटक–पटक हरियो सिमी कोसा टिपिरहनुपर्छ ।

- बिक्री गर्नका लागि एक रात शीतघरमा भण्डारण (१० डि.से.) गर्नुपर्छ ।

- बिक्री गर्न जुटको बोरामा हाली लैजानुपर्छ र टाढा लैजाँदा राम्रोसँग हावा संचालन हुनुपर्छ ।

IMG_2479.jpeg

उत्पादनः
- २००–३०० किलो हरियो कोसा प्रति रोपनी उत्पादन हुन्छ ।

रोगहरू तथा कीराहरूः
- सिमीमा लाग्ने रोगहरूमा मोजेक विषाणु, एन्थ्रेकनोज, सिन्दुरे, कोसा डढ्ने आदि लाग्दछन्।

- यसका लागि बीउ उपचार गर्ने, सिफारिस गरिएका जातहरू मात्र लगाउनुपर्छ ।

- मोजेक भाइरस लागेमा रोकथाम गर्न रोगी बोटहरू उखेल्ने र रोग नलाग्ने जात रोप्ने, सिन्दुरे रोग रोकथाम गर्न विषादी छर्ने र कोसा बढ्ने रोग रोकथाम गर्न २ ग्राम क्याप्टान विषादीले बीउ उपचारगरी रोप्नुपर्छ ।

- कीराहरूमा लाही, कोसा प्वाल पार्ने लाभ्रे हुन् । लाही कीरालाई डेसिस र लाभ्रे कीरालाई मालाथियन छर्नुपर्छ । 

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

थप समाचार