बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

लसुन खेती सम्बन्धी महत्वपूर्ण जानकारी

बिहीबार , जेठ ३१ २०८१
6 views
लसुन खेती सम्बन्धी महत्वपूर्ण जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय र महत्वः
 गाने बालीमा लसुन–प्याजपछि दोस्रो प्रमुख तरकारी बाली हो । यो विशेष रूपमा प्रयोग गरिने मसला बाली हो । यो विभिन्न रोगमा प्रयोग हुन्छ र हैजाका लागि त लसुन विशेष औषधि नै मानिन्छ ।

अठारौं शताब्दीमा युरोपमा हैजा फैलिई लास उठाउने मानिस नभएर जेलमा कैदीहरूलाई ल्याई लास उठाउने क्रममा तीन जना कैदीलाई हैजा नलाग्दा उनीहरूले लसुनको रस खाएको बताएपछि उनीहरूलाई कैद जीवन माफी भएको थियो र त्यसबेला देखि यूरोपमा “तीन चोरको भिनेगार” नामले प्रसिद्घ भएको थियो ।

अरु रोगहरूमा क्षारीय गुण भएको र अम्लपित्त, अल्सर (आन्द्राको घाउ), क्यान्सरजस्ता घातक रोगहरूका लागि पनि लसुन प्रयोग गरेको पाइन्छ । यसले कामोत्तेजना बढाउने कुरा पनि सुनिन्छ । लसुनमा कतिपय कीराहरू नियन्त्रण गर्नसक्ने गुण पनि हुन्छ ।

हावापानी तथा सिंचाइः 
 - लसुन उच्च पहाडी क्षेत्रका लागि वर्षे बाली हो भने मध्य पहाड र तराईका लागि हिउँदे बाली हो ।

- यसका लागि १५०–२५० सेल्सियस तापक्रम उपयुक्त मानिन्छ । यसमा तुषारो र केही चिसो खप्न सक्नेक्षमता बढी हुन्छ ।

- लसुनलाई पहिले आधा जीवन चक्रमा बढी मात्रामा पानी चाहिन्छ र त्यसलाई पानीको मात्रा घटाउदै लानुपर्दछ । लसुन घाम लाग्ने ठाउँमा लगाउनु पर्दछ ।

माटो, जमिनको तयारी तथा मलखादः
- लसुन धेरै प्रकारको माटोमा खेती गर्न सकिन्छ तर मलिलो दोमट र राम्रो निकास भएको माटो बढी उपयुक्त हुन्छ ।

- चिम्टाइलो माटोमा राम्रो उत्पादन हुँदैन । माटोको पी.एच. ५.०–७.० उपयुक्त हुन्छ ।

- लसुन खेतीका लागि जमिन छनोट गर्दा पानी नजम्ने हुनुपर्छ । हिउँदे बालीलाई जमिनको सतहबाट १५ से.मि. तल झारी बेड बनाउनुपर्छ भने वर्षे बालीलाई जमिनको सतहबाट १५ से.मि. अग्लो बनाउनुपर्छ ।

- जमिनलाई ४–५ पटक खनजोत गरी माटो बुरबुराउँदों र हल्का बनाउनुपर्छ ।

- जमिन तयार गर्ने बेलामा १० किलोग्राम राम्रो कुहिएको गोबरमल प्रतिवर्गमिटरको दरले राम्रोसँग मिलाउनुपर्दछ ।

- रासायनिक मल राख्दा जमिनको अन्तिम तयारीमा ४ किलोग्राम डी.ए.पी. र ३ किलोग्राम म्यूरेट अफ पोटास प्रति रोपनीमा एकनासले छरी माटोमा मिलाउनुपर्दछ ।

- १.५ किलोग्राम युरिया प्रति रोपनीका दरले रोपेको ३०–४० दिन र ६०–७० दिनमा
गोडमेल गर्दा दुई पटक टप डे«सिङ गर्नुपर्दछ ।

- बेड बनाउँदा १ मिटर चौडाइ र आवश्यकतानुसार लम्बाइ बनाउनुपर्दछ ।

रोप्ने तरिका तथा समयः
- लसुन रोप्दा हार देखि हारको दूरी १५ से.मि. र बोट देखि बोटको दूरी १० से.मि. सानो कोदालो वा कुटोले धर्सा कोरी लगाउनु पर्दछ ।

- तराई, भित्री मधेस र मध्य पहाडका लागि रोप्ने समय असोज १५ देखि मंसिर १५ गतेसम्म उपयुक्त समय मानिन्छ ।

- लसुन रोप्दा ५–६ से.मि. गहिरो गरी टुसा आउने भागमाथि पारी रोप्नुपर्दछ । उच्च पहाडमा भने फागुन–वैशाखमा रोप्नुपर्दछ ।

10984486_1623673107921009_2922304021087696512_n.jpg

बीउ दरः
- लसुनको पोटी राम्रो र स्वस्थ हुनुपर्दछ । यसलाई फुटाई (छुट्याई) केस्रा निकाल्नुपर्दछ र घाउचोट पार्नुहुँदैन ।

- राम्रो र स्वस्थ पोटी प्रति रोपनी करिब २५ किलोग्राम आवश्यक पर्दछ ।

जातहरूः
- लसुनका जातहरूमा मार्फा स्थानीय, पाटन स्थानीय, गोरामे चौर
आदि नेपालमा लगाउँदै आएका स्थानीय जातहरू हुन् ।

- तराईका स्थानीय जातहरूका केस्रा धेरै, साना अनि लाम्चा हुन्छन् । पहाडी लसुनहरू पोटी र केस्राहरू थेप्चा र डल्ला हुन्छन् र क्रिम रंगका हुन्छन् ।

- उच्च पहाडमा हुने भोटे लसुन दुई मौसमी हुन्छन् तथा ठूला र थेप्चा (डल्ला) पोटी र केस्रा हुन्छन् ।

- उन्नत तथा विदेशी जातहरूमा ‘मद्रासी’, इटालियन, ताविती, क्रिवल आदि जातहरू हुन् । यिनीहरूको परीक्षण भैरहेको छ ।

- भोटे लसुन सोलुखुम्बुको मुरली, सोताङ र काकुमा मसला बाली विकास आयोजना अन्तर्गत भैरहेको छ र पहाडी लसुन भक्तपुर नखेल, बोडे र चपाचोमा सोही विकास आयोजनाअन्तर्गत खेती भैरहेको छ ।

बाली थन्क्याउने र भण्डारण गर्नेः
- लसुनको बोट पहेंलो भएपछि र बोट ढल्न थालेपछि लसुनका गाना खन्ने बेला भयो भन्ने थाहा हुन्छ ।

- यस्तो अवस्था हुनका लागि ४–६ महिना लाग्छ ।

- थन्क्याउने समय, जातहरू, माटोको किसिम र हावापानीमा भर पर्दछ ।

- गानाहरू खनेपछि लामो डाँठ (पात) बाँधेर मुठा बनाएर एक हप्तासम्म छायामा सुकाएर राखिन्छ ।

- लसुनलाई एक हप्ता छायामा सुकाएपछि हावा खेल्ने कोठामा झुन्ड्याएर राखिन्छ।

- भण्डारण कोठाको तापक्रम ५–१० डे.सि. र आद्रता ७५ प्रतिशतभन्दा कम (६०%) हुनुपर्दछ ।

- बाली थन्क्याउनुभन्दा दुई हप्ताअघि मेलिक हाईड्राजाइट २५००–५००० पी.पी.एम (दस लाखमा एक) पातमा छर्दा भण्डारण गर्दा नउम्रने हुन्छ ।

121975724_1813250722146881_7557666312551049326_n.jpg

उत्पादन
- लसुनको उत्पादन करिब ५०० किलोग्राम प्रति रोपनी हुन्छ ।

- यो उत्पादन, जात, माटोको किसिम र अन्य धेरै कुरामा भर पर्दछ ।

रोग, कीरा र रोकथामका उपायहरूः
- रोगहरूः

  • सेतो सडन रोग ढुसीबाट हुने रोग हो र बीउ रोप्नुअघि एग्रोसान जी.एन. ६ ग्राम÷किलोग्रामको झोल बनाई उपचार गर्नुपर्दछ ।
  • त्यसैगरी पात कुहिने रोग पनि ढुसीबाट हुन्छ तथा यसको उपचार गर्न डाइथेन एम. ४५, २.५ ग्राम प्रतिलिटर पानीमा घोली छर्नुपर्छ ।
  • राइजोपस सडन रोग लागेमा खाने लसुनलाई २ प्रतिशत बोरिक एसिड, ०.१ प्रतिशत फर्मालिनले उपचार गर्नुपर्छ भने बीउका लागि राखिने लसुनलाई ०.१ प्रतिशत मरकरी क्लोराइडले उपचार गर्नुपर्छ ।

कीराहरूः
- लसुनलाई आक्रमण गर्ने, चुस्ने कीरा गानामा लाग्ने कीरा हो र निमाफस ०.१५ प्रतिशत झोल छर्दा नियन्त्रण हुन्छ ।

- त्यसैगरी लाही कीराले पनि बिरुवाको रस चुसेर खान्छ । यसलाई मालाथियनले उपचार गर्दा नियन्त्रण हुन्छ । अन्त्यमा भण्डारण कीराका लार्भाले केस्राहरू खाइदिन्छ ।

- यसको नियन्त्रणमा फस्फिन चक्की १–४ गोटा प्रति घन मिटरको हिसाबले १२ घन्टा राखेमा नियन्त्रण हुन्छ । 

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

थप समाचार