बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कुखुराको पोषण तथा दानापानीको व्यवस्थापन

शुक्रबार, असार १ २०८१
8 views
कुखुराको पोषण तथा दानापानीको व्यवस्थापन

समाचार शेयर गर्नुहोस्

Share this news

कुखुराको पोषण तथा दाना व्यवस्थापन : 
दानामा निहित ६ प्रकारका पौष्टिक तत्वहरुले कुखुराको पोषण पुरा गर्दछन्। जो निम्न अनुसार छन् 
१) कार्बोहाइड्रेट्स 
२) प्राटिन 
३) चिल्लो पदार्थ 
४) भिटामीन 
५) खनिज पदार्थ 
६) पानी 

कार्बोहाइड्रेट्स 
कार्वोहाइड्रेट्सका कामहरु धेरै नै रहेका भए पनि यो शक्ति प्रदान गर्ने प्रमुख बोत हो र यसले कुखुराको तौल बढाउन पनि मुख्य भूमिका खेल्छ । कुखुराहरुले शक्ति खास गरी पाच्य कार्बोहाइड्रेट्स जस्तैः  स्टार्च, सुक्रोज, माल्टोज, ग्लुकोज र ग्यालाक्टोजको माध्यमवाट शरीरलाई आवश्यक मात्रामा चाहिने कार्बोहाइड्रेट्स प्राप्त गर्दछ । कार्बोहाइड्रेट्सका प्रमुख श्रोतहरुमा स्टार्चलाई शक्तिको भण्डार भन्ने गरिन्छ । यो ९० प्रतिशतभन्दा बढी पाच्य हुन्छ। मकैमा स्टार्च भनेको बाहिरी बोक्राभित्रको सबै भागलाई जनाउँछ । दानामा प्रयोग गरिने मुख्य कार्बोहाइड्रेट्सयुक्त कच्चा पदार्थहनिको विवरण यस प्रकार रहेको छ ।  

क) मकै : 
मकै शक्ति ,  उर्जाको सवैभन्दा राम्रो श्रोत हो। मकै ३ प्रकारका हुन्छन् पहेलो, रातो र सेतो सबै बरीका मकैहरुलाई दाना बनाउन राम्रो मानिएता पनि पहेलो र रातो मकैमा भिटामीन ए को प्रिकरसर क्यारोटिन वढी मात्रामा पाइन्छ । मकैमा मेटाबोलाइजेवल इनर्जी ३३०० देखि ३७०० किलो क्यालोरी, कोरा प्रोटिन ९ प्रतिशत, कोरा रेशा ३ प्रतिशत र चिल्लो पदार्थ ३९ प्रतिशत पाइन्छ । भरखरै पिसाएको मकै दानामा मिसाउदा दानाको गुणस्तर राम्रो भई यसको पोषण पनि बढी हुन्छ ।

khukhura dana.jpg

ख) चामलको दुटो (राइस पोलिस) : 
यो पनि एउटा गुणस्तरिय कच्चा पदार्थ हो। जसलाई कुखुराको दाना बनाउन प्रयोग गरिन्छ । यसमा तेलको मात्रा बढी पाइन्छ।खासगरीकन नियासिन र राइवोफलावीन वही मात्रामा पाइन्छ । यसलाई दानामा ३० प्रतिशतसम्म मिसावट गर्न सकिन्छ । यसमा मेटाबोलाइजेवल इनर्जी २९०० किलो क्यालोरी प्रति के जी, कुड प्रोटिन १२१, लाइसिन ०.४ प्रतिशत , मिषियोनिन ०.३प्रतिशत र कुड फाइबर ८ प्रतिशत पाइन्छ ।

घ) गहुँ : 
गहुँमा मेटाबोलाइजेवल इनर्जी ३१०० किलो क्यालोरी के जी, कुड प्रोटिन ११३ प्रतिशत, कुड फाइवर ३ प्रतिशत लाइसिन ०.५ प्रतिशत , र मिवियोनिन ०.२ प्रतिशत पाइन्छ। दाना बनाउदा गहुँलाई ५० प्रतिशतसम्म लिन सकिन्छ । 

ड) गहुँको चोकर : 
चोकर पिसाएको गहुँको उप– उपज हो। यसलाई दानामा १० प्रतिशत सम्म मिसाउन सकिन्छ । यसमा मेटावोलाइजेवल इनजी १५०० किलो क्यालोरी के .जी, मात्र हुन्छ । क्रूड प्रोटिन १४.७ प्रतिशत , कड फाइवर १२ प्रतिशत , लाइसिन ०.५ प्रतिशत  र मिधियोनिन ०.१६ प्रतिशत मात्र पाइन्छ । 

च) खुदो वा मोलासिस : 
खुदो अथवा मोलासिस चिनी मिलको उप– उपज हो । यो गुलियो हुन्छ र गुलियोको कारणले भिंगाले दुख दिन्छ । यसमा प्रोटिन धेरै कम मात्रामा पाइन्छ । यसमा पोटासियम बढी मात्रामा पाइने भएकोले (३.५) प्रतिशत डाइयूटिक  को भूमिका निर्वाह गर्ने भएकोले कुखुराको सुली गिलो हुन्छ । यसलाई दानामा ३प्रतिशत सम्म मिसाउन सकिन्छ । यसमा मेटोवोलाइजेवल इनर्जी २००० किलो क्यालोरी÷ के.जी., क्रुड प्रोटिन २.५ प्रतिशत मात्र पाइन्छ ।

प्रोटिन
कुखुराको शारीरिक वृद्धि तथा विकासको लागि प्रोटिनको अति नै आवश्यकता पर्दछ । प्रोटिन विभिन्न २० वटा स्टाण्डर्ड र अन्य केही अमिनो एसिडहरु मिलेर बनेको हुन्छ । बैज्ञानिकहरुको भनाइ अनुसार प्रोटिनबिना जीवन सम्भव छैन । एमिनोएसिडहरुमा कार्बन, अक्सिजन, नाइट्रोजन र हाइड्रोजन जस्ता रसायनहरु संयुक्त रुपमा रहेका हुन्छन्। प्रोटिनका प्रमुख तत्व भनेको नाइट्रोजन हो । प्रोटिनमा १६ प्रतिशत नाइट्रोजन हुन्छ। पाचन प्रक्रियामा प्रोटिनहरु विभिन्न एमिनोएसिडहरुमा बदलिन्छन् । यीनलाई पाचन पद्दतीद्वारा शरीरमा सोसेर शरीरको विभिन्न भागमा पुऱ्याउने काम रक्तनलीहरुले गर्दछन् । 

एमिनो 
एमिनो एसिडले प्रोटिन निर्माणको लागि ईटाको भूमिका निर्वाह गर्दछन् र यीनै एमिनोए‌सिड हरुले शारीरिक वृद्धिको लागि विभिन्न कार्यहरु गर्दछन् । 

प्रोटिनका श्रोतहरु :
प्रोटिन वनस्पति तथा जन्तुहरुबाट प्राप्त गर्न सकिन्छ 
क)  बनस्पति श्रोत :  धान, गहुँ, मकै, दलहन, पीना, भटमास तथा अन्य गेडागुडीहरु, कोशेघाँसहरु बादि। 

ख) जन्तु श्रोत  : माछा, मासु, अण्डा, दूध, मीटमील, ब्लड मील, पिदर मील, वोन कम मीट मील आदि।

कुखुराको मासुमा २१ प्रोटिन र अण्डामा १३ प्रोटिन प्रोटिन हुन्छ । त्यसैले कुखुराको दानामा २० प्रोटिन को हाराहारी प्रोटिन हुनु जरुरी हुन्छ। कुखुराको दाना बनाउदा बनस्पति तथा जन्तु जगतका स्रोतबाट प्रोटिनका बापूर्ति गर्न सकिन्छ। दानामा ५ प्रोटिन माछाको धूलो मिसाउन सकिन्छ । तर हिजोआज सकेसम्म वानस्पतिक श्रोतको प्रोटिनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याइएको छ । जन्तु जगतको प्रोटिनको श्रोत मिश्रण गर्दा महंगो हुनुका साथै दानाको भण्डारण लामो समयसम्म राख्न नसकिने र अफ्‌लाटक्सीनको पनि समस्या देखा पर्दछ । फलस्वरुप दानाको गुणस्तर न्यून हुनका साथै त्यस्तो प्रकारको दाना खुवाउदा कुखुराहरु रोगी हुने, उत्पादन घट्‌ने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ ।
सामान्यतः बदामको पीना ४५ प्रतिशत, भटमासको पीनामा ४५ प्रतिशत, तीलको पीना ३६ प्रतिशत, सूर्यमुखी फुलको पीना ३५ प्रतिशत, आलसको पीना ३५ प्रतिशत, कपासको बीउको पीना ३५ प्रतिशत, तोरीको पीना ३५ प्रतिशत जति प्रोटिनको मात्रा हुने गर्छ । दानामा प्रयोग गरिने जन्तुजन्य श्रोतहरुमा फीस मिल, मिटमील, मीटकम वोन मील, ब्लड मील २, पोल्ट्री वाईप्रोडक्ट मील, रेशमकीराको प्यूपाको धुलो, फेदर मील, स्कीम मिल्क पाउडर, कोशे घाँसको पातको धूलोबादिलाई प्रयोग गर्न सकिन्छ । 

चिल्लो पदार्थ : 
चिल्लो पदार्थ दाना बनाउनको लागि अति महत्वपूर्ण पोषण तत्व हो किनभने यसमा शक्ति वढी हुने र चिल्लो पदार्थमा घुलनशील भिटामीनहरु शरीरले सोसेर लिन चिल्लो पदार्थको आवश्यकता पर्दछ । यसले छाला र मासुको वीचमा रही इन्सुलेटिङ्गको काम गर्दछ । शरीरमा बढी भएको कार्बोहाइडेटस फ्याटमा परिणत भएर जम्मा भई वस्छ । चिल्लो पदार्थ दुई रुपमा पाइन्छ । ठोस रुपमा रहने र तरल रुपमा रहने चिल्लो पदार्थ। चिल्लो पदार्थ मा स्टार्चको तुलनामा २२५५ वढी शक्ति पाइन्छ । चिल्लो पदार्थको श्रोतको रुपमा जनावरको प्रशोधित बोसो तथा तेलहरु प्रयोग गर्ने गरिन्छ । खासगरी गर्मीयाममा दानाको खपत कुखुराहरुले कम गर्ने हुँदा प्रतिइकाई दानाबाट बढी शक्ति प्रदान गर्न यसको प्रयोग गरिन्छ । 

भिटामीन : 
भिटामीनहरु बगोनिक पदार्थहरु हुन। जो कुखुरा को शारीरिक वृद्धिको लागि अत्यन्त आवश्यक पर्दछ । बनन तथा जनावरजन्य खाद्य पदार्थमा भन्दा तुलनात्मक रुपमा भिटामीनहरु तजा हरियो घाँसपात तथा विष्टमा धेरै परिमाणमा उपलब्ध हुन्छ । छाडा छोडेर पालिने कुखुराहरु ले चरेर हरिययो घांसपातबाट आफ्‌नो आवश्यकता अनुसार पुरा गर्दछन् । भिटामीन हरु २ किसिमका हुन्छन् । एकथरी भिटामीन चिल्लो पदार्थमा घुल्न सक्ने फ्याट सोलुवल)  हुन्छन् भने त्रको वरी पानीमा घुल्न सक्ने (वाटर सोनुवत ) हुन्छन् । 

चिल्ला पदार्थमा घुल्ने भिटामीनहरुमा भिटामीन :

ए, डि ईर के हुन् भने पानीमा घुलनशील भिटामीनहरुमा भिटामीन वि – कम्प्लेक्स र सी (एस्कविकमिड) भिटामीन बी कम्प्लेक्सभित्र पर्ने भिटामीनहरुमा चायमीन (वी) । राइबोल्फाबीन, (बीर), निकोटेनिक एसिड, पाइरोडक्सिन (वी ६) पेण्टोवेनिक एसिड, वायोटिन, फोलिक एसिड, कोलिन, साइनोकोवाल्मीन (वि१२), आदिी हुन् । माथि उल्लेखित भिटामीनहरु कखराको पोषणको हिसावले महत्वपूर्ण हुन्छन तर यीनीहरु मध्य केही भिटामीनहरुमात्र कखराको लागि अति ने आवश्यक हुन्छ। सामानन्यतया कुखुराको दाना बनाउनको लागि प्रयोग गरिने कच्चा पदार्थहरुमा चारे परिमाणमा भए पनि यी भिटामीनहरु पाइने हुँदा कसरामा पूर्णरुपले भिटामीनको कमी नहुन सक्छ। तसर्थ भिटामीनहरुको कमीबाट देखिखने लक्षणहरु स्पष्ट नदेखिएता पनि सामान्यत शारीरिक वृद्धिदरमा कमी हुन् अण्डा उत्पादनमा कमी हुन् आदि जस्ता लक्षणहरु देखापर्दछन। कुखुरामा भिटामीनको कमी देखिएको खण्डमा भिटामीनलाई दाना वा पानीमा मिसाइ खान दिइ समस्या समाधान गर्न सकिन्छ । 

खनिज तथा विभिन्न प्रकारका खनिजको कामहरु 

कुनै खाच सामाग्री वा पशुको कुनै भागको मासुलाई लिएर मफल फरमेसमा ६०० डिग्रीसेण्टिग्रेड तापक्रममा राखेमा यीनीहरु पूर्ण रुपमा जलेर खरानी मात्र बाँकी रहन्छ। यो खरानी नै खनिज तत्वको भाग हो। शरीरको हरेक भागमा खनिज तत्व रहेको हुन्छ तर यीनीहरु एकैनाशले रहेका हुदैनन् । पशुहरुको विभिन्न भागमा करिब ४० वटा खनिज तत्वहरु पाइन्छन् । यीनीहरु मध्य १४ वटा तत्वहरुले शरीरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

क) प्रमुख खनिज तत्वहरु 
१)  क्याल्सियम 
२)  फस्फोरस 
३)  म्याग्नेसियम 
४)  सोडियम 
५)  क्लोरिन
६)  पोटासियम 
७)  सल्फर 

ख)  थोरै मात्रामा चाहिने खनिज तत्वहरु
१)  म्यानगेनिज 
२)  बाइरन 
३)  कपर 
४) आयोडिन 
५)  जिंक
६)  कोवाल्ट

सेलेनियम
कुखुराको शरीरमा पाइने खनिज तत्व मध्य सवैभन्दा वढी क्याल्सियम र फोस्फोरस नै बढी मात्रामा पाइन्छ । अस्थिपञ्जर (हाड) मा कुल शरीरमा भएको मध्य धेरै जसो क्याल्सियम र दोस्रो ठूलो हिस्सा फोस्फोरसको रहेको हुन्छ र बांकी खनिजहरु शरीरको अन्य भागमा बाँडिएर रहेका हुन्छन् । अस्थिपञ्जर प्रणाली वाहेक बाँकी रहेको फोस्फोरस मुख्यतयाः फोस्फोरसयुक्त प्रोटिन तथा लिपिडससग रहेको हुन्छ । क्याल्सियमको मुख्य काम हड्डी तथा अस्थिपञ्जर को विकास, रगत जम्न, मुटुको धड्कन सामान्य अवस्थामा राखिरहन, शरीरमा अम्लीय तथा क्षारीयपनलाई सन्तुलित बनाई राख्न र अण्डाको बाहिरी बावरण बन्नको लागि आवश्यक पर्दछ । यसै गरी फोस्फोरस पनि माथि उल्लेखित सबै कार्यको लागि आवश्यक पर्दछ। फोस्फोरसले कार्बोहाइड्रेट्स र चिल्लो पदार्थलाई टुक्राउन सहयोग गर्दछ । बढ्‌दो उमेरका चल्लाहरुमा क्याल्सियम र फोस्फोरसको कमी भएमा रिकेट्स हुने गर्दछ जसमा हाडहरु नरम र लचकदार हन्छन् । अण्डा पार्ने अवस्थाका कुखुराहरुले पातलो आवरण भएको अण्डा पार्ने र चपटा उत्पादनमा कमी आउँछ ।

क्याल्सियम शरीरवाट वाहिरिएको अवस्थामा बस्टियोपोरोसिसको अवस्थामा बाउछ । क्याल्सियम र फोस्फोरस दानामा उपलब्ध गराएमा यस्तो अवस्थामा तत्कालै सुधार हुन सक्छ । क्याल्सियम र फोस्फोरस कुखुरालाई उपलब्ध गराउँदा २१ को अनुपातमा हुनुपर्दछ । यदि क्याल्सियम यो भन्दा वढी भएमा कुखुराले फोस्फोरस शरीरमा सासेर लिन कठिनाई पर्दछ । क्याल्सियम र फोस्फोरसको श्रोतको रुपमा हड्डीको धूलो, माछाको धूलो, चुन ढूगाको धूलो, ग्रीट, यीष्टर शेल, मार्वल चिप्स, डोईक्याल्सियम फस्फेट आदिको प्रयोग गर्न सकिन्छ । फोस्फोरस सामान्यतयाः रक फस्फेटको रुपमा दानामा मिसाउन सकिन्छ । पोटासियम रक्त कोशिका र प्लाज्मामा रहेका हुन्छ । नशा र मांशपेशीहरुमा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । सोडियम  मा रहेको हुन्छ। क्लोराइड शरीरको सबैतिर एकनाशले मिसिएर रहेको हुन्छ । सोडियम  क्लोराइड हरियो घाँसपात र खाने नूनमा पाइन्छ।

क्लोराइड
क्लोराइड हरियो घाँसपात र खाने नूनमा पाइन्छ। पोटासियमले शरीरमा अस्मोटिक प्रेसर कायम राख्नको साथै अम्ल र क्षारीयपनलाई सन्तुलित राख्न सहयोग गर्दछ। पोटासियम कार्बोहाइड्रेटस र प्रोटिन मेटाबोलिजम गर्न आवश्यक पर्दछ। त्यस्तै मांशपेशीहरुको क्रियाकलापमा पनि मेटावोजिमको आवश्यक पर्दछ। यसको कमीबाट कुखुराहरु नवढ्ने, मृत्यु दर बढी हुने र कमजोर भई मर्ने हुन्छ। सोडियमले मांशपेशीहरुलाई सक्रिय रुपमा राख्न मद्दत गर्दछ। पेटमा हाइडोक्लोरिक एसिड वन्नमा मद्दत गर्ने, शारीरिक विकासका साथसाथै खानामा रुची जगाउने काम गर्दछ। यसको कमीवाट अण्डा उत्पादन घट्‌ने, शारीरिक वृद्धिदर कम हुने, एकआपसमा ढुंगाटुंग गर्ने जस्ता समस्या आउछ भने यदि सोडियमको साहे ने कमी भएमा आँखामा धब्बा पर्ने, प्रजनन् कार्यमा अवरुद्ध हुने र अन्त्यमा मर्ने हुन्छ। क्लोरिन पेटमा हाइड्रोलिक एसिड बन्नुमा आवश्यक पर्नुका साथै यसले शारीरिक वृद्धिमा सहयोग गर्दछ। क्लोरिनको कमी भएमा चल्लाहरुको शारीरिक वृद्धिदरमा निकै नै कमी आउने, मृत्यु दर वढ्ने, जल विनियोजन हुने, रगतमा क्लोराइडको मात्रा कम हुने जस्ता समस्या आउने गर्दछ। कहिलेकाहि क्लोराइडको कमीबाट चल्लाहरु अचेत हुन पनि सक्दछन् । म्याग्नेसियमको प्रमुख श्रोतहरुमा गहुँको चोकर, कपासको पीना, आलसको पीना, चुनढुङ्गाको धूलो, म्याग्नेसियम अक्साइड आदि पर्दछन् । म्याग्नेसियमले सोडियम र पोटासियम मेटाबोलिजम भर्न सहयोग गर्दछ। हाड वन्न, विभिन्न इन्जाइमहरुलाई सक्रिय पार्न, शारीरिक वृद्धि र नशा तथा माशंपेशीहरुको पीडालाई कमी गर्न म्याग्नेसियमको भूमिका रहेको हुन्छ। यसको कमीबाट शारीरिक वृद्धिदरमा कमी आउने, अण्डा उत्पादनमा कमी आउने, सानो चल्लाहरु केही समय छटपटाउने र पछि हलचल गर्न नसकी मर्ने गर्दछन। सल्फर शरीरको सबै भागमा पाइन्छ । इन्सुलिन हॉनर दुईवटा भिटामीन वायोटिन र वायमीनमा सल्फर रहेको हुन्छ। सलफर प्रोटिनको रुपमा कुखुराले खाने गर्दछ। सल्फरले कार्टिलेज, प्यांखर नत्रा बन्नमा मद्दत गर्दछ। यस्ते शरीरमा भएको विपाल प्रभावलाई हटाउदछ र रगत जम्न बाट बचाउछ। सल्फरको कमीबाट प्रोटिनको कमी हुन्छ । सल्फरले काटिलेज, प्वांखर नशा की वद्धिमा कमी आउछँ ।  पशुपन्छीको शरीरमा आयोडिनको मात्रा निकै नै कम रहेको हुन्छ । आयोडिन बायोराइड ग्ल्याण्डमा वाइरोक्सिनको रुपमा रहन्छ । आयोडिनको श्रोत माछाको धूलो, मासुको धूलो, हाडको धूलो, खुदो, स्टेरिलाइज्ड आयोडोइड साल्ट आदि हुन। आयोडिनले शारीरिक तथा बौद्धिक विकास गर्नको साथै खाएको खानालाई पचाई शरीरमा सोस्न योग्य बनाउन सहयोग गर्दछ । प्वांखको वृद्धिको लागि पनि आयोडिनले मद्दत गर्दछ । यसको कमीबाट बाइराइड ग्रन्थीको आकार बढ्ने, अण्डा उत्पादन घट्ने र फूल पार्ने कुखुराहरु मोटाउने गर्दछन्। आयोडिनको कमी भएमा कुखुराहरुले पारेको फुलवाट चल्ला कम निस्कने र चल्ला निस्कन वढी समय लाग्दछ । असामान्य र लामा किसिमका प्वांखहरु बाउने गर्दछ । जिक पशुपन्छीहरुको सबै तन्तुहरुमा पाइन्छ । जिंक बढी मात्रामा हाडहरुमा केन्द्रित हुन्छ । रगतको इरिथ्रोसाइटमा पनि जिक पाइन्छ। जिकको श्रोत माछाको धूलो, गहुँ, त्यस्तै कुखुराको दानामा जिक कार्बोहाइड्रेट र जिंक सल्फेट को रुपमा जिंकको मात्रा पुरा गराइन्छ । जिकले विभिन्न रसको महत्वपूर्ण भागको काम गर्दछ । प्रोटिन निर्माण तथा मेटावोलिजमको लागि र इन्सुलिन बन्नको लागि जिकको बावश्यकता पर्दछ। कुखुराहरुलाई जिंकको कमी भएमा शारीरिक वृद्धि कम हुने, लामो हाडहरु छोटा र मोटा हुने, प्वाँखहरु कम उम्रने हुन्छ । त्यस्तै गरी रुची कम हुने, प्रजनन् उमेरमा आउन ढिला हुने, प्रजनन् क्षमता घट्ने, खुट्टाहरु सामान्य हुने, अण्डा उत्पादन घट्‌ने आदि समस्या देखा पर्दछन् । कोबाल्टले रुची जगाउने, रक्त अल्पताबाट जगाउने, इनजाइमहरुलाई सक्रिय पार्ने काम गर्दछ । यसको कमीबाट कुखुराले खान मन नगर्ने, दुब्लाउदै जाने लक्षण देखापर्दछ । कोवाल्टको श्रोतको रुपमा कोशे घाँसपात, कलेजोको धूलो आदि रहेका छन् । सेलेनियम कम मात्रामा भए पनि शरीरको लागि आवश्यकपर्ने तर यसलाई वढी मात्रामा खान दिएमा विषाक्त हुन्छ । सेलेनियमको श्रोत माछाको धूलो हर सेलेनियमले भिटामीन इ सोस्न र सरक्षण गर्न सहयोग गर्दछ। चल्लाहरुमा एक्जुडेटिभ डोयथेसिस अषातं पथरी हुनबाट जोगाउछ । चल्लाहरुलाई इल्मेफालोमलेसिया बाट बचाउन मद्दत गर्दछ। सेलेनियमको कमीबाट फियोमा विर्कात, पत्वरीको विक्ति र माशपेशीहरुमा विक्ति आउछ भने शारीरिक वृद्धिदरमा कमी भई मृत्युदर बढ्ने सम्भावना रहन्छ ।

पानीका प्रमुख कार्यहरु
क)  हाइड्रोलाइटिक  पद्दतीबाट पानीले पाचन कार्यको लागि सहयोग गर्दछ ।
 ख)  सानो आन्द्रामा पचेको खानेकुरालाई शरीरमा सोसेर लिन मद्दत गर्दछ । 
ग)  पचेका खानेकुरा लाई शरीरको विभिन्न भागहरुमा ओसारपसार गर्दछ । 
घ)  शरीरवाट विभिन्न विकारहरु वाहिऱ्याउन मद्दत गर्दछ ।
ड)  पानीले शरीरमा पर्ने विभिन्न पीडाहरुलाई कम गर्न मद्दत गर्दछ । 
च)  शरीरका विभिन्न जोर्नीहरु माडिन (लुब्रिकेसन) मद्दत गर्दछ । 
छ)  पानीले विभिन्न जैविक रसायनहरु  को प्रतिक्रियाहरुलाई घोलक लाई सहयोग गर्दछ । ज)  पानीले शरीरको तापक्रमलाई कायम राख्न मद्दत गर्दछ ।

स्रोत : कुखुरापालन प्रविधि संगालो , 
राष्ट्रिय पशुपन्छि स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, हरिहरभवन 

थप समाचार