बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

औषधिय गुणले भरिपूर्ण रातो च्याउ खेती प्रविधि

शनिबार, असार २ २०८१
11 views
औषधिय गुणले भरिपूर्ण रातो च्याउ खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

रातो च्याउको वैज्ञानिक नाम गानोडर्मा लूसिडम (Ganodema lucidum) हो । अत्यन्तै तितो, चाम्रो र कडा भएको हुनाले यसको प्रयोग खाद्य पदार्थको रूपमा
नभइकन औषधी र खाद्य सम्पूर कको रूपमा भइरहेका छन् ।

यसका उत्पादनहरू ट्याबलेट, क्याप्सुल, धूलो, झोल, साबुन, टूथपेष्ट आदिका रूपमा उपलब्ध छन् । संसार भरि यसको खेती तीन तरीकाबाट गरिदैं आएको छ।
- काठको मुढामा गरिने खेती प्रविधि (सबभन्दा लोकप्रिय विधि)
- ब्याग अथवा बोतलमा गरिने खेती प्रविधि
-ट्याङ्कमा गरिने खेती प्रविधि

नेपालमा यो च्याउको खेती २०६१ सालमा बालो रोग विज्ञान महाशाखा खुमलटारमा उत्तिसको काठको धुलोमा खेती गरी उत्पादन गरेको थियो । अहिलेसम्मको अध्ययन अनुसार यसको खेती काठमाडौ जस्तो आवहवा भएको ठाउँमा काठको मुढामा पौष १५ देखि फाल्गुण १५ सम्म र काठको धुलोमा माघ ज्ञछ देखि चैत्र १५ सम्म राम्रो मानिएको छ ।

यो च्याउ प्राकृतिक रुपमा तराई देखि उच्च पहाडी जंगल जहाँ ज्यादै ओसिलो (high humidity) र सूर्यको किरण कम पर्ने (dim light) आवहवा भएको ठाउँमा
ज्यादै थोरै संख्यामा मात्र पाइने गर्दछ । अहिलेसम्मको अध्ययन अनुसार यसको खेती काठमाडौ, गोदावरी, नगरकोट, चितवन, लुम्ले, कास्की जस्ता ठाउँमा गर्न सकिन्छ ।

खेतीको लागि आवश्यक पर्ने हावापानीः
- यसको खेती १५ देखि २५ डिग्री सेल्सियस तापक्रम र आद्रता ८०–१०० प्रतिशत भएको ठाउँमा गर्नु र उक्त तापक्रम भएको समयमा खेती गर्नु राम्रो मानिनएको छ।

- खास गरी बीउ रोपेको तीन देखि चार हप्तासम्म १५–१६ डिग्री सेल्सियसको तापक्रम भएमा राम्रो मानिएको छ ।

- बीउ रोपेको समरुप डिक्सबाट च्याउ उम्रनको लागि ८०–१०० प्रतिशत सापेक्षित आद्रता हुनु पर्दछ र तापक्रम २०–२५ डिग्री सेल्सियस र राम्रो हावाको आवगमन र
उज्यालो ठाउँको आवश्यक पर्दछ ।

- यसको खेती उत्तिसको, खस्रो, कटुस जातको रुखको काठको मुढामा, उत्तिसको काठको धुलोमा, धानको परालमा खेती गर्न सकिन्छ ।

- परालमा खेती गर्दा कन्ये च्याउ खेती गर्को प्रविधि अनुसार खेती गर्न सकिन्छ ।

काठको मुढामा रातो च्याउ खेती गर्ने विधिः
रुखको छनोटः
यसको खेती उत्तिस, सौर, खस्रोमा खेती गर्न सकिन्छ ।

मुढाको छनोट (Selection of Mushroom wood Disk):
यसको खेती साधारणतया ४ देखि १० वर्ष सम्म्को माथि उल्लेखित रुखका काठमा गर्न सकिन्छ । मुढा रोग (म्ष्कअ) रोग नलागेको एकै आकार भएका बोक्रा छिप्पिएको बोक्रा टम्म कसिएको र चोटपटक नलागेको हुनु पर्दछ ।

मुढाको (Wood Disc) को व्यास १०–१५ से.मी. (४“–६“) र सोही अनुसार लम्बाईको काठको मुढा हुनु पर्दछ । च्याउ खेती गर्न छनौट गरिएको रुख कार्तिक देखि माघ (रुखको पात झर्न शुरु भएपछि नयाँ पालुवा आउनु भन्दा अगाडि) भित्र काट्नु पर्दछ । खेती गर्नु भन्दा ७–१० दिन अगाडि रुखलाई काट्नु उपयुक्त मानिन्छ । 

मुढाको तयारी (मसरुम डिक्स):
रुखलाई काटी सकेपछि मुढामा चिस्यानको मात्रा कम गर्न मुढालाई घाम नपर्ने र ओभानो ठाउँमा ७–१५ दिनसम्म राख्‍नु पर्दछ । च्याउको बीउ रोप्नु भन्दा अगाडि मुढाको मसरुम डिक्स चिस्यान ४५–५० प्रतिशतसम्म हुनु पर्दछ । बढि चिस्यान भएमा बीउ रोपेपछि अन्य हानिकारक ढुसी (Trichoderma spp) को आक्रमण हुन सक्तछ ।

red(1).jpeg

रातो च्याउ खेती गर्नको लागि आवश्यक सामग्रीहरुः
विवरण परिमाणः
१. काठको मुढा- ५०
२. प्लाष्टिकको थैला- १२x१४“ ५०
३. च्याउको बीउ - ४ प्याकेट
४. फलामको सुइरो- १
५. प्लाष्टिक सिट- १.५ मिटर १
६. काठ काट्ने बञ्‍चरो- १
७. काठ काट्ने आरा- १
८. स्प्रिट- १
९. स्प्रिट बत्ती- १

काठको मुढा (मसरुम डिक्स) लाई बफाउने तरिकाः
- टिन वा फलामको ड्रमको भित्री पिधमा ९ इञ्‍च जति पानी भर्ने त्यसमाथि ओदान अथवा ईटा प्रयोग गरी पानीको सतह भन्‍दा माथि तारको जाली राख्‍ने ।

- जाली माथि प्लाष्‍टिकमा राखेको काठको मुढामा (मसरुम डिक्स) तह तह गरी मिलाएर ड्रमको मुखसम्म राखेर प्लाष्‍टिक सीटले ड्रमको मुखलाई छोपी डोरीले बाँध्‍ने त्यसपछि स्टोभ वा दाउरा बाली काठको मुढालाई (मसरुम डिक्स) उसिन्‍ने (निर्मलीकरण गर्ने) यसरी उसिन्‍दा मुखबाट तातो बाफ (९६० से. भन्‍दा माथि) निस्‍केपछि २–३ घण्‍टा लगातार बफ्याउने यसो गर्नाले मसरुम डिक्समा भएको हानीकारक जीबाणु ढुसी वा अन्य जीवहरु सबै मर्दछन्।

- मसरुम डिक्सलाई बफ्‍याई सकेछपि १५–१६ घण्टासम्म सेलाउन दिने र तापक्रम २५० से. भन्दा कम भएपछि मात्र बीउ रोप्न तयार हुन्‍छ ।

च्याउ वीजनको गुणस्तरः
च्याउको वीजन राम्रो हुनु पर्दछ । २०–२५ दिन पुरानो धेरै माथिसम्म रेसा (Mycelium) नफैलिएको हेर्दा खेरी रेसा (Mycelium) बृद्धि सबै ठाउँमा एकै नास र कुनै दागी नभएको विउ छनौट गर्नु पर्दछ ।

बीउ रोप्ने तरिकाः
- बीउ रोप्ने कोठमा २ दिन अगाडि कोठा सफा गरी २ प्रतिशतको फर्मालिनको घोल बनाई छर्ने र कोठालाई बन्द गरी राख्‍ने ।

- बीउ रोप्ने बेलामा बोटलमा भएका वा प्लाष्टिकका थैंलामा भएको बीउलाई सफा सुइरोको प्रयोग गरी सफा प्लाष्टिकको थैलाबाट बीउ निकाल्‍ने र मसरुम डिक्स भएको प्लाष्टिकको मुख खोली मसरुम डिक्सको माथिल्लो सतहमा करिब ५० ग्राम बीउलाई मसरुम डिक्समा फैलाउने र प्लाष्टिकलाई बन्द गर्ने, मसरुम डिक्समा फैलाउने र प्लाष्टिकलाई बन्द गर्ने, मसरुम डिक्समा प्लाष्टिकलाई कपासको विर्को बनाई डोरीले मुख बन्द गर्ने ।

काठमा रातो च्याउ
ओथारा र (Incubation) मसरुम डिक्सको व्यवस्थापनः
बीउ रोपेका प्लाष्टिकमा राखेको मसरुम डिक्सलाई हावाको राम्रो आवागमन भएको अँध्यारो कोठा वा छिडीमा २–३ हप्तासम्म ओथाराको लागी राख्‍ने ।

- कोठा वा छिडिको तापक्रम करिब १५–१६०से हुनु पर्दछ । मसरुम डिक्समा बीउ रोपेको ढुसी भन्दा अन्य हानीकारक निलो÷हरियो ढुसी देखा परेमा त्यसलाई हटाउनु पर्दछ ।

- यस समयमा कोठाको हावाको आवागमन राम्रो हुनु पर्दछ र प्रकाशको पनि अति नै जरुरी पर्दछ । राम्रो प्रकाश नभएको स्थानको च्याउको आकार राम्रो नहुन सक्छ र उत्पादन पनि कम हुन्छ ।

- प्लाष्‍टिक व्यागमा भएको मसरुम डिक्समा सेतो रेसाबाट सेतो कोपिला देखा पर्न थालेपछि व्यागको मुख खोल्न तयार हुन्छ ।

- यसरी प्लाष्‍टिकको मुख खोलेको वा प्लाष्‍टिक निकालेको मसरुम डिक्सलाई प्लाष्‍टिकको ४–५ फिट अग्लो छाप्रो भित्र चित्रमा देखाए जस्तै मसरुम डिक्सलाई नछोइकन राखी व्याडको आकारमा राखी २ प्रतिशतको फर्मालिनको उपचार गरेको माटोले हल्का छोपी समय समयमा २–३ पटक पानी दिई सापेक्षित आद्रता ९०–९५ प्रतिशत कायम राख्‍नु पर्दछ ।

- यस समयमा कोठाको हावाको आवागमन राम्रो हुनु पर्दछ र प्रकाशको पनि अति नै जरुरी पर्दछ ।

- राम्रो प्रकाश नभएको स्थानकको च्याउको आकार राम्रो नहुन सक्छ र उत्पादन पनि कम हुन्छ ।

red-m-3.jpg

च्याउ टिप्ने तरिकाः
- च्याउ उम्रिरहेको कोठा वा छाप्रोमा जाँदा वा च्याउ टिप्दा नाक र मुखमा माक्स वा रुमालको मुख ढाक्नु जरुरी छ किनकी रातो च्याउ उम्रेपछि कोठामा च्याउको स्पोर सबैतिर छरिएरको देखिन्छ ।

- च्याउ टिप्दा धारिलो चक्‍कुले च्याउको डाँठ र मसरुम डिक्सको जोर्नीमा काट्नु पर्दछ अर्थात् च्याउको भाग बाँकी रहनु हुदैन । नत्र बाँकी रहेको भागमा रोगले आक्रमण गरी अरुमा समेत सर्न सक्दछ ।

- करिब २ महिनाको फरकमा २–३ पटक च्याउ टिप्न सकिन्छ । यसरी उत्पादन लिई सकेको मसरुम डिक्सलाई पुनः अर्को वर्ष पनि उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

- पुनः अर्को बर्ष जेष्ठ आषाढमा पानी (चिस्यान) प्रकाश सापेक्षित आद्रता र हावाको राम्रो आवागमनमा ध्यान दिई व्यवस्था मिलाएमा उत्पादनमा ल्याउन सकिन्छ । च्याउको उत्पादन ४५–६५ प्रतिशत काठको शुरुको तौतको आधारमा
उत्पादन लनि सकिन्छ ।

परालमा रातो च्याउ खेती गर्ने विधिः
पराल काट्ने तथा भिजाउने तरिकाः
- कन्ये च्याउ खेती गर्नको लागि सफा र राम्रोसँग सुकेको नयाँ पराल चाहिन्छ । उपलब्ध भएसम्म ताइचुङ् धानको पराल राम्रो हुन्छ । गर्मीयामको बेला ताइचुङ् जातको पराल नै सिफारिश गरिन्छ ।

- यसको खेती कुनै पनि जातको धानको परालमा गर्न सकिन्छ । यद्यपी पराललाई करिब २ इन्च जति लामो टुक्रा पार्ने अनि यसरी टुक्रा पारेको पराललाई जाडोको समय छ भने कम्तिमा २ घण्टासम्म सफा पानीमा भिजाउने गर्मिको समय छ भने १ घण्टा भिजाउने ।

- पराललाई भिजाई सकेपछि ८–१२ घण्टासम्म छाँयामा तर्काएर राख्‍नुपर्छ यस्तो चिसो पराललाई मुठ्ठी पारेर निचोर्दा पानी ननिक्ली हत्केला मात्र भिजेमा परालमा चिस्यान ठिक्‍क भयो भनि मान्‍नु पर्दछ ।

बीउ रोप्ने तरिकाः
- बीउ रोप्ने बेलामा बोटलमा भएको बीउलाई सफा सुइकोको प्रयोग गरी सफा भाँडोमा वा अखबारमा खन्याउने ।

- यसरी बीउ निकाल्दा र रोप्दा दुबै हातहरु सफा हुनु अत्यन्तैआवश्यक छ ।

- बीउ रोप्नलाई तयार पारेको प्लाष्टिक ब्यागहरुमा करिब १० से.मी. को फरकमा १ से.मी. गोलाईको प्वालहरु पार्ने ।

- अथवा यी प्वालहरु बीउ रोपी सकेपछि पनि सुईकोको मद्दतले प्वाल पार्न सकिन्छ ।

- प्लाष्टिक व्यागहरुमा करिब २ देखि ३ इन्च जति पराल राखेपछि ब्यागको वरिपरि औठी आकार परालमाथि १ चम्चा (१५ ग्राम) बीउ छर्ने ।

- त्यसपछि फेरी २ इन्च पराल राख्‍ने यसरी बीउ रोप्दा प्लाष्टिकको वरिपरि औठी आकारमा बीउ छर्ने ।

- यस्तै गरी प्लाष्टिकको व्याग नभरेसम्म तह तह गरी परालमाथि बीउ रोप्ने र प्लाष्टिक भरेपछि माथिबाट थोरै बीउ रोपी ब्यागको मुख सुतलीले बाँध्ने ।

काठको धुलोमा खेती गर्ने विधिः
खेतीको लागि आवश्यक सामाग्री र तिनको तयारीः
रातो च्याउको खेती काठजन्य पदार्थहरुमा गर्न सकिन्छ । बाली रोग विज्ञान महाशाखामा गरिएको अनुसन्धानबाट प्राप्त नतिजा अनुसार निम्न अनुसार काठको धुलोमा अन्य पदार्थहरु मिसाएर यसको खेती गर्न सकिने पाइएको छः

सुत्र–१ काठको धुलो ९० प्रतिशत, धानको ढुटो १० प्रतिशत
सुत्र–२ काठको धुलो ७२ प्रतिशत, मकैको च्याख्ला २० प्रतिशत
सुत्र–३ काठको धुलो ७८ प्रतिशत, क्यालसियम कार्बोनेट ०.२ प्रतिशत
सुत्र–४ काठको धुलो ९० प्रतिशत, गहुँको चोकर १० प्रतिशत

- माथि उल्लेखित मात्रा अनुसार कुनै एकको सामाग्रीहरु सफा भाँडो अथवा प्लाष्टिक सिटमा पानीसँग मुछ्नु पर्दछ । यसरी मुछ्दा पानीको मात्रा ठिक्‍क (६३ देखि ६५ प्रतिशत) को हुनु पर्दछ । पानीको मात्रा ठीक छ छैन भनी जाँच्न मुछेको पदार्थलाई मुठ्‍ठी फुकाउदा हातमा नटासिने हुनु पर्दछ । यसको लागि (Moisture meter) को मद्दत लिनु पर्दछ ।

- ८x१४ ईन्चको प्लाष्टिकको थैलोमा १० ईन्च उचाईसम्म विस्तारै सामाग्रीहरुलाई हातले थिच्दै भने । पदार्थ भरिसकेपछि माथिल्लो भागमा एउटा कुखुराको अण्डा अट्ने एउटा खोपिल्टो बनाई प्लाष्टिकको मुखलाई सुतलिले बाँध्ने ।

- यसरी तयार गरेको पाकेटलाई बफाउने । बफाउनको लागि आजकल प्रचलित खाने मःमः पकाउने तरिकाले कुनै ड्रम, डेक्ची वा अन्य कुनै भाँडोमा पानी उमाली करिब ३ देखि ४ घण्टा लगातार प्लाष्टिकको पो कालाई बफाउने । यसरी बफाएर निकालेको ८–१२ घण्टा पछि त्यसमा च्याउको बीउ रोप्न तयार हुन्छ ।

च्याउको विजारोपणः
निर्मलीकरण गरेको पोकाहरु एउटा सफा कोठामा लगि प्रत्येक पोकामा ५० ग्रामका दरले च्याउको बीउ (बाली रोग विज्ञान महाशाखाबाट प्लाष्टिक/बोटलमा उपलब्ध हुने) बोतलबाट बीउ निकाल्दा सफा सुइरो (आगोमा पोलेर चिसो पारेको) प्रयोग गर्नु पर्दछ ।

च्याउलाई सुकाउनेः
- च्याउलाई टिपीसकेपछि सुकाउनु पर्दछ यसको लागि च्याउलाई टुक्रा टुक्रा पारी काटी Solar Dryer वा ओभनमा राम्रो सुकाउनु राम्रो हुन्छ ।

- सुकाई सकेपछि प्लाष्टिकको थैलामा राखी राम्रोसँग बन्द गरी भण्डार गर्नु पर्दछ।

रातो/च्याउमा लाग्ने रोग र किराहरुः
हरियो रंग (Green mold) रातो च्याउ खेती गरेकको मसरुम डिस्कमा वा काठको धुलोमा देखा पर्दछ ।

- यस रोग (Trichoderma) जातको फंगस (ढुसी) को आक्रमणको कारणबाट हुने गर्दछ । च्याउ खेती गरे को कोठामा तापक्रम धेरै भएमा यो ढुसीले आक्रमण गर्दछ ।

- यो रोगको नियन्त्रणको लागि बेभिष्टन वा डेरासाल ०.१ प्रतिशतको विषादीको
झोल बनाएर छर्ने ।

खपटे किराः यो किराले च्याउलाई प्वाल पारी नोक्सानी पु¥याउछ यो विशेषा गरी भण्डार गरेर राखेको च्याउमा देखा पर्दछ । यसको नियन्त्रणको लागि च्याउलाई राम्रोसँग सुकाएर प्लाष्टिकको थैला भित्र बन्द गरेर राख्‍नु पर्दछ ।

स्रोत: व्यावसायिक कीट विकास केन्द, कृषि विभाग

थप समाचार