के तपाईसँग थोरै पैसा छ र नेपालमै केहि व्यवसाय गर्न पाए हुन्थ्यो भनेर सोचिरहनु भएको छ ? अथवा भनौं- के तपाई थोरै लगानीमा पनि आफ्नै व्यवसाय गरेर आत्मानिर्भर बन्न चाहनु हुन्छ ? यदि यसो हो भने तपाईका लागि उपयुक्त व्यवसाय बन्न सक्छ - खरायो पालन । कम खर्च मै मनग्य आम्दानी हुने भएकाले पछिल्लो समय खरायो पालन प्रति मानिसहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।
खरायो पालन व्यवसाय सजिलो र राम्रो आम्दानी गर्न सकिने व्यवसाय मध्यमा पर्दछ। खरायो व्यवसाय मासु तथा रौ-छालाका लागि गरिन्छ। नेपालमा खरायो पालन धेरै पहिले देखि नै गरिएको हो तर पछिल्लो समय व्यवसायिक रुपमा खरायो पालन गरिन्छ । पछिल्ला दिनहरुमा ठूला होटल तथा रेष्टुराँहरुमा खरायोको मासुको माग बढ्दो छ । खरायोको मासु मुटुको रोगी, बालक र वृद्धवृद्धाका लागि पनि अत्यन्तै लाभकारी मानिन्छ ।
खरायो पालन अरु व्यवसाय भन्दा एकदमै सजिलो छ । साथै थोरै लगानीमा पनि यो व्यवसाय गर्न सकिन्छ । थोरै क्षेत्रफलमा स्थानीय श्रोत साधनहरू जस्तै बाँस, काठ प्रयोग गरेर खोर बनाइ खरायो पालन गर्न सकिन्छ । खरायो पालनको लागि ठुलो प्राविधिक ज्ञानको समेत आवश्यकता पर्दैन । सामान्य जानकारी र परामर्श लिएर जो कोहीले पनि सजिलै यो व्यवसाय सञ्चालन गर्न सक्छन् ।
खरायो पालन गर्न मौसम, क्षेत्र र भूभागले केही असर पार्दैन । हिमाल, पहाड, तराइको जुनसुकै स्थानमा पनि खरायो पालन गर्न सकिन्छ । अरु पशु पालनलाई जस्तो खरायोलाई धेरै स्याहारको पनि जरुरी पर्दैन । यसलाई दिनमा ३ पटक घाँस, दान(पानी हाले पुग्छ । यदि दाना अभाव भएमा आफ्नै वरपर भएका हरियो घाँस खुवाएर मात्र पनि पाल्न सकिन्छ, जसले गर्दा कम लागतमा पनि धेरै फाइदा लिन सकिने व्यवसायमा पर्छ ।
खरायोको छालाबाट विभिन्न किसिमका आकर्षक वस्तुहरू उत्पादन गर्न सकिने हुँदा, यसको प्रशोधन तथा बिक्री वितरण गरी आम्दानी बढाउन सकिन्छ । साथै खरायोको मल अन्य जनावरहरूको तुलनामा प्रभावकारी भएकोले प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न सकिन्छ । खरायो छिटो हुर्कने, एकै पटकमा १२ ओटासम्म बच्चा पाउने, हरेक ३० देखि ३५ दिनको फरकमा ब्याउने र बच्चा साढे २ देखि ३ किलोको भएपछि बजारमा पठाउन तयार हुने भएकाले खरायो पालन धेरै राम्रो व्यवसाय हो ।
जात (नश्ल) को छनोट:
खरायोको मासुको प्रयोग चीन, रसिया, फ्रान्स, इटालीमा लाखौँ टन प्रतिवर्ष खपत भइरहेको छ । मासु उत्पादनको लागि संसारमा विभिन्न जातका खरायोहरू उपलब्ध छन् । नेपालको लागि भने नेपाल कृषि अनुसन्धान परिषद्ले परीक्षण गरी नेपालमा उपलब्ध भएका जात मध्ये न्युजिल्याण्ड ह्वाइट र सोभियत चिन्चिला उपयुक्त मानेको छ ।
१: White giant(सेतो खरायो)२: Grey gaint(खैरो खरायो)३: फ्लेमिस४: न्युजिल्यान्ड सेतो५: न्युजिल्यान्ड रातो६: क्यालिफोर्नियन खरायो७: डच८: सोभियत चिचिला आदि खरायोका मुख्य ब्याबसायिक प्रजातिहरु हुन।
खोर कसरी बनाउने ?
खरायो पालन गर्नका लागि खोर बनाउँदा एकदमै ध्यान दिनुपर्छ । खोर निर्माण गर्दा मुसा नछिर्ने गरी चारैतिर छेकबार गर्नुपर्छ । आफ्नो ठाउँमा उपलब्ध श्रोत साधनहरूको प्रयोग गरी खरायोको खोर बनाउन सकिन्छ । खोर निर्माणको लागि बाँस, काठ, फलाम वा जालीको प्रयोग सकिन्छ । खोरमा बाहिरैबाट घाँस पानी खुवाउन सकिने गरी निर्माण गर्नुपर्छ ।
खरायोका लागि उचित भेन्टिलेसनको व्यवस्था भएको खोर बनाउँनुपर्छ । खरायोका लागि उचित श्वासप्रश्वासको निम्ति उपयुक्त हावाको सञ्चार आवश्यक हुन्छ । विशेषगरी खरायोको खोरभित्र हावाको तेज बहाव र कम बहाव हुनु हुँदैन ।साथै खरायोको खोरमा कम्तिमा १६ घण्टा उज्यालोको व्यवस्था हुनुपर्छ । खोरभित्रको तापक्रम भने १० देखि २५ डिग्रि सेल्सियससम्मको उत्तम हुन्छ ।
यदी ३५ डिग्रि भन्दा बढी भएमा एक्जस्ट फ्यानको व्यवस्था गनुपर्छ । यस्तै खोरको सरसफाईमा पनि विशेगा ध्यान पुर्याउँनुपर्छ । खरायोपालन सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको सरसफाईमा हो । यस्तै, प्रजनन्को निम्ति छुटै कोठाको व्यवस्था समेत गर्नुपर्ने हुन्छ । व्यवसायिक रुपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक फरक ठाउँमा राखेर योजनामा नै प्रजनन गराइन्छ । सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ । खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन । भाले, पोभी र जन्मेका बच्चाहरूलाई छुटै व्यवस्था गर्नुपर्ने हुन्छ ।
प्रजनन् गर्ने भालेको निम्ति उपयुक्त खोरको साइज : २’×२’
प्रजनन् गर्ने पोथिको निम्ति उपयुक्त खोरको साइज : ३२’×२’
जन्मेको बच्चाको निम्ति उपयुक्त खोरको साइज : २.५’×२’×२’
खरायोलाई कस्तो खाना खुवाउने ?
व्यावसायिक खरायो पालन गर्दा उचित वृद्धि विकासको लागि पोषण युक्त खानेकुरा खुवाउनु पर्छ । खरायोलाई रेसायुक्त खानेकुरा अर्थात घाँसको मात्रा ज्यादा खुवाउनुपर्छ । आवश्यक अन्य तत्त्वहरूको आपूर्तिको लागि मात्र दाना खुवाउनु पर्दछ ।
दाना खुवाउँदा क्रुड प्रोटिन १५ देखि १७ प्रतिशत (यो तत्त्व पोथी खरायोको लागि बढी आवश्यक पर्छ) । साथै, क्रुड फ्याट २.५ प्रतिशत, क्रुड फाइबर १२ देखि १८ प्रतिशत र इनर्जी २१ सयदेखि १५ सय दानामा मिसाइने तत्त्वहरूको प्रवृत्ति हेरेर खरायोलाई पहिचान भएको खुवाउन मिल्ने घाँस मात्र खुवाउनु पर्दछ ।
प्रजनन् :
एउटा वयस्क (६–७ महिना)को पोथी खरायोबाट वर्षमा ८ पटकसम्म बच्चा उत्पादन लिन सकिन्छ । खरायोको गर्भधान समय २८ देखि ३१ दिनको हुन्छ । प्रत्येक पटक गर्भाधारण गर्दा ५ देखि १२ वटासम्म बच्चा जन्माउन सक्छ । खरायो जन्मेको चार महिनामा मासुको निम्ति योग्य हुन्छ (२.३ किलो जिउँदो तौल) र मासुको तौल (१.१२ किलो) हुन्छ ।
खरायोको बजार कहाँ ?
खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि विस्तारै यसको माग बढिरहेको छ । यसको मासु पौष्टिक हुनुका केही कारण छन् । यो मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।
यसमा प्रोटिनको मात्रा बाख्रा, कुखुरा र बंगुरको भन्दा बढी हुन्छ । चिल्लोपना पनि अन्यको तुलनामा खरायोको मासुमा कम हुन्छ । त्यसैले यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषणग्रस्तका लागि उपयुक्त हुन्छ । खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिन्छ ।
नेपालमा खरायोको मासु भर्खर भर्खर खान थालिएको हो । तर, युरोपीयन देशमा भने खरायोको मासु खाने प्रचलन पुरानो हो । त्यसैले युरोपीयन पर्यटक बस्ने होटलहरुमा यसको माग बढी हुने गर्छ । अहिले मानिस होटल तथा रेष्टुराँमा जादाँ खरायोको मासुका परिकारहरु पनि मिठो मानि खाइरहेका हुन्छन् । अहिले नेपाली रेष्टुरेन्टमा पनि खरायको मासु बिक्री हुन्छ।
पछिल्लो समय आम मानिसमा खरायोको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो रहेको सूचना पाएसँग माग पनि बढ्न थालेको छ । पछिल्लो समय मानिसहरु सौखिन बन्दै गैरहेको अवस्था छ । त्यसैले नयाँ कुरा खाने र नयाँ कुरा लगाउने त फेसन नै बनेको छ । खरायोको भुत्लामा उच्च गुणस्तर को रेशा हुने हुनाले भेंडाको ऊन भन्दा १० गुना बढी न्यानो हुने हुनाले खरायोको छाला तथा भुत्लाबाट बनेका सामग्री महँगोमा बिक्री हुने गरेको छ ।
होटेल तथा रेस्टुरेन्टको मेनुमा खरायोको मासु, मम लगायतको परिकारको सूची समावेश हुनु र महँगो मुल्यमा मासु बिक्री वितरण हुनुले पनि खरायो पालन व्यवसायबाट धेरै आम्दानी गर्न सकिने अनुमान लगाउन सकिन्छ । बजारमा अहिले खरायोको मासुको मूल्य रु ९०० देखि रु १००० सम्ममा बिक्री वितरण भइरहेको देख्न सकिन्छ । यस्तै खरायोको १५ दिनको बच्चा प्रति गोटा करिव ८ सयको दरमा बेचिन्छ र बजारमा एउटा वयस्क खरायो प्रतिगोटा करिव १५ सय रुपैयाँमा किनबेच हुन्छ । छाला र भुत्लाको पनि बजारमा राम्रै माग भइरहेको हुँदा बिस्तारै गति लिँदै छ । तर, यो मूल्य ठाउँ अनुसार र समय अनुसार फरक फरक पर्न जान्छ ।
खरायो पालनका केहि चुनौतीखरायो पालन मात्रै होइन, जुनसुकै व्यवसाय गर्दा पनि चुनौति त आइपर्छ नै । तर, त्यो चुनौतिसँग भाग्ने होइन, डटेर अघि बढ्नुपर्छ । व्यावसायीक रुपमा खरायो पालन गर्दा विभिन्न खाले चुनौति आइपर्न सक्छन् । खरायो पालन नेपालमा नयाँ व्यवसाय रहेकाले चुनौति छन् । यसबारे आम मानिसलाई बुझाउनु नै मुख्य चुनौती हो ।
यसका साथै, नेपालमा खरायो पालन व्यावसायको अर्को चुनौती भनेको बजार व्यावस्थापन हो । उपभोक्ताहरुलाई खरायोको मासुको बारेमा सहि ज्ञान नहुनु नै बजार नपाउनुको मुख्य समस्या पनि हो । अहिले पनि धेरै मानिसलाई खरायो पालन र मासुको बारेमा त्यत्ति राम्ररी थाहा छैन । खरायोको मासु पनि खान हुन्छ र ? भन्ने प्रश्न अझै पनि हाम्रो समाजमा न उठ्ने होइन । तर पछिल्लो समय भने धेरै मानिसले बुझिसकेका छन् ।
यस्तै, अरु चुनौति भनेको नियमित बजार नपाउनु, गुणस्तरीय दानाको अभाब, उचित मूल्यमा दाना नपाउनु, केज, फिडर, पानी खुवाउने भाडा लगायतका सामाग्रीहरु सहज रुपमा उपलब्ध नहुनु, आवश्यक मात्रमा चिकित्सक उपलब्ध नहुनु आदी हुन् ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी :तपाईले कालिज पालन सम्बनिध जानकारी पनि लिनुभयो सामान्यतया खर्च र आम्दानी के कति हुने बुझ्नु भयो भने अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका साथै तपाइले नजिकैको एग्रो भेटमा वा विज्ञसङ सम्पर्क गर्न सक्नु हुन्छ। तपाईले यी माथि उल्लेखित कार्यालयको फोन नम्बर आफ्नो जिल्ला र प्रदेश अनुसार गुगलमा गएर सर्च गर्नु भयो भने सबै कार्यालयले आफ्नो वइवसाइडमा राखेका हुन्छन् । तपाई केही जानकारी लिन चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुनेछ ।
पशु सेवा तालिम केन्द्र,ललितपुर - फोन नं :०१-५५२००१०/०१-५५२१८११
हिमालयन र्याबिट फार्म सम्पर्क नम्बर- ९८५१०९६१८२
सन्दर्भ सामग्रीहरु : - वीकीपेडिया
- अर्थ डबली
- विभिन्न वेभ तथा फेसबुकका उपयुक्त सामग्री
- व्यवसायीहरु
- पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
के तपाईसँग थोरै पैसा छ र नेपालमै केहि व्यवसाय गर्न पाए हुन्थ्यो भनेर सोचिरहनु भएको छ ? अथवा भनौं- के तपाई थोरै लगानीमा पनि आफ्नै व्यवसाय गरेर आत्मानिर्भर बन्न चाहनु हुन्छ ? यदि यसो हो भने तपाईका लागि उपयुक्त व्यवसाय बन्न सक्छ - खरायो पालन । कम खर्च मै मनग्य आम्दानी हुने भएकाले पछिल्लो समय खरायो पालन प्रति मानिसहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।
खरायो पालन व्यवसाय सजिलो र राम्रो आम्दानी गर्न सकिने व्यवसाय मध्यमा पर्दछ। खरायो व्यवसाय मासु तथा रौ-छालाका लागि गरिन्छ। नेपालमा खरायो पालन धेरै पहिले देखि नै गरिएको हो तर पछिल्लो समय व्यवसायिक रुपमा खरायो पालन गरिन्छ । पछिल्ला दिनहरुमा ठूला होटल तथा रेष्टुराँहरुमा खरायोको मासुको माग बढ्दो छ । खरायोको मासु मुटुको रोगी, बालक र वृद्धवृद्धाका लागि पनि अत्यन्तै लाभकारी मानिन्छ ।
खरायो पालन अरु व्यवसाय भन्दा एकदमै सजिलो छ । साथै थोरै लगानीमा पनि यो व्यवसाय गर्न सकिन्छ । थोरै क्षेत्रफलमा स्थानीय श्रोत साधनहरू जस्तै बाँस, काठ प्रयोग गरेर खोर बनाइ खरायो पालन गर्न सकिन्छ । खरायो पालनको लागि ठुलो प्राविधिक ज्ञानको समेत आवश्यकता पर्दैन । सामान्य जानकारी र परामर्श लिएर जो कोहीले पनि सजिलै यो व्यवसाय सञ्चालन गर्न सक्छन् ।
खरायो पालन गर्न मौसम, क्षेत्र र भूभागले केही असर पार्दैन । हिमाल, पहाड, तराइको जुनसुकै स्थानमा पनि खरायो पालन गर्न सकिन्छ । अरु पशु पालनलाई जस्तो खरायोलाई धेरै स्याहारको पनि जरुरी पर्दैन । यसलाई दिनमा ३ पटक घाँस, दान(पानी हाले पुग्छ । यदि दाना अभाव भएमा आफ्नै वरपर भएका हरियो घाँस खुवाएर मात्र पनि पाल्न सकिन्छ, जसले गर्दा कम लागतमा पनि धेरै फाइदा लिन सकिने व्यवसायमा पर्छ ।
खरायोको छालाबाट विभिन्न किसिमका आकर्षक वस्तुहरू उत्पादन गर्न सकिने हुँदा, यसको प्रशोधन तथा बिक्री वितरण गरी आम्दानी बढाउन सकिन्छ । साथै खरायोको मल अन्य जनावरहरूको तुलनामा प्रभावकारी भएकोले प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न सकिन्छ । खरायो छिटो हुर्कने, एकै पटकमा १२ ओटासम्म बच्चा पाउने, हरेक ३० देखि ३५ दिनको फरकमा ब्याउने र बच्चा साढे २ देखि ३ किलोको भएपछि बजारमा पठाउन तयार हुने भएकाले खरायो पालन धेरै राम्रो व्यवसाय हो ।
जात (नश्ल) को छनोट:
खरायोको मासुको प्रयोग चीन, रसिया, फ्रान्स, इटालीमा लाखौँ टन प्रतिवर्ष खपत भइरहेको छ । मासु उत्पादनको लागि संसारमा विभिन्न जातका खरायोहरू उपलब्ध छन् । नेपालको लागि भने नेपाल कृषि अनुसन्धान परिषद्ले परीक्षण गरी नेपालमा उपलब्ध भएका जात मध्ये न्युजिल्याण्ड ह्वाइट र सोभियत चिन्चिला उपयुक्त मानेको छ ।
१: White giant(सेतो खरायो) २: Grey gaint(खैरो खरायो) ३: फ्लेमिस ४: न्युजिल्यान्ड सेतो ५: न्युजिल्यान्ड रातो ६: क्यालिफोर्नियन खरायो ७: डच ८: सोभियत चिचिला आदि खरायोका मुख्य ब्याबसायिक प्रजातिहरु हुन।
खोर कसरी बनाउने ?
खरायो पालन गर्नका लागि खोर बनाउँदा एकदमै ध्यान दिनुपर्छ । खोर निर्माण गर्दा मुसा नछिर्ने गरी चारैतिर छेकबार गर्नुपर्छ । आफ्नो ठाउँमा उपलब्ध श्रोत साधनहरूको प्रयोग गरी खरायोको खोर बनाउन सकिन्छ । खोर निर्माणको लागि बाँस, काठ, फलाम वा जालीको प्रयोग सकिन्छ । खोरमा बाहिरैबाट घाँस पानी खुवाउन सकिने गरी निर्माण गर्नुपर्छ ।
खरायोका लागि उचित भेन्टिलेसनको व्यवस्था भएको खोर बनाउँनुपर्छ । खरायोका लागि उचित श्वासप्रश्वासको निम्ति उपयुक्त हावाको सञ्चार आवश्यक हुन्छ । विशेषगरी खरायोको खोरभित्र हावाको तेज बहाव र कम बहाव हुनु हुँदैन ।साथै खरायोको खोरमा कम्तिमा १६ घण्टा उज्यालोको व्यवस्था हुनुपर्छ । खोरभित्रको तापक्रम भने १० देखि २५ डिग्रि सेल्सियससम्मको उत्तम हुन्छ ।
यदी ३५ डिग्रि भन्दा बढी भएमा एक्जस्ट फ्यानको व्यवस्था गनुपर्छ । यस्तै खोरको सरसफाईमा पनि विशेगा ध्यान पुर्याउँनुपर्छ । खरायोपालन सबैभन्दा बढी ध्यान दिनुपर्ने भनेको सरसफाईमा हो । यस्तै, प्रजनन्को निम्ति छुटै कोठाको व्यवस्था समेत गर्नुपर्ने हुन्छ । व्यवसायिक रुपमा खरायो पालन गर्दा भाले र पोथीलाई फरक फरक ठाउँमा राखेर योजनामा नै प्रजनन गराइन्छ । सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ । खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन । भाले, पोभी र जन्मेका बच्चाहरूलाई छुटै व्यवस्था गर्नुपर्ने हुन्छ ।
प्रजनन् गर्ने भालेको निम्ति उपयुक्त खोरको साइज : २’×२’
प्रजनन् गर्ने पोथिको निम्ति उपयुक्त खोरको साइज : ३२’×२’
जन्मेको बच्चाको निम्ति उपयुक्त खोरको साइज : २.५’×२’×२’
खरायोलाई कस्तो खाना खुवाउने ?
व्यावसायिक खरायो पालन गर्दा उचित वृद्धि विकासको लागि पोषण युक्त खानेकुरा खुवाउनु पर्छ । खरायोलाई रेसायुक्त खानेकुरा अर्थात घाँसको मात्रा ज्यादा खुवाउनुपर्छ । आवश्यक अन्य तत्त्वहरूको आपूर्तिको लागि मात्र दाना खुवाउनु पर्दछ ।
दाना खुवाउँदा क्रुड प्रोटिन १५ देखि १७ प्रतिशत (यो तत्त्व पोथी खरायोको लागि बढी आवश्यक पर्छ) । साथै, क्रुड फ्याट २.५ प्रतिशत, क्रुड फाइबर १२ देखि १८ प्रतिशत र इनर्जी २१ सयदेखि १५ सय दानामा मिसाइने तत्त्वहरूको प्रवृत्ति हेरेर खरायोलाई पहिचान भएको खुवाउन मिल्ने घाँस मात्र खुवाउनु पर्दछ ।
प्रजनन् :
एउटा वयस्क (६–७ महिना)को पोथी खरायोबाट वर्षमा ८ पटकसम्म बच्चा उत्पादन लिन सकिन्छ । खरायोको गर्भधान समय २८ देखि ३१ दिनको हुन्छ । प्रत्येक पटक गर्भाधारण गर्दा ५ देखि १२ वटासम्म बच्चा जन्माउन सक्छ । खरायो जन्मेको चार महिनामा मासुको निम्ति योग्य हुन्छ (२.३ किलो जिउँदो तौल) र मासुको तौल (१.१२ किलो) हुन्छ ।
खरायोको बजार कहाँ ?
खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि विस्तारै यसको माग बढिरहेको छ । यसको मासु पौष्टिक हुनुका केही कारण छन् । यो मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।
यसमा प्रोटिनको मात्रा बाख्रा, कुखुरा र बंगुरको भन्दा बढी हुन्छ । चिल्लोपना पनि अन्यको तुलनामा खरायोको मासुमा कम हुन्छ । त्यसैले यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषणग्रस्तका लागि उपयुक्त हुन्छ । खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिन्छ ।
नेपालमा खरायोको मासु भर्खर भर्खर खान थालिएको हो । तर, युरोपीयन देशमा भने खरायोको मासु खाने प्रचलन पुरानो हो । त्यसैले युरोपीयन पर्यटक बस्ने होटलहरुमा यसको माग बढी हुने गर्छ । अहिले मानिस होटल तथा रेष्टुराँमा जादाँ खरायोको मासुका परिकारहरु पनि मिठो मानि खाइरहेका हुन्छन् । अहिले नेपाली रेष्टुरेन्टमा पनि खरायको मासु बिक्री हुन्छ।
पछिल्लो समय आम मानिसमा खरायोको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो रहेको सूचना पाएसँग माग पनि बढ्न थालेको छ । पछिल्लो समय मानिसहरु सौखिन बन्दै गैरहेको अवस्था छ । त्यसैले नयाँ कुरा खाने र नयाँ कुरा लगाउने त फेसन नै बनेको छ । खरायोको भुत्लामा उच्च गुणस्तर को रेशा हुने हुनाले भेंडाको ऊन भन्दा १० गुना बढी न्यानो हुने हुनाले खरायोको छाला तथा भुत्लाबाट बनेका सामग्री महँगोमा बिक्री हुने गरेको छ ।
होटेल तथा रेस्टुरेन्टको मेनुमा खरायोको मासु, मम लगायतको परिकारको सूची समावेश हुनु र महँगो मुल्यमा मासु बिक्री वितरण हुनुले पनि खरायो पालन व्यवसायबाट धेरै आम्दानी गर्न सकिने अनुमान लगाउन सकिन्छ । बजारमा अहिले खरायोको मासुको मूल्य रु ९०० देखि रु १००० सम्ममा बिक्री वितरण भइरहेको देख्न सकिन्छ । यस्तै खरायोको १५ दिनको बच्चा प्रति गोटा करिव ८ सयको दरमा बेचिन्छ र बजारमा एउटा वयस्क खरायो प्रतिगोटा करिव १५ सय रुपैयाँमा किनबेच हुन्छ । छाला र भुत्लाको पनि बजारमा राम्रै माग भइरहेको हुँदा बिस्तारै गति लिँदै छ । तर, यो मूल्य ठाउँ अनुसार र समय अनुसार फरक फरक पर्न जान्छ ।
खरायो पालनका केहि चुनौती खरायो पालन मात्रै होइन, जुनसुकै व्यवसाय गर्दा पनि चुनौति त आइपर्छ नै । तर, त्यो चुनौतिसँग भाग्ने होइन, डटेर अघि बढ्नुपर्छ । व्यावसायीक रुपमा खरायो पालन गर्दा विभिन्न खाले चुनौति आइपर्न सक्छन् । खरायो पालन नेपालमा नयाँ व्यवसाय रहेकाले चुनौति छन् । यसबारे आम मानिसलाई बुझाउनु नै मुख्य चुनौती हो ।
यसका साथै, नेपालमा खरायो पालन व्यावसायको अर्को चुनौती भनेको बजार व्यावस्थापन हो । उपभोक्ताहरुलाई खरायोको मासुको बारेमा सहि ज्ञान नहुनु नै बजार नपाउनुको मुख्य समस्या पनि हो । अहिले पनि धेरै मानिसलाई खरायो पालन र मासुको बारेमा त्यत्ति राम्ररी थाहा छैन । खरायोको मासु पनि खान हुन्छ र ? भन्ने प्रश्न अझै पनि हाम्रो समाजमा न उठ्ने होइन । तर पछिल्लो समय भने धेरै मानिसले बुझिसकेका छन् ।
यस्तै, अरु चुनौति भनेको नियमित बजार नपाउनु, गुणस्तरीय दानाको अभाब, उचित मूल्यमा दाना नपाउनु, केज, फिडर, पानी खुवाउने भाडा लगायतका सामाग्रीहरु सहज रुपमा उपलब्ध नहुनु, आवश्यक मात्रमा चिकित्सक उपलब्ध नहुनु आदी हुन् ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी : तपाईले कालिज पालन सम्बनिध जानकारी पनि लिनुभयो सामान्यतया खर्च र आम्दानी के कति हुने बुझ्नु भयो भने अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका साथै तपाइले नजिकैको एग्रो भेटमा वा विज्ञसङ सम्पर्क गर्न सक्नु हुन्छ। तपाईले यी माथि उल्लेखित कार्यालयको फोन नम्बर आफ्नो जिल्ला र प्रदेश अनुसार गुगलमा गएर सर्च गर्नु भयो भने सबै कार्यालयले आफ्नो वइवसाइडमा राखेका हुन्छन् । तपाई केही जानकारी लिन चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुनेछ ।