परिचय सामान्य अर्थमा कौसी तरकारी खेती भन्नाले खेती गर्ने जमिनको अभाब रहेको घना बस्ती भएका शहरी वा शहरउन्मुख क्षेत्रमा परिवारको दैनिक तरकारीको आबश्यकता पूर्ति गर्नको लागि गरिने तरकारी,फलफुल तथा मसलाबालीको खेतीलाई बुझिन्छ । हाल आएर यस प्रबिधिको नेपालको शहरी क्षेत्रमा लोकप्रियता बढ्दै गएको पाईन्छ ।
कौसी खेतीका फाइदाहरू
परिवारको इच्छा अनुसारको स्बच्छ एवं ताजा तरकारी तथा फलफुल आपूर्ति हुने
दैनिक तरकारी तथा फलफुल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने
दैनिक भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुने
फुर्सदको समयको सदुपयोग हुने
शारिरिक तथा मानसिक तन्दुरुस्ती मिल्ने
कौसी खेतीको लागि स्थानको छनौट कौसी खेतीको लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसँग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरू उपयुक्त हुन्छन् :
- घरको छत घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने पदार्थहरू तरकारीबाली विकास केन्द्र, खुमलटार, ललितपुर (Medium) जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।
- घरको बरण्डा पक्की घरमा घर अनुसार निकालिएका कौसीहरू (Balcony) मा उपयुक्त–आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।
कौसी खेतीका लागि संरचनाको छनौट - माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस,माछा प्याकिंग भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिका थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् ।
- यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा आदि प्रयोग गर्नु बढी व्यावहारिक देखिन्छ ।
यी भांडाहरूको पिंधमा पानी निथ्रेर जाने स–साना प्वालहरू हुनु आवश्यक छ । खर्चको दृष्टिकोणले प्लाष्टिक थैला वा बोरा सबैभन्दा सस्तो पर्दछ । तर यो एक पटक मात्र प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस र सिमेन्टका संरचना महंगो पर्दछन् तर पटक पटक प्रयोगमा ल्याउन सकिन्छ ।
कौसी खेतीको लागि वालीको छनौट कौसी खेतीमा लगाउने बाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू : - जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने - छिटो उत्पादन दिने - लामो समयसम्म उत्पादन दिने - बोट धेरै नझाङ्गिने
कौसी खेतिका लागि उपयुक्त केही तरकारीहरू:
गोलभेंडा
बाली जात- मनप्रेकस, अभिनाश, मनिषा, सिर्जना, लगायत सिफारिस गरिएका अन्य जातहरू
भण्टा
बाली जात- पुसा पर्पल लङ, नूर्की, जुम्ली स्थानीय आदि
बाली जात- स्थानिय, पुषा चिल्लो, कान्तिपुरे, नारायणी
जुकेनी
बाली जात- ग्रे कोट, सोठडोैं भी आदि
काउली
बाली जात- खुमल ज्यापू,सिल्भर कप, ह्वाइट कप, स्नो मिस्टिक, काठमाण्डौ लोकल आदि
बन्दा
बाली जात- टी ६२१, ग्रीन कोरोनेट आदि
यस बाहेक कौसीमा धनिया,,लसुन, पालुंगो, जिरीको साग आदि जस्ता तरकारी बाली समेत लगाउन सकिन्छ ।
कौसी खेतीका लागि माटो ब्यबस्थापन कौसी खेतीमा माटो ब्यवस्थापनपूर्व माटोका निम्नलिखित कुरामा जानकारी हासिल गर्न आबश्यक पर्दछ ।
१. माटोको प्रकार (वलौटेमाटो — खेतीको लागि अयोग्य, वलौटे दुमट —मुला, गाजर, प्याज, दुमट — सवै खालको तरकारी लगाउन सकीने, चिम्टाइलो — तरकारीको लागि त्यति उपयुक्त नहुने)
२. माटोमा उपलव्ध प्रांगारिक पदार्थ (खनिज माटो ९—२० प्रतिशत मात्र कुहिएका वस्तु मिसिएको माटो, प्रांगारिक माटो ९२० प्रतिशत भन्दा वढी मात्र कुहिएका वस्तु मिसिएको)
यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने वाली अनुसार उपयुक्त माटोको छनौट गर्न आबश्यक छ । माटो उपयुक्त छैन भने पनि वजारमा उपलब्ध मधुमास (cocopeat) तथा प्रांगारिक मलको प्रयोग गरी माटो सुधार गर्न सकिनाका साथै प्रांगारिक पर्दाथको उपलब्धता बढाइ माटोमा जैविक कृयाकलाप बढाउन सकिन्छ ।
माटो विरुवा अडिने आधार मात्र हो तसर्थ त्यसमा विरुवालाइ आबश्यक खाद्यपर्दाथ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने ब्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा बायुमण्डलीय नाइट्रोजनको मात्रा थप्न कोसेबालीको बाली चक्र अपनाएमा उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।
कौसीमा तरकारी उत्पादनको लागि माटो ब्यबस्थापनमा ध्यान दिनुपर्ने कुराहरू - स्वस्थ्य र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई चालेर सफा गर्नुपर्दछ ।
- त्यसपछि गेगर नमिसिएको राम्रो बालुवा र राम्रोसँग पाकेको कम्पोष्ट मल वा गोवर मल वा जंगलमा पतिङर कुहिएर बनेको मल धूलो पारेर केलाई चाल्नाले अथवा जालीले चाल्नुपर्दछ ।
- २ भाग माटोमा एक भाग कम्पोष्ट मिसाउने यदि बालुवा नभएको माटो छ भने एक भाग बालुवा पनि मिसाउने
- भांडो वा संरचनामा समिश्रण भर्नुभन्दा पहिलो साना साना इटका टुक्रा वा गेगरले भाडोका प्वालको सतहसम्म पुग्ने गरी भर्नु पर्दछ ।
- प्लाष्टिकको थैला वा भाडोमा समिश्रण भर्दा गमला वा काठको बाकसमा समिश्रण पुरा नभरेर केहि ठाउँ खाली राख्नु पर्दछ ।
- प्लाष्टिक थैलामा दुई तिहाई मात्र समिश्रण भरेर एक तिहाई भाग उल्टाउदै लगेर समाउन सजिलो पार्नु पर्दछ ।
- भरेको समिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरूवा सार्नु पर्दछ ।
कौसी खेतीका लागि माटो छनौट गर्दा निम्न कुरामा ध्यान दिन आबश्यक हुन्छ
- माटोको प्रकार तथा लगाउने बालीको आबश्यकता - माटोमा रहेको प्रांगारिक पर्दाथको अबस्था (सामान्यतया माटोको रंगलाई बिचार गरेर) - माटोको अम्लियपना वा क्षारियपनाको अबस्था - माटोबाट सर्ने रोग तथा कीराको अबस्था (पहिला भएको बाली तथा तिनमा लागेको रोग कीराको अबस्था बिश्लेषण गरेर)
कौसी खेती कम माटोमा सघन रुपबाट तरकारी खेती गरिने प्रबिधि भएकोले समुचित रुपमा मलखादको ब्यबस्थापन गर्न अत्याबश्यक हुन्छ । मलखादको प्रयोग गर्दा लगाईएको तरकारी बालीको किसिम, आबश्यक मलखादको मात्रा आदि कुरालाई ध्यान दिन आबश्यक छ अन्यथा अपेक्षित रुपमा उत्पादन लिन सकिदैन ।
कौसी खेतीको लागि खेर गएका सड्ने बस्तु कुहाई घरमै मल बनाउनाको साथै बजारमा उपलब्ध बिभिन्न प्रकारका प्रांगारिक मल तथा आबश्यकता खाद्यतत्व आपूर्ति गर्न रासायनिक मलको समेत प्रयोग गर्न सकिन्छ । कौसी खेती गर्दा मलखाद ब्यबस्थापन गर्दा कोसेबालीको प्रयोग तथा बालीचक्र प्रणालीको अबलम्बनमा ध्यान दिन आबश्यक छ ।
विरुवाका आवश्यक खाद्य तत्वहरूको अभावमा विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्वको अभावमा त्यस तत्वले गर्ने काम अर्को तत्वले गर्न सक्दैनन तथा ती तत्वहरूले विरुवाको वृद्धि तथा विकासमा सोझै असर पार्दछन तसर्थ विरुवाको समूचित खाद्यतत्व ब्यवस्थापनमा सदैव ध्यान दिन जरुरी हुन्छ ।
खाद्यतत्वको वर्गिकरणः विरुवालाइ आबश्यक खाद्यतत्वको मात्राको आधारमा खाद्यतत्वलाइ निम्नलिखित तहमा बर्गीकरण गरिएको छ :
प्राथमिक खाद्य तत्व : कार्वन, हाइड्रोजन, अक्सिजन जुन हावा तथा पानीवाट प्राप्त हुन्छन् ।
मुख्य तत्व : नाइट्रोजन, फस्फोरस, पोटास जसको लागि रासायनिक तथा प्रांगारिक स्रोतको प्रयोग गर्नु पर्दछ ।
सहायक तत्वः क्याल्सियम, म्याग्नेसियम, सल्फर पोटास जसको लागि रासायनिक,प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।
सुक्ष्म तत्व : सुहाग, जस्ता, म्यागनिज, मोलिब्डेनम, ताँवा, क्लोरिन र फलाम पोटास जसको लागि रासायनिक, प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्मतत्वको प्रयोग गर्नु पर्दछ ।
कौसी खेतीको आकार कौसी बारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता,उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतया ४ देखी ६ जना परिबारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०–५० वटा गमला वा अन्य संरचनाहरू र २५–३० बर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ ।
कौसी खेती बिस्तार गर्न आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसले कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत विचार पुर्याउन आबश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरू प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धति (vertical system) मा खेती गर्न सकिन्छ ।
केही प्रमुख तरकारीवालीहरूका लागि आबश्यक संरचनाको गहिराइ र चौडाइ
कौसी खेतीमा हेरचाह तथा गोडमेल - गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ ।
- बोटलाई साना साना करिब १ मिटर लामो बांसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ । लहरेबालीलाई डोरीको सहायताले बढन दिनु पर्दछ ।
- कौसीमा खेती गरिएका फलफुल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ । बढी सुख्खा र बढी पानी हुन दिनु हुदैन । कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरूवा ओइलाउन थाल्दछ । त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ ।
बाली टिपाई तरकारी तथा फलफुलको उपयुक्त अबस्थाको विचार गरी टिप्नु पर्दछ । फल ठूलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ । तसर्थ टिप्न योग्य अबस्थाको विचार गरी टिप्दै जानु पदर्छ ।