बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

तरकारी बजारमा पठाउनु अघि के-के कुरामा ध्यान दिने ?

सोमबार, असार ४ २०८१
10 views
तरकारी बजारमा पठाउनु अघि के-के कुरामा ध्यान दिने ?

समाचार शेयर गर्नुहोस्

Share this news

तरकारीबाली टिपेपछि वा कटाइपछि आकर्षक र उपयुक्त स्तरमा बजार पठाउन तलका कुराहरूमा ध्यान दिनुपर्छ :

१. तरकारीको सफाई :
बजारमा सफा र ताजा तरकारीले बढि मूल्य पाउँछ । ग्राहकले माटो लागेको वा अन्य फोहरलागेको तरकारी किन्न रुचाउँदैनन् ।

मूला, गाजर, सलगम, रायोसाग, चम्सुर, पालुङ्गो र यस्तै प्रकारका तरकारीहरूलाई टिपेपछि वा जमिनबाट उखेलेपछि सफा पानीले पखालेको खण्डमा, टाँसिएको माटो, फोहर पातमा बाँकी रहेका औषधि, कीराहरू,चराहरूका बिष्टा आदि सबै पखालिन्छन् र तरकारी ताजा, चम्किला र रहरलाग्दा देखिन्छन् ।

यसरी पखाल्नाले ओइलाउने सागपातहरू कम ओईलाउने पनि हुन्छन् । मूला, गाजर, फर्सी, खर्बुजा, तर्बुजा आदिलाई पानीले पखालिसकेपछि नरम कपडाले पुछि सुख्खा पारिनुपर्छ ।

गोलभेंडा, काँक्रो, रामतोरिया, भेंडेखुर्सानी भण्टा आदिलाई भिजेको कपडाले पुछेर चम्किलो बनाउनुपर्दछ ।

मुठा पारिएका तरकारीहरूमा बढि पानी छम्कनाले गर्मी याममा चाँडै कुहिने पनि हुन्छ । बजारमा सफा र ठिक मात्रामा मात्र चिसो अवस्थामा तरकारी बेच्न राखिनु पर्दछ ।

२. तरकारीको छटाई :
सफाईको साथै रोग लागेको, कुहिएको र पाते तरकारीहरूमा पहेंलिएका पातहरू छटाई गरी हटाउनु पर्दछ । यस प्रकारको छटाईबाट तरकारी राम्रो देखिने र कम कुहिने हुन्छ ।

३. छनौट, वर्गिकरण र स्तरीकरणः
विभिन्न तरकारीको जात, आकार, प्रकार, सानो, ठूलो आदिको आधारमा तरकारीको वर्गिकरण गरी स्तर निर्धारण गर्नुपर्छ । हाम्रो बजारमा गोलभेंडा, आलु, भण्टा आदि तरकारीहरू डोकामा बोकेर ल्याउने किसानहरूले बाहिर र माथिपट्टि राम्रा दाना र भित्र मसिना दाना राखेर बेच्न ल्याएको देखिन्छ ।

तर यसरी ल्याएतापनि दलाल वा उपभोक्ताले किसानको या चतु¥याई तुरुन्तै बुझिहाल्छन् र मूल्य घटाइदिन्छन् । त्यस्तै बजारमा बेच्न राखेको मूला, गाजर वा रायोको साग पनि यसो उचालेर हेरेमा राम्रो र नराम्रो मिसाएर मुठा पारेको पाइन्छ ।

यस्ता अवस्थामा मोलतोल र भाउताउमा बढि झन्झट हुन्छ । यसको बदलामा राम्रो–राम्रोको एक वर्ग र नराम्रो–नराम्रोको अर्को वर्ग गरेर राम्रोको राम्रो मूल्य र सस्तो खोज्नेलाई निम्नकोटीको तरकारी र राम्रो मूल्य तिर्ने ग्राहकलाई उच्चकोटीको तरकारी बिक्री–वितरणको व्यवस्था गरेमा राम्रो उत्पादनले राम्रो मूल्य, तल्लो स्तरको उत्पादनले तल्लो स्तरको मूल्य पाउने हुँदा उत्पादक, वितरक र उपभोक्ता सबैलाई फाइदा हुन्छ ।

तरकारीको छनौट, वर्गिकरण र स्तरीयकरण, सफाई र छटाइको कार्य एकै साथ गरिनुपर्छ । विभिन्न वर्ग(ग्रेड) मा तरकारी छुट्याई बेच्ने गरेमा कसैले पनि खोट लाउने ठाउँ रहँदैन र उचित मूल्य प्राप्त गर्न सकिन्छ ।

४. संवेष्टीकरण (Packing) तथा नामाङ्कन
तरकारीबाली टिपाई र वर्गिकरणपछि बजार पठाउनको लागि संवेष्टीकरण (प्याकिङ्ग) गरिनुपर्दछ । तरकारीको किसिम, यातायातको साधन र मौसम अनुसार तरकारीहरू नबिग्रने किसिमबाट संवेष्टीकरण गरिनुपर्दछ ।

हाम्रा प्रचलित संवेष्टीकरणका साधानहरूमा डोको, टोकरी, क्रेट, बोरा आदि पर्दछन् । नेपालमा खास स्तरयुक्त संवेष्टीकरणका साधनहरू उपलब्ध छैनन् र तरकारीको संवेष्टीकरण पनि स्थान विशेष र उत्पादन स्थलदेखि बजारको दुरीमा भर पर्दछ । खास गरेर निम्न अनुसार संवेष्टीकरण गर्ने प्रचलन छ :

(क) स्थानीय बजारको लागि संवेष्टीकरण (Packing) :
स्थानीय बजारको लागि तरकारीहरू खास किसिमको संवेष्टन नगरी, डोको, खर्पन वा साईकलको पछाडि राखेर बजारसम्म पु¥याइन्छ ।

रायो, चम्सुर, पालुङ्गो, मूला, गाजर, सलगम जस्ता तरकारीहरू सफाई र छटाइपछि मुठा–मुठा पारेर बजारसम्म पु¥याइन्छ र मुठा गन्तीकै आधारमा साना र ठूला मुठाको मोलतोल गरी बेचिन्छ ।

स्थानीय प्रचलन अनुसार कतै तौलको आधारमा र कतै मुठाको आधारमा बेचिन्छ।

प्याज, केराउकोसा, गोलभेंडा, भण्टा, भेडेंखुर्सानी आदि तौलको आधारमा बेचिन्छ भने फर्सी, काँक्रो, घिरिौला, लौका आदि गोटा गन्तीको आधारमा बेचिन्छ ।

बजारसम्म लैजान, डोको वा खर्पनको प्रयोग गरिन्छ र कुनै प्रकारको संवेष्टीकरण गरिदैन ।

काउली, बन्दा जस्ता तरकारीहरू खेतबाट काटेर पात समेत बजार पु¥याउने चलन काठमाडौं उपत्यकामा छ ।

(ख) टाढा बजारको लागि संवेष्टीकरण (Packing):
टाढाको बजारमा पठाइने मूला, सलगम आदि सफाइपछि सिधै ट्रकमा लादेर वा मुठा–मुठा पारेर ट्रकमा लादेर पठाइने प्रचलन छ ।

तराईबाट काठमाडौं उपत्यका र पोखरा उपत्यका जस्ता ठाउँमा पठाउने गोलभेंडा, भण्टा, करेला, बोडी, परवल आदि तरकारीहरू टोकरीमा संवेष्टनको लागि बाँसको टोकरीमा पराल वा नरम वस्तु ओछ्याएर त्यसमा गोलभेंडा, बोडी जस्ता तरकारी भरेर बोराको टुक्रा, केराका पातले छोपेर राम्रोसँग संवेष्टन गरे तरकारी बिग्रने डर कम हुन्छ ।

प्याज, परबल, भण्टा, रामतोरिया तथा मटर केराउलाई पातलो बोरामा पनि संवेष्टन गर्न सकिन्छ ।

उपभोक्ताको लागि संवेष्टन (Packing):

नेपालको बजारमा उपभोक्ताको लागि संवेष्टन गरिने चलन छैन । तरकारी किन्न जानेले आपूmसँग झोला, टोकरी जे छ, लिएर जानुपर्छ । विकसित मुलुकहरूमा भने तरकारी किनेपछि पोलिथिनको थैला वा कागजका थैलाहरमा वा प्लाष्टिकका कार्टुनहरूमा संवेष्टन गरेर दिने चलन छ । हाल नेपालमा पनि प्लाष्टिकको थैलामा तरकारी संवेष्टन गर्ने चलन बसेको छ ।

तरकारीको ताजापनाको बचावट :
बजारको लागि तरकारी टिपेपछि तरकारीको ताजापना र गुणस्तर कायम राख्न तलका कुराहरूमा ध्यान दिनुपर्दछ ।

१. तरकारी टिप्दा बिहान सबेरै वा साँझमा टिपेर सफाई र छटाई तुरुन्त गरी बजार चलान गर्नुपर्छ दिउँसो घाम चर्केको बेलामा टिप्नु हुँदैन ।

२. तरकारी टिपेपछि खुला हावा सञ्चार हुने छायाँ वा शीतल ठाउँमा राखिनुपर्दछ । सिधा घामबाट बचाउनु पर्दछ । हल्का तरिकाले एक दुई पटक पानी छम्कने पनि गर्नु पर्दछ ।

३. जति तातोपना बढ्छ, तरकारीको गुणस्तर त्यतिकै छिटो बिग्रन्छ । त्यसैले चिसो अवस्थामा तरकारीलई राख्न विकसित देशहरूमा रेफ्रिजरेटरको प्रयोग र अन्य चिसो पार्ने मेशिनहरूको उपयोग गरिन्छ । हामी कहाँ त्यस्तो सुविधाको विकास नहुन्जेल चिसो पानीमा केही क्षण डुबाएर छायाँमा फिजाई राख्नाले पनि केही फाइदा लिन सकिन्छ ।

४. प्राय सबै ताजा तरकारीहरूको सतहबाट बाष्पीकरण भएर पानी उडिरहेको हुन्छ । यसै कारणले गर्दा तरकारीहरू ओइलाउने र चाउरीपर्ने हुन्छ र तौल घट्दछ । जति तापक्रम बढ्छ र हावा सुख्खा हुन्छ । त्यतिकै छिटो ओइलाउने र चाउरीपर्ने बढि हुन्छ । यो प्रक्रियालाई कम गर्न पनि तापक्रम घटाउनु र आद्र्रता बढाउनु नै मुख्य हुन्छ । त्यसैले शीतल ठाउँमा वा चिसो भण्डारमा समय समयमा पानी छम्कँदै तरकारीलाई खुला रुपमा फैलाएर राख्नुपर्दछ ।

५. ताजा तरकारीमा केही कुहिएको वा रोग लागेका तरकारी मिसिएका छन् भने ती कुहिएका वा रोगी तरकारीले पुरै तरकारीमा रोग फैलाउने डर हुन्छ । त्यसैले खेतबाट बाली टिप्दा रोगी र कीराग्रस्त तरकारीलाई हटाउनु पर्दछ । सफाइ र छटाइ गर्दा विशेषत : यस कुरामा ध्यान दिनुपर्दछ ।

Source: तरकारीबाली विकास केन्द्र, खुमलटार

थप समाचार