बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बहु उपयोगी भटमास खेतीबारे महत्वपूर्ण जानकारी

मंगलबार, असार ५ २०८१
10 views
बहु उपयोगी भटमास खेतीबारे महत्वपूर्ण जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

भटमास नेपालमा लामो समय देखि खेती गर्दै आएको एक महत्वपुर्ण कोशे वाली हो । यो तरकारी, दाल, खान तथा दालमोठ, दुध, वटर, चिज, तेल, लगायत खाद्य वस्तु र पेन्ट इनामेल तथा पशु आहार वनाउन प्रयोग हुन्छ । यस्मा ४०–५०५ प्रोटीन र २०–२५५ चिल्लो हुन्छ ।

हावापानी :

यो तराई देखि पहाड सम्म खेती गर्न सकिने वाली हो । साधारणतया यो वर्षे वालीको रुपमा खेती गरिन्छ ।

माटोः–

अरु वाली भन्दा यो वाली रुखो र अम्लिय माटो भएको स्थानमा पनि लगाउन सकिन्छ । ४–५ वर्ष सम्म लगातार भटमास लगाई रहंदा माटोमा अम्लियपन वढन सक्छ , यसो भएमा कृषि चुना ५०० के.जी/हे. प्रयोग गर्नुपर्छ ।

जिवाणु/जैविक मलको प्रयोगः–

भटमासको जरामा पाईने गिर्खामा राईजोवियम व्याक्टेरियाले हावावाट नाईट्रोजन स्थिरीकरण गर्ने हुंदा जैविक मलले बीउ उपचार गरि वाली लगाएमा नाईट्रोजन स्थिरीकरण अझ वढन गई भटमासको उत्पादन वढछ साथै पछि लगाईने वालीका लागी समेत नाईट्रोजन उपलव्ध हुन्छ ।

राईजोवियम जायोनिकमले बीउ उपचार गर्दा १०–३०५ उत्पादन वढछ, र पछिल्लो वालीलाई १०० के.जी. सम्म नाईट्रोजन उपलव्ध हुन्छ । जिवाणुयूक्त मलले बीउ उपचार गर्न एक किलो बीउका लागी २० ग्राम मल आवश्यक पर्छ ।

सर्व प्रथम १०५ को चिनी पानी वा भेली पानी तयार गरिन्छ अर्थात १ लि. पानीमा १०० ग्राम चिनी वा भेली मिसाई केही वेर पकाई सेलाईन्छ । सेलाए पछि त्यसमा २०० ग्राम जैविक मल मिलाईन्छ ।

यो लेदोमा १० किलो बीउ उपचार गर्न सकिन्छ । बीउ उपचार गरेपछि २४ घण्टा भित्र रोपी सक्नु पर्छ । बीउ उपचार गरेपछि छाँयामा राख्नु पर्छ । जिवाणुले र विषादीले एकै पटक उपचार गर्नु हुदैन ।

723985922Sojabohne_wilbois.jpeg

जातहरुः–

यो वाली विभिन्न स्थानिय र उन्नत जातहरु खेती गर्ने गरिन्छ । स्थान अनुसार स्थानिय जातहरुको राम्रो उत्पादन क्षमता रहेको पाईएको छ । सिफारीस गरिएका जातहरु यस प्रकार छन्।

१. तराईका लागी : हार्डी र कब

२. पहाडका लागी : हिल, रेन्सन, सेती, लुम्ले –१, तरकारी भटमास –१

नयाँ जातहरु : –  4B – 81  (छिटो पाक्ने) PK- 32-1, PK- 7394, PK-416  आदि ।

मलखादः–

माटोमा प्रशस्त प्रङ्गारिक पदार्थ भएमा यसले वालीको पैतृक गुणमा समेत सुधार आउछ । मकै संग अन्तरवाली गर्दा मकैमा प्रयोग गरिएको मलले भटमास लाई समेत काम गर्छ । भटमास अलग्गै लगाँउदा २०ः४०ः२० का दरले मल दिनु उपयूक्त हुन्छ ।

लगाउने समय :

वाली छिटो लगाए वोट धेरै ठुलो हुने र ढिलो लगाए सानैमा फल लागी उत्पादन कम हुन जान्छ, तसर्थ उपयूक्त समयमा वाली रोप्नु पर्छ ।

पहाडमा बैशाख अन्तिम हप्ता देखि जेष्ठको दोश्रो हप्ता सम्म र तराईमा जेष्ठ १५ देखि असार अन्तिम सम्म लगाउन उपयूक्त हुन्छ ।

रोप्ने तरिकाः–

१. एकल वालीः–एकल वाली लगाँउदा लाईनमा रोप्नु राम्रो हुन्छ । दुरी ५०– ०Χ५–१० से.मी उपयूक्त मानिन्छ ।

२. मिश्रीत वालीः– नेपालमा धेरै जसो यो वाली मकै संग मिश्रीत/अन्तरवालीका रुपमा लगाउने चलन छ ।

यसरी लगाउदा एक लाईन मकै र अर्को लाईन भटमास लगाउन उचित हुन्छ । छिटो पाक्ने मकै लगाउनु पर्छ, र मकैको दुरी ८०–१००Χ२०–२५ से.मी. हुनु पर्छ भने भटमास लगाउदा ४०–५०Χ५–१० से.मी.मा लगाउनु पर्छ । 

३. आलीमा लगाउनेः– धान वाली लगाईएको खेतको आलीमा लगाउने चलन पनि छ ।

रोप्ने गहिराईः–

भटमासलाई कुटोको मद्दतले ३–४ से.मी. गहिराईमा रोप्नुपर्छ ।

bhata-750x430.jpg

झारपात नियन्त्रणः–

यसमा धेरै झारपातको समस्या देखिदैन, देखिएमा हातले गोडेर वा झारनासक जस्तै लासो २–३ लि./हे. का दरले छरेर नियन्त्रण गर्न सकिन्छ ।

सिंचाईः–

फुल फुले देखि कोशा लाग्ने अवस्था सम्म विरुवालाई पानीको आवश्यकता पर्दछ । यो अवस्था सिंचाईका लागी संवेदनशिल अवस्था हो ।

उत्पादनः–

स्थान र जात अनुसार १.५ देखि २.५ मे.टन÷हे. सम्म उत्पादन हुन्छ ।

वाली संरक्षणः–

भटमासमा लाग्ने प्रमुख रोग किरा हरु तल दिईएको छ ।

रोगहरु :–

पातको थोप्ले रोग, डाँठ तथा जरा कुहिने रोग, डढुवा, व्यकटेरियल पोण्टुल आदि रोगहरु प्रमुख छन् ।

थोप्ले रोग र डढुवाका लागी मेनकोजेव स्प्रे गर्न सकिन्छ भने डाँठ तथा जरा कुहिनेरोग नियन्त्रणका लागी थिराम वा क्यपटान वा थिराम : वेभिष्टीन ३ ग्राम/के.जी. का दरले बीउ उपचार गर्न सकिन्छ ।

किराहरुः–

- भटमासको झुसिलिकिरा, पात वेरुवा,लाही, फेंद काटनेकिरा प्रमुख हुन ।

- यिनको नियन्त्रणका लागी Cypermethrin वा  Rogor प्रयोग गर्न सकिन्छ ।

उत्पादन तथा वजार व्यवस्थापनः–

वाली काटी सकेपछि राम्ररी सुकाई भटमासलाई भण्डारण वा विक्रि गर्नु पर्दछ । सडक यातायात पुगेको स्थानमा भटमासले राम्रो मूल्य पाउने गरेकोले हालका वर्षहरुमा विभिन्न जिल्लाहरुमा यसको उत्पादन वढेको पाईएको छ ।

तुलनात्मकरुपमा राम्रो प्रतिफल दिने र खेती गर्न सजिलो भएकाले आगामी दिनमा यो वाली विस्तार गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।

स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका

थप समाचार