बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने पिंडालु खेती?

बुधबार, असार ६ २०८१
9 views
कसरी गर्ने पिंडालु खेती?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

नेपालको मध्य पहाडी भाग देखी तराइसम्म जताततै खेती गरिने जरेबाली मध्य पिंडालु पनि एक हो । यसको हरियो पातको असिमित पौष्टिक महत्व छ ।

हरियो पातमा बिटा क्यारोटीन (भिटामिन—ए) अत्याधिक मात्रामा हुन्छ र कार्बाेहाइड्रेट, प्रोटीन, क्याल्सियम र फलाम पनि धेरै हुन्छ । यसको जरामा कार्बाेहाइड्रेट र क्याल्सियम प्रशस्त शुन्छ । यसको उत्पत्ति दक्षिण एसियाबाट भएको मानिन्छ ।

हावापानि 
 - यस बालिलाई पानि जमिरहने ठाँउ उपयुक्त हुन्छ ।

- यो गर्मीमा हुने बालि भएकोले तुसारो र हिउँ सहन सक्दैन ।

- नेपालको मध्य पहाडी भागिदेखि तराईसम्म यसको खेति गरिन्छ ।

56eef15ea471cbf7bd7a01ed61f7ecc51604473757.jpg



माटो :
चिम्ट्याइलो दुमटदेखि चिम्ट्याइलो किसिमको गह्रूगो माटाृ यसका लागि उपयुक्त हुन्छ । उचित पी.एच. ५.५—७.०० हो ।

जातहरु :

स बालिको कुनै उन्नत जात नेपालमा प्रचलित छैन । अधिराज्यका विभिन्न भागहरुमा थरीथरीका स्थानिय जातहरुको खेती गरिन्छ ।

बिरुवा प्रसारण :
यसको पिंडालु –जरा) लाई अंग्रेजीमा कोर्म भनिन्छ द्धारा बिउको रुपमा प्रसारण गरिन्छ ।

बीउ दर
- कोर्म अथवा कोर्मेलको आकार—प्रकारमा बीउ दर भर पर्छ ।

- यदि कोर्मेल ४०—५० ग्राम तौलको छ भने प्रतिरोपनी १५००—१८०० बोटको लागि करिब ७५—८० किलो प्रतिरोपनि बिउ चाहिन्छ ।

जग्गा तरायी :
- यसको खेती पानी जमेको र सुख्खा दुबे किसीमको जग्गामा पर्न सकिन्छ ।

- नेपालमा २—३ पटक जोतेर सुक्खा ब्याडहरु तयार गरिन्छ र राम्ररी सम्याइन्छ ।

कोर्मेलको छनौट
- ४०—५० ग्राम तौल भएका टुसा पलाउन लागेका कोर्मेलहरु छान्ने ।

- राम्ररी सम्याइएको अथवा जमिनबाट अलिकता उठेको ब्याडमा ६० गुणा ४५ से.मी. को फरकमा ५ से.मि गहिरो हुने गरी कोर्मेलहरु रोप्ने ।

- बीउ रोपेपछि सुकेको घाँस अथवा परालले ड्यांग छोप्ने ।

लगाउने समय :
- मध्य पहाडदेखि तल्लो पहाडी क्षेत्र : चैत्र—जेठ

- तराई : जेठ —असार

लगाउने दुरी :

-  एक हारदेखि अर्काे हारको फरक : ६० से.मी.
- एक बोट देखि अर्काे बोटको फरक : ४५ से.मी.

7c23c2563d12a2d9e2ad90f56a4677f41604473728.jpg

मलखादहरु :

- यसलाई अन्य तत्वहरुभन्दा पोटास बढी चाहिन्छ ।

-  प्रतिरोपनि निम्नलिखित परिमाणमा मलखादहरु हाल्नुपर्छ :

कम्पोष्ट अथवा गोठे मल ः १—१.५ मे.टन
नाइट्रोजन : ४ किलो
फस्फोरस : २ किलो
पोटास : ३ किलो

मल हाल्ने तरिका अरु जरे बालीहरुलाई जस्तै हो ।

सिचाई :

पानी जमिरहने जग्गामा यो बालि राम्रो हुने भएकाले यसलाई बढी पानीको आवश्यकता पर्छ ।

गोठेमल :

- पाखो बालीलाई सुकेको घाँस अथवा परालको छाप्रो दिनुपर्छ ।

- नियमित रुपमा झारपात हटाई गोडमेल गर्नुपर्छ ।

बाली खन्ने :

- बाली लगाएको ५—७ महिना पिडालु खन्न तयार हुन्छ ।

- पुरै बोट पहेंलियो भने पिंडालु छिप्पिएर खन्न तयार भएके भनेर जान्नुपर्छ ।

- कोर्मेलहरु बाहिर निस्किने गरी पुरै बोटलाई तानेर पिंडालु खनिन्छ ।

स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका

थप समाचार