परिचयः
जुनेलो विश्वमा गहुँ , घान, मकैपछी जोै पाँचौँ महत्वपुर्ण खाधान्न बाली हो । शुष्क क्षेत्रहरुमा चाराको लागि खेती गरिने एउटा महत्पूर्ण बाली हो ।
वापानीः
- जुनेलोबालीलाई न्यानो हावापानी फाप्छ तर यसले केही हदसम्म ठन्डी पनि सहन सक्छ ।
- यसैले समुद्र सतहबाट १५०० मी. उचाइसम्मका क्षेत्रहरुमा यसको खेती गरिन्छ ।
- यसको वृद्धिका लागि २६ देखी ३२ डिग्री से. तापक्रम उपयुक्त हुन्छ ।
- दाना बन्ने बेलामा ३८ डिग्री से.भन्दा तापक्रम भएमा प्रतिकुल असर
पर्छ ।
माटो :
जुनेलोकोखेती विभीन्न प्रकारको माटोमा गर्न सकीन्छ तर राम्रो जलधारणक्षमता भएको मलिलो दोमट या चिम्टयाइलो दोमट माटो राम्रो मानिन्छ । यसको लागि पी.एच ६ देखी ७.५ राम्रो मानिन्छ ।
जातहरु
१.सिएसभी श्रेणीका १,२,३,४,५, १०० देखी १२० दिनमा परिपक्क भई ३० देखी ४० क्वि .प्रतीहेक्टर उब्जनी दिन सक्छन ।
२. सीएसएच श्रेणीका १,५,६
स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका