बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

माछा पालन गर्दा कसरी गर्ने स्थल छनोट र पोखरी निर्माण?

आइतबार, असार १० २०८१
7 views
माछा पालन गर्दा  कसरी  गर्ने  स्थल छनोट र पोखरी निर्माण?

समाचार शेयर गर्नुहोस्

Share this news

 

माछा पालनको कार्य विभिन्न कारणले गर्ने गरिएको पाइएको छ । जस्तैः मनोरञ्जनका लागि, सामाजिक प्रतिष्ठाको लागि, घरायसी प्रयोजनको लागि एवं विक्री वितरणको लागि । आयआर्जनको प्रमुख ध्येय सहित गरिएको माछा उत्पादनको कार्यलाई व्यावसायिक मत्स्यपालन भनिन्छ । कुनै पनि व्यवसायको प्रमुख लक्ष्य लगानीको अधिकतम प्रतिफल प्राप्त गर्नु हुन्छ । अधिकतम प्रतिफल प्राप्त गर्नको लागि त्यस व्यवसायसंग सम्बद्ध सबै पक्षको उचित समन्वय तथा कुशल व्यवस्थापनको आवश्यकता पर्दछ । कुशल व्यवस्थापनका लागि गर्नुपर्ने विभिन्न कार्यहरुको पुर्ण जानकारी हुनु आवश्यक हुन्छ । व्यावसायिक मत्स्यपालनका प्रमुख सात खुड्किलाहरु छन्ः

 स्थल छनोट

 पोखरीको तैयारी


१. मत्स्य पालनको लागि स्थल छनौट

कुनै पनि जलाशयमा माछा हुर्काइ नियन्त्रित अवस्थामा गरिने उत्पादन कलालाई मत्स्यपालन भनिन्छ । नियन्त्रित अवस्थामा माछा पालनका लागि नियन्त्रण गर्न सकिने उत्पादन क्षेत्रको आवश्यकता पर्दछ । नियन्त्रित अवस्थामा माछा पालन गर्न पोखरी एक प्रमुख उत्पादन क्षेत्र हो । तराई क्षेत्रको गाउंघरमा विभिन्न धार्मिक, सामाजिक कार्यका लागि खनिएका पोखरीहरु मध्ये अधिकांश हाल मत्स्य पालनको लागि उपयोग भईरहेका छन् । तर माछा पालनको लागि उपयुक्त स्थल छनौट सम्बन्धि ज्ञानको अभावमा गलत स्थलको छनोटको कारणले निकै ठूलो संख्यामा निर्माण गरिएको पोखरीहरुमा मत्स्य पालन त्यति सफल हुन सकिरहेको छैन भने कतिपय पोखरीहरु मत्स्य पालनको लागि रुग्न वा मृत अवस्थामा छन् ।

पोखरी निर्माणमा स्थल छनौटको महत्व
 पोखरीको उत्पादन क्षमता तथा उपयोगिता स्थल छनौटमा भर पर्दछ ।
 पोखरी निर्माण गलत स्थानमा भईसकेपछि त्यस जग्गाको अन्य उपयोग हुन सक्दैन ।
 पोखरी निर्माण गर्न निकै खर्च लाग्दछ । गलत स्थानको चयन हुन गएमा लगानी डुब्न सक्दछ।
 स्थलको छनौट माथि नै मत्स्य पालन व्यवसायको सफलता वा असफलता निर्भर गर्दछ |

 पोखरीको निर्माण खर्च स्थल छनौट माथि प्रत्यक्ष रुपले निर्भर गर्दछ ।
 स्थल छनौटले संचालन खर्चलाई समेत प्रभावित गरिरहेको हुन्छ । त्यसकारणले मत्स्य पालनको लागि पोखरी निर्माण स्थल चयन गर्दा मुख्यतया निम्नलिखित गुणहरु माथि विचार पुर्याउनु पर्दछ; जस्तै पानीको श्रोत, माटोको बनोट, जलवायु, जमिनको बनोट, यातायात, बजार, हेरचाह तथा सुरक्षा ।


पानीको श्रोत: पानीको अभावमा सर्वोत्तम माटोमा बनेको पोखरीको समेत उपयोग हुन सक्दैन । पोखरी नजिक पर्याप्त पानी भएको श्रोत भएमा यसले धेरै समस्याको
समाधान गर्दछ । पोखरी निर्माण गर्नु भन्दा पहिले पोखरी संचालनको लागि चाहिने पानीको
आम्दानी खर्चको लेखा जोखा गरि राख्नु आवश्यक हुन्छ ।


माटोको नमुना संकलन: जमिनको सबैतिर तथा सबै सतहको माटो एकनासको हुंदैन । तसर्थ पोखरी निर्माण हुने स्थलको पुर्ण प्रतिनिधित्व हुने गरी विभिन्न स्थानबाट माटोको नमुना संकलन गरिनु पर्दछ । नमुना संकलन गर्दा पोखरी खनिने गहिराइ भन्दा ३० से.मी. मुनी सम्मको माटो संकलन गर्नु पर्दछ । माटोको बनोट अध्ययनका लागि प्रत्येक विन्दुको, फिट गहिराईको माटो संकलन गरिनु पर्दछ । गहिराईबाट माटोको नमुना लिने कार्य खाडल खनेर वा पाइप अगर (Soil Agar) बाट गर्न सकिन्छ ।

जमिनको बनोट: पहिले देखि नै होचो स्थलमा पोखरी निर्माण गर्दा कम माटो काट्नु पर्दछ । जसले गर्दा निर्माण खर्च कम लाग्दछ । स्लोप परेको जग्गामा पोखरी निर्माण गर्दा पोखरीमा पानी भर्न तथा सुकाउन सजिलो हुन्छ अर्थात खर्च लाग्दैन । पानी निस्कने ठाउं नभएमा पोखरी सुकाउन पम्पको प्रयोग गर्नु पर्दछ । यदि पालन स्थल अग्लो स्थानमा छ भने पानी भर्न समेत पम्पको प्रयोग गर्नु पर्दछ । यी सबैले व्यवस्थापनलाई कठिन तथा संचालन खर्चलाई बढाउंछ । तसर्थ जमिनको बनोट बाढी पैरो नलाग्ने,
पानी सजिलै ल्याउन तथा पठाउन सकिने तथा कम माटो काटेरै पोखरी बनाउन सकिने खालको भएमा राम्रो हुन्छ|

यातायात तथा बजार: उत्पादनका लागि आवश्यक सामग्रीहरु चाहिएको बखत सजिलैसंग उपलव्ध हुन सक्ने तथा उत्पादित वस्तु सजिलैसंग बिक्री हुन सक्ने बजार हुनु नितान्त आवश्यक हुन्छ। उत्पादन स्थलबाट बजारको दुरी जति बढी हुन्छ तथा यातायातको जति असुविधा हुन्छ फाइदाकोमात्रा त्यति नै कम हुन्छ, किनकी लागत खर्च बढी लाग्ने तथा उत्पादित वस्तु सस्तोमा बिक्री गर्नु पर्ने वा बजारसम्म पठाउंदा बढी खर्चिलो हुन्छ । तसर्थ पालन स्थलको छनौट गर्दा बाटो–घाटो या यातायातको सुविधा तथा नजिक भन्दा नजिक बजार भएमा उपयुक्त मानिन्छ |

हेरचाह तथा सुरक्षा: स्थल छनोट गर्दा सकभर सामाजिक सामन्जस्यता भएको, घरको नजिक सुरक्षित स्थान हुनु पर्दछ, अथवा कम भन्दा कम खर्चमा हेरचाह तथा सुरक्षा
गर्न सकिने क्षेत्रको चयन गरिनु पर्दछ । अन्यथा उत्पादित वस्तुबाट आशातीत फाइदा लिन सकिंदैन र कहिलेकाही विषादीको प्रयोगबाट माछा मर्ने, दैनिक हेरचाह गर्न
कठिन हुने साथै उत्पादित वस्तुको चोरी हुने समेत बलियो सम्भावना हुन्छ|

२. पोखरी निर्माण

Capture.JPG
नामुना पोखरी 

 पोखरीको आकार प्रकार

नर्सरी पोखरी ( ०.०५ – ०.२ हे.)
माउ पोखरी ( ०.२ – ०.५ हे.)
उत्पादन पोखरी ( ०.२ – ३.० हे.)

 पोखरीको गहिराई: व्यवसायिक रुपमा मत्स्यपालन गर्न पोखरी बनाउंदा २.० मिटर सम्म पानी राख्न सक्ने पोखरी बनाउनु पर्दछ । पोखरी बाट सामान्यतया त्यत्ती मात्रै माटो निकाल्नु पर्छ जती डिल बनाउन उपयोग होस्। जग्गाको कुल क्षेत्रफलको १ तिहाई भाग मात्र डिलले ओगटने हो भने माटो काट्ने कार्य ६० से.मी. देखी ७५ से.मी. मात्र गर्नु पर्दछ । 

 डिलको बनावट:

Capture.JPG

-डिल निर्माण हुने स्थानबाट घांसपात, ढुङ्गा, जरा, ठुटो आदि सफा गर्ने ।
-तह तह गरी माटो राख्ने ।
-हरेक ३० से.मी.मा माटो दबाउने ।

 डिलको उचाई: १ देखी २ मिटर राख्न सकिन्छ |

डिलको माथील्लो उचाई (क्राउन): यसलाई १–४ मिटरको राख्न सकिन्छ|

 डिलको स्लोप: डिलको भित्री स्लोप १ः२ मा तथा बाहिरी स्लोप १ः१.छ को अनुपातमा राख्दा उपयुक्त हुन्छ ।

डिलको आधार: डिलको आधार भनेको डिलको जगको वा डिलको अधिकतम चौडाई हो। डिलको उचाई, क्रााउन तथा स्लोप निर्धारण भए पछि डिलको आधार स्वतः निर्धारीत हुन्छ । उदाहरणको लागी यदि डिलको उचाई १.५ मिटर तथा क्राउन १.५ मिटर छ भने बाहिरी स्लोपले २.२५ मिटर ठाउं ओगट्छ तथा भित्री स्लोपले ३ मिटर ठाउं ओगट्छ । यसप्रकार डिलको आधार ६.७५ मिटर हुन्छ ।

पानी निकास तथा प्रवेशद्वार: पोखरीमा पानी भर्न तथा पानी निकाल्नको लागी प्रवेश तथा निकासद्वारको व्यवस्था गरिन्छ । जसको माध्यमबाट पोखरीमा भर्न वा सुकाउन सकिन्छ भने माछालाई भाग्न बाट बचाईन्छ र माछाका शत्रुलाई प्रवेश गर्नबाट वन्चित गरिन्छ । पानीको प्रवेशद्वार माथिल्लो भागमा तथा निकासद्वार सबभन्दा होचो
स्थानमा बनाउनु पर्दछ । पोखरीको माटो काट्दा स्लोपमा काट्नु पर्दछ । तथा पोखरीको एउटा विन्दु सबभन्दा गहिरो हुनु पर्दछ । त्यहीनै पानीको निकासद्वार बनाईन्छ । पानीको प्रबेश तथा निकासद्वारको साईज पोखरीको साईज माथी भर पर्दछ । प्रवेशद्वार तथा निकास बनाउन ईट्टा, सिमेन्ट, पोलिथिन पाईप आदीको प्रयोग गर्न सकिन्छ ।

स्रोत: व्यवसायिक माछापालना प्रविधी पुस्तिका ,PMAMP, बारा |

थप समाचार