हामीले सलादको रुपमा खाइरहेको देखिएको चुकन्दर स्वास्थ्यका दृष्टिले पनि चमत्कार छ । गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ तर, होइन । यसमा आइरन पाइन्छ र रगतको मात्रा बढाउन सहयोग पुग्छ । भिटामिन सिको राम्रो स्रोत भिटामिन ए, बी, बी–१, बी–२, बी–६ को राम्रो श्रोत हो । चुकन्दरमा फलाम तत्व अधिक हुँदैन । तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ । नियमित सेवनले हाम्रो शरिरमा भएका हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्दछ । यति धेरै उपयोगी चुकन्दर व्यवसायिक खेती गर्न सके मनग्ये आम्दानी लिन सकिन्छ । बजारको अवस्था र भुगोल आफ्नो समय सन्दर्भ मिलाउन सके पैसाको चिन्ता हुँदैन ।
जातहरु मधुरः यो खुला सेचित जात हो । बोटको उचाई सरदर २५ देखि ३० सेमी हुन्छ । यसको जरा गाढा रातो र गोलो आकारको हुन्छ । पातहरु फिक्का हरियो रङमा कलेजी रङ मिसिएका हुन्छन । बिउ रोपेको ६० देखि ७० दिनमा उत्पादन लिन सकिन्छ । धेरै किसिमको हावापानीमा खेती गर्न सकिने यो जात नेपालको तराई तथा पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।
हावापानी र माटो यो शितोष्ण प्रदेशीय तरकारी बाली हो । राम्रो उत्पादन र जराको रङको विकासका लागि १० देखि १८ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । तापक्रम धेरै भएमा जराको रङ र गुणस्तरमा ह्रास आउँछ भने कम तापक्रममा जराको विकास सुस्त हुन्छ र लामो समय तापक्रम कम रहेमा फुल खेल्न थाल्दछ ।
यसलाई तराई तथा मध्य पहाडमा हिउँदे बालीको रुपमा खेती गर्न सकिन्छ । चुकन्दर खेतीका लागि पानीको राम्रो निकास भएको गहिरो, खुकुलो र प्रसस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ । गह्रौ र चिम्ट्याईलो माटोमा बिरुवा सर्न गाह्रो हुने र जराको आकार बिग्रने हुन्छ । माटोको पी.एच. मान ६ देखि ७ उपयुक्त हुन्छ र माटोको अम्लीयपना यो बालीका लागि सम्बेदनशील मानिन्छ ।
रोप्ने समय उच्च पहाडः जेष्ठ – श्रावण मध्य पहाडः भाद्र – मङ्सिर तराई तथा खोंच/बेसीः आश्विन – कार्तिक ज्ञद्दछ बिउदर ५० देखि ७५ ग्राम बिउ प्रति रोपनी (१००० देखि १५०० ग्राम बिउ प्रति हेक्टर)
रोप्ने दुरी ३० सेमी x १० सेमी (लाईन–लाईन x बोट–बोट)
मलखाद चुकन्दर खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।
नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर बिउ रोपेको २० देखि २५ दिनमा र ४० देखि ४५ दिनमा टपड्रेस गर्ने ।
गोडमेल र सिँचाई - बिउ रोपिसकेपछि पराल, खर वा छवालीको छापो दिई सिँचाई गर्नुपर्दछ ।
- बिउ उम्रन थालेपछि बिस्तारै छापो हटाउनुपर्दछ ।
- चुकन्दरमा एउटा बिउबाट ३ ओटासम्म बेर्ना उम्रन सक्छ ।
- बिउ छरेको १५ दिनपछि हरेक १० सेमीको दुरीमा एउटा राम्रो बेर्नामात्र रहने गरी बेड्याउनुपर्दछ ।
- बिउ रोपेको २० देखि २५ दिनपछि पहिलो र ४० देखि ४५ दिनमा दोस्रो गोडमेल गरी युरिया मलको टपड्रेस गर्नुपर्दछ ।
- दोस्रो गोडमेलमा बिरुवाको जरामा माटो चढाउनुपर्दछ ।
- आवश्कताअनुसार गोडमेल गरी झारपात नियन्त्रण गर्नुपर्दछ ।
- चुकन्दर खेतीलाई प्रसस्त मात्रामा पानीको आवश्यकता पर्दछ ।
- बिउ नउम्रेसम्म निरन्तर र त्यसपछि सरदर ५ दिनको फरकमा सिँचाई गर्नुपर्दछ तर पानी जम्न दिनुहुँदैन ।
- हरेक पटक नाइट्रोजन मल टपड्रेस गर्नेबित्तिकै सिँचाई गर्नुपर्दछ ।
उत्पादन बिउ रोपेको ६० देखि ७० दिनमा उत्पादन लिन सकिन्छ । औसतमा १५०० केजी प्रति रोपनी वा ३० टन प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।
बाली संरक्षण चुकन्दरमा पनि मुलामा लाग्ने किरा–रोगहरूनै मुख्य रुपमा लाग्ने भएकोले मुलामा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।
चुकन्दर एक फाइदा अनेकः
-पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ। -प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ । -चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ । -चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ । -एन्टी अक्सिडेन्ट गुणको कारण यो रातो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । -यो सौन्दर्यको पनि खजना हो । -हेमोग्लोबिन बढाउँछ, फलत अनुहारको चमक बढ्छ ।
स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटारको आधारमा तयार पारिएको लेख