जातहरु : सोनार ०२२ः यो २०६६ सालमा पञ्जीकृत बर्णशङ्कर जात हो । बिउ रोपेको ७५ देखि ८० दिनमा फल टिप्न सकिन्छ । उत्पादन क्षमता ५५ टन प्रति हेक्टर भएको यो जात नेपालको तराई क्षेत्रमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।
स्थानीय जातहरुः स्थानीय जातका फर्सीका लहरा लामा, फल खण्ड खण्ड परेका, फलका भेट्ना पाटापाटा परेका, पात गाढा हरिया, गोलाकार र पातको नशामा सेता थोप्लाहरु भएका हुन्छन । फलका आकारका आधारमा फर्सीलाई जाँते (गोला थेप्चा आकारका) र मादले (लाम्चो मादल आकारका) गरी बर्गीकरण गर्न सकिन्छ ।
हावापानी र माटो सामान्यतया फर्सी गर्मी मौसमको लहरे बाली भएकोले यसको लागि दिनको तापक्रम २५ देखि ३० डिग्री सेल्सियस र रातको तापक्रम १८ देखि २० डिग्री सेल्सियस उपयुक्त हुन्छ । यसले तुसारो सहन सक्दैन तर केही हदसम्म चिसो सहन सक्छ । प्रसस्त आद्रता र पहारिलो घाम भएमा उत्पादन राम्रो हुन्छ ।
परिपक्व हरिया फल १० डिग्री सेल्सियस भन्दा तलको तापक्रममा राखेमा बिग्रन थाल्दछन । ४० डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा फुल फुल्ने तथा परागसेचन क्रियामा नकारात्मक असर पर्दछ । धेरै किसिमका माटोमा फर्सीको खेती गर्न सकिन्छ । बढी उत्पादन लिन पारिलो, निकासको राम्रो ब्यबस्था भएको, प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दोमट वा दोमट माटो उत्तम हुन्छ । यसको खेतीको लागि माटोको पी.एच. मान ५.५–६.८ भएमा उपयुक्त हुन्छ ।
रोप्ने समय उच्च पहाडः बैशाख – जेष्ठ (आद्र र न्यानो क्षेत्रहरुमा मात्र, बिउ वा बेर्ना रोप्न सकिने) मध्य पहाडः फाल्गुण – बैशाख (सिधै बिउ वा बेर्ना रोप्न सकिने) तराई तथा खोंच/बेसीः माघ – फाल्गुण (सिधै बिउ वा बेर्ना रोप्न सकिने)
undefined
बिउदर १०० – १२५ ग्राम बिउ वा १२५ बेर्ना प्रति रोपनी (२००० – २५०० ग्राम बिउ वा २५०० बेर्ना प्रति हेक्टर)
रोप्ने दुरी २०० सेमी x २०० सेमी (लाईन–लाईन x बोट–बोट)
मलखाद फर्सी खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।
नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर लहरा छुट्न थालेपछि र फुल फुल्न थालेपछि टपड्रेस गर्नुपर्दछ ।
गोडमेल र सिँचाई सिधै बिउ रोपेको बालीमा बेर्ना उम्रेर २–३ पाते भएपछि हल्का गोडमेल गरी सिँचाईको कारण जमेको माटो खुकुलो बनाईदिनुपर्दछ जसले गर्दा जराको राम्रो वृद्धिविकास हुन्छ । बोटबाट लहरा छुट्न थालेपछि नाइट्रोजन मलको पहिलो टपड्रेस गरी बोटको वरिपरी हल्का माटो चडाईदिनुपर्दछ ।
त्यसैगरी बिरुवामा फुलखेल्न थालेपछि दोश्रो पटक नाइट्रोजन मल टपड्रेस गर्नुपर्दछ । यसका अलावा हरेक पटक फल टिपेपछि गाईभैंसीको गहुँत १ भागमा ४ भाग पानी मिसाएर बनाएको झोल १ देखि २ चियागिलास प्रतिबोटको दरले हाल्नु राम्रो हुन्छ ।
फर्सीलाई थांक्रा दिनुपर्दैन तर फल माटोको सिधा सम्पर्कमा नआओस भन्नका लागि छापो राख्नु उपयुक्त हुन्छ । फर्सीको मुख्य लहरा तीन आख्ला भन्दा माथि बढिसकेपछि मुन्टो चुँडेर शाखा लहरा फैलाएमा लहराको लम्बाई कम तर उत्पादन बढी लिन सकिन्छ ।
गर्मी मौसमको बालीमा प्रसस्त सिँचाईको आवश्यकता पर्दछ । माटोको सुख्खापन हेरी ५ देखि ७ दिनको फरकमा सिँचाई दिनुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै हलुका सिँचाई गर्नु आवश्यक हुन्छ । बर्षा मौसमको बालीलाई सिँचाई दिनुपर्दैन तर पानीको निकासको व्यवस्था गर्नुपर्दछ ।
फुल फुल्ने समयलाई सिँचाईका हिसाबले संबेदनसिल अवस्था मानिन्छ । यो अवस्थामा पानीको कमी भयो भने उत्पादन ठुलो मात्रामा घट्न सक्छ । फर्सी पाक्ने बेलामा भनेसिँचाई बन्द गर्नुपर्दछ ।
उत्पादन फर्सीमा हरिया मुन्टा, हरियो फल वा पाकेका फललाई उत्पादनको रुपमा लिन सकिन्छ । हरिया मुन्टा धेरै टिपेमा फल कम हुन्छ । हरियो फलको आकर्षक रङ र आकारका हुनासाथ टिपिन्छ भने ढुवानी वा भण्डारण गर्ने फलहरु अलि पाकेपछि मात्र टिप्नुपर्दछ । बेर्ना रोपेको ८० देखि ८५ दिनपछि हरियो फल टिप्नलायक हुन थाल्दछन । औसतमा २००० देखि ३००० केजी प्रति रोपनी वा ४० देखि ६० टन प्रति हेक्टर सम्म हरियो फलको उत्पादन लिन सकिन्छ ।
बाली संरक्षण काँक्रोमा लाग्ने किरा तथा रोगहरूनै फर्सीमा पनि लाग्ने हुनाले काँक्रोमा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।