बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जुकिनी फर्सी अर्थात स्क्वासको खेती गर्ने सजिलो तरीका

सोमबार, असार ११ २०८१
11 views
जुकिनी फर्सी अर्थात स्क्वासको खेती गर्ने सजिलो तरीका

समाचार शेयर गर्नुहोस्

Share this news

जातहरु
असारे स्क्वासः यो अगौटे जात हो । यसका फल खैरा, हरिया र बेलनाकार हुन्छन । बिउ रोपेको ६० देखि ८० दिनमा फल टिप्न सुरु हुन्छ । यो जात तराई देखि मध्य पहाड सम्म खेती गर्नका लागि सिफारिस गरिएको छ ।

ग्रे जुकिनीः यो पनि अगौटे जात हो । बिउ रोपेको ४५ दिनदेखि फल लिन सकिने यो जातका फल खैरो रङका हुन्छन । फलको टुप्पो तिरको भाग केही मोटो हुन्छ । यो जात तराई देखि मध्य पहाड सम्म खेती गर्नका लागि सिफारिस गरिएको छ ।

सोन्डो भिः यो २०६६ सालमा पञ्जीकृत बर्णशङ्कर जात हो । बिउ रोपेको ३८ देखि ४३ दिनमा फल टिप्न सकिने यो जातको उत्पादन क्षमता २५ टन प्रति हेक्टर छ । यो जात तराई तथा पहाडमा खेती गर्नका लागि सिफारिस गरिएको छ ।

हावापानी र माटो
जुकिनी न्यानो र सुख्खा मौसमको फर्सी समूहको बाली हो । यसको बोट र फलको राम्रो वृद्धि विकासको लागि २४ देखि २७ डिग्री सेल्सियस तापक्रम र कम सापेक्षिक आद्रता आवश्यक पर्दछ । यसले तुसारो सहन सक्दैन । तापक्रम बढी भएमा भाले फुलको सङ्ख्या बढ्छ भने आद्रता बढी भएमा फल कुहाउने औँसा तथा ढुसीजन्य रोगहरुको प्रकोप बढ्छ ।

सिँचाई तथा निकासको राम्रो व्यवस्था भएको र प्रसस्त प्राङ्गारिक पदार्थ भएको बुर्बुराउँदो माटो जुकिनी खेतीका लागि उपयुक्त हुन्छ । यसको खेतीको लागि माटोको पी।एच। मान ६।०–६।५ भएमा राम्रो हुन्छ ।

रोप्ने समय
मध्य पहाडः फाल्गुण – चैत्र
तराई तथा खोंच/बेसीः माघ – चैत्र

बिउदर
१००–१५० ग्राम बिउ वा ५०० बेर्ना प्रति रोपनी ९२०००–३००० ग्राम बिउ वा १०००० बेर्ना प्रति हेक्टर०

रोप्ने दुरी
१०० x १०० सेमी (लाईन–लाईन x बोट–बोट)

मलखाद
जुकिनी खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

2.JPG


नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजनलाई आधा आधा गरेर बेर्ना रोपेको २० देखि २५ दिनपछि र फुल खेल्न थालेपछि टपड्रेस गर्नुपर्दछ ।

गोडमेल र सिँचाई
जुकिनीलाई कम्तिमा दुई पटक गोडमेल गर्नैपर्छ । पहिलो गोडमेल बिरुवा ६/७ पाते भएपछि र दोस्रो बिरुवामा फुल खेल्न थालेपछि गर्नुपर्दछ । दुवै गोडमेलमा सिफारिस मात्रामा नाईट्रोजन मल माटोमा मिलाई बोटमा माटो चढाउनुपर्दछ । गोडमेल गर्दा जरा र काण्डमा चोट नलागोस भनेर साबधानी अपनाउनुपर्दछ ।

गर्मी मौसमको बाली भएकाले जुकिनीलाई प्रसस्त सिँचाईको आवश्यकता पर्दछ । माटोकोसुख्खापन हेरी ५ देखि ७ दिनकोफरकमा सिँचाई दिनुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै सिँचाई गर्नु आवश्यक हुन्छ ।

उत्पादन
बेर्ना रोपेको ४५ देखि ६० दिनमा जुकिनीको फल टिप्न सकिन्छ । त्यसपछि हरेक हप्ता फल टिप्न सकिन्छ । राम्रो व्यबस्थापन गरिएको बालीबाट सरदर ३००० देखि ४००० केजी प्रति रोपनी वा ६० देखि ८० टन प्रति हेक्टर सम्म उत्पादन लिन सकिन्छ ।

बाली संरक्षण
काँक्रोमा लाग्ने किरा तथा रोगहरूनै जुकिनीमा पनि लाग्ने हुनाले काँक्रोमा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटार

थप समाचार